Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

माओवादी कदमपछि एमालेले गर्‍यो यस्तो निर्णय

\"cpnuml\" काठमाडौं, २९ असार । पछिल्लो राजनीतिक अवस्थाबारे निर्णय लिन मंगलबार साँझ बसेको एमाले स्थायी समिति बैठकले सरकारबाट फिर्ता हुने माओवादी केन्द्रको निर्णयले राजनीतिक अस्थिरता सँगै संविधान कार्यान्वयनमा गम्भीर प्रतिकूलता उत्पन्न गर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीको योजना र चाहनालाई साथ दिन पार्टी अघि बढ्ने निर्णय बैठकले गरेको छ । आजको नयाँ पत्रिका दैनिका खबर छ – ‘सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा नेकपा (माओवादी केन्द्र)को यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गम्भीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको छ,’ महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । एमालेले माओवादी कदम देशका लागि दुर्भाग्यपूर्ण भएको ठहरसमेत गरेको छ । बैठकमा प्रधानमन्त्रीको ‘ब्रिफिङ’ मात्रै बैठकमा प्रधानमन्त्री केपी ओलीले माओवादीले समर्थन फिर्ता लिएपछिको विकसित राजनीतिक घटनाक्रम र पार्टीले लिनुपर्ने कदमका विषयमा धारणा राखेका थिए । प्रधानमन्त्रीकै भनाइलाई निष्कर्ष मान्दै बैठकले विज्ञप्तिमार्फत धारणा सार्वजनिक गरेको हो । प्रधानमन्त्रीको चाहनाअनुसार पार्टीले सामना गर्ने पार्टीको अबको कदमका सन्दर्भमा प्रधानमन्त्रीको योजना र चाहनालाई साथ दिन पार्टी अघि बढ्नेगरी निर्णय भएको उपाध्यक्ष वामदेव गौतमले बताए । उनका अनुसार संसद्मै अविश्वासको प्रस्ताव सामना गर्नेगरी एमालेले बिहीबारसम्म थप निर्णय गर्ने सम्भावना छ । ‘एमाले उत्पन्न राजनीतिक समस्याको संंविधानसम्मत समाधानको दिशामा दृढतापूर्वक अगाडि बढ्ने जानकारी गराउादछौा,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । संविधानसम्मत कसरी अघि बढ्ने विषय भने प्रस्ट पारिएको छैन । सरकारले दूरगामी महत्त्वपूर्ण काम गरेको निष्कर्ष बैठकले अत्यन्त प्रतिकूल परिस्थितिमा गठन भए पनि अनेकौा चुनौतीको सफलतापूर्वक सामना गर्दै राजनीतिक स्थायित्व कायम गर्ने दिशामा दूरगामी महत्त्वका निर्णय गर्दै सरकार अगाडि बढेको ठहर गरेको छ । संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिको आधारशिला निर्माण गरिरहेको अवस्थामा माओवादी निर्णयले अस्थिरता निम्त्याएको एमाले विज्ञप्तिमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending