Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

रहिनन् कोइराला परिवारकी अभिभावक ‘उमा दिदी’

\"uma काठमाडौं, २८ असार । दशकयता कोइराला परिवारको ‘अभिभावक’ का रूपमा रहेकी उमा शर्मा (उमा दिदी) को आइतबार राति निधन भएको छ । १९९६ साल असार १५ मा ललितपुरको मंगलबजारमा जन्मिएकी शर्मा चार वर्षदेखि पाठेघर क्यान्सरबाट पीडित थिइन् । आजको कान्तिपुर दैनिकमा खबर छ – २०६३ मा नोना कोइरालाको निधनपछि उनले कोइराला निवासको व्यवस्थान सम्हाल्दै आएकी थिइन् । निवासमा आउने कांग्रेसका शीर्ष नेता, परिवारका सदस्य, इष्टमित्र र कार्यकर्ता सबैको प्रबन्ध उनैले मिलाउँदै आएकी थिइन् । त्यसअघि उनी नोनाको सहयोगीका रूपमा थिइन् । उनलाई सबैले ‘उमा दिदी’ भनेर सम्बोधन र सम्मान गर्थे । कोइराला परिवारसँग उमाको सम्बन्ध २०१६ सालदेखि हो । बीपी कोइराला २०१६ सालमा प्रधानमन्त्री हुँदा उमा उनको स्वकीय सचिवालयमा टाइपिस्टका रूपमा कार्यरत थिइन् । उनले पछिल्लो एक दशक गिरिजाप्रसाद कोइरालाका सहयोगीका रूपमा काम गरेको नेपाल प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय प्रवक्ता बालकृष्ण दाहालले बताए । ‘२०१७ पुसमा राजाले बीपीको सरकार कु गरेपछि उमा दिदी पनि कोइराला परिवारसँगै राजनीतिमा होमिएकी हुन्,’ उनले भने । पछिल्लो पटक कोइराला परिवार नेपाली राजनीतिको मुख्य केन्द्रमा रहँदासमेत उनले कहिल्यै पदको आकांक्षा नदेखाई सेवकका रूपमा आफूलाई समर्पण गरेको दाहालले बताए । २०१७ फागुन ७ गते सैनिक मञ्चमा राजाविरुद्ध कालो पछ्यौरी प्रदर्शन गर्दा उमा दिदी शैलजा आचार्य, विजया बराल र कुन्दन शर्मासँगै जेल परेकी थिइन् । दाहालका अनुसार उनी २०२२ सालमा मंगलादेवी सिंह, नोना कोइरालासँगै रिहा भएपछि ६ महिना मंगलादेवीको निवास चाक्सीबारी बसिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending