Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

सरकार सम्बन्धमा कांग्रेस के चाहन्छ ?

\"Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700-750\" काठमाडौं, २६ असार । ठूला तीन राजनैतिक दलका नेताहरु नयाँ सरकार बनाउने दौडमा छन् । यसबीचमा दोस्रो संविधानबाट पहिलो ठूलो राजनैतिक दलको रुपमा उदाएको नेपाली कांग्रेस के चाहान्छ भन्ने विषयमा आजको नयाँ पत्रिकामा रमेश सापकोटाले खबर लेखेका छन् ः एमाले र माओवादी छलफलप्रति शंका सत्तारुढ दल एमाले र माओवादी केन्द्रको छलफलप्रति कांग्रेस सशंकित छ । ‘उनीहरू सरकारमा छन् । प्रधानमन्त्री केपी ओलीको प्रयास सरकार थामिराखौँ भनेर प्रचण्डलाई आश्वस्त पार्नेमा देखिन्छ,’ कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भने, ‘सत्ता कायम राख्ने प्रयासबीच विकल्पका कुरा अनुमानित हुन् । सरकारले विश्वास गुमाएर प्रस्ताव आए हाम्रो दृष्टिकोण अवश्य बन्छ ।’ वैशाख तेस्रो साता सरकार फेर्ने प्रयास असफल भएकाले यसपालि सरकारले विश्वास गुमाएपछि मात्र छलफल अगाडि बढाउने पक्षमा कांग्रेस छ । कांग्रेसकै नेतृत्वमा सहमतीय सरकार राष्ट्रिय सहमतिको सरकार आफ्नै नेतृत्वमा बन्नुपर्ने तर्क कांग्रेसको छ । ‘एमाले र माओवादी गठबन्धनको सरकार संविधान कार्यान्वयनमा प्रभावकारी हुन सकेन । त्यसैले सहमतिको सरकार ओलीको नेतृत्वमा हुन सक्दैन । प्रचण्डको नेतृत्व पनि उपयुक्त विकल्प होइन,’ कांग्रेस नेता महत भन्छन्, ‘संविधान बनाउन नेतृत्व गरेको कांग्रेसप्रति असन्तुष्ट दलको पनि भरोसा देखिन्छ । त्यसैले स्वाभाविक रुपमा कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ ।’ बहुमतीय सरकारको पनि गृहकार्य सरकारबाट माओवादी केन्द्र फिर्ता भएमा कांग्रेसले माओवादी र मधेसी दललाई समेटेर बहुमतीय सरकार बनाउने तयारी गरेको छ । सरकारबाट विश्वास गुमाएपछि एमाले प्रतिपक्षमा रहने बुझाई कांग्रेसको छ । कांग्रेसभित्र सहमतीय सरकारको सम्भावना नरहेकाले ओली नेतृतवको सरकार गिराएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री दिन तयार हुनुपर्ने मत पनि छ । यसो भएमा चुनावी सरकार आफ्नै नेतृत्वमा बनाउन सकिने कांग्रेस नेताहरु बताउछन् । चक्रिय प्रणालीबारे पनि छलफल कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले चक्रिय प्रणालीमा सरकारको नेतृत्व गरेर संविधान कार्यान्वयनमा जानुपर्ने विषय उठाउँदै आएका छन् । सिटौलाले यही सरकारमा काग्रेस पनि सहभागी हुने र तीन वटा चुनावमा प्रमुख तीन दलले पालैपालो सरकारको नेतृत्व लिने विकल्प पार्टीमा राख्दै आएका छन् । सत्तारुढ दलबाट स्पष्ट धारणा नआएको केन्द्रीय सदस्य डा। प्रकासशरण महतले बताए । ‘प्रधानमन्त्रीजी यही सरकारले चुनाव गराउँछ भन्नुहुन्छ, प्रचण्डजी सरकार फेरिन्छ भन्दै हुनुन्छ,’ महतले भने, ‘पहिले त सरकारको विकल्पको लागि तयार छौं भनेर उहाहरुले भन्नुपर्यो अनि के विकल्प हुन्छन् भनेर हामी पनि छलफलमा सहभागी हुन सक्छौं । हचुवा र स्वार्थमा ल्याइएका प्रस्तावको अर्थ छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending