Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

उपहार दिएको हेलिकोप्टरको भारतले मोल खोज्याे

[caption id=\"attachment_82638\" align=\"alignleft\" width=\"750\"] उपहार स्वरुप हेलिकप्टर हस्तान्तरण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइराला[/caption] काठमाडौं, २८ असार । भारतले दुई वर्षअघि नेपाललाई उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकोप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न ताकेता गरेको छ । सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले उक्त हेलिकप्टर उपहार भनी नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए । आजको नागरिक दैनिकमा खबर छ – मंसिर १, २०७१ का दिन सैनिक मञ्च, टुँडिखेलमा तामझामसहित आयोजित विशेष समारोहबीच मोदीले समकक्षी कोइरालालाई ुएयर टु मिसाइल– एएलएच ध्रुव मार्क थ्रीु हेलिकोप्टर हस्तान्तरण गरेका थिए। नेपाली सेनाका लागि दिइएको उक्त हेलिकोप्टर कोइरालाले तत्कालै तत्कालीन प्रधानसेनापति गौरवशमशेर जबरालाई हस्तान्तरण गरेका थिए । उक्त हेलिकोप्टरको मूल्य एक अर्ब २४ करोड र थप ३ करोड रुपैयाँ दुई पटकको मर्मत तथा नेपाल आएका प्राविधिक समूहको खर्चसमेत जोडेर भारतले एक अर्ब २७ करोड रुपैयाँको बिल पठाएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका अनुसार हेलिकोप्टर लिएर आएका र पछि दुईपटक मर्मतका लागि आएका प्राविधिकको भत्ता र होटल खर्चसमेत बिलमा जोडिएको छ। रक्षा मन्त्रालयका प्रवक्ता शिवप्रसाद सिम्खडाले भारतले सुरक्षासम्बन्धी परामर्श समूहको १२ औं बैठकमा समेत नेपाली सेनाका लागि उपलब्ध गराइएका विविध सुरक्षा सामग्रीको रकम भुक्तानबारे कुरा उठाएको जानकारी दिए। उनका अनुसार समूहको बैठकमा भारतले ुयुनिफर्म बेनिफिट मेथडु ९एकीकृत लाभदायक तरिका० अन्तर्गत नेपालले २ अर्ब ४६ करोडभन्दा बढी रकम भुक्तान गर्न बाँकी रहेको जनाएको हो। सिम्खडाले उक्त रकममा हेलिकप्टरको मूल्य पनि जोडिएको छ। ुहेलिकोप्टरसहित अन्य उपकरण, हातहतियार र सवारीसाधनसमेत एकमुष्ट भुक्तानीका लागि पत्र आएको छ, मन्त्रालयमा भुक्तानका सम्बन्धमा छलफल भइरहेको छ,ु सिम्खडाले नागरिकसँग भने। दुई देशीय बैठकमा नेपालका तर्फबाट सहभागी टोलीले भारतले अनुदान भन्दै मूल्यको ६० प्रतिशत मिनाहा गर्ने सम्झौतालाई पुनर्विचारका लागि कुरा उठाएपछि भारतीय पक्षले पुरानो रकम भुक्तानीका लागि पहल सुरु गरेको स्रोत बताउँछ। नेपाली पक्षले उपहार भनिएको हेलिकप्टरको किन भुक्तानी भनी कुरा उठाउँदा भारतीय पक्षले ुप्रधानमन्त्री मोदीलाई कसले के भनेको हो थाहा भएन, भुक्तान गर्नुपर्ने रकम यो होु भन्ने जवाफ दिएको बैठकमा सहभागी एक उच्च सैनिक अधिकारीले नागरिकलाई जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending