Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

सत्ता फेरबदलको भित्री तथ्य : यस्तो छ माओवादी केन्द्रको योजना

\"cpn काठमाडौं, २६ असार । अघिल्लो शनिबार माओवादी हेडक्वार्टर बैठकले नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति किन पालना नभएको भनी प्रधानमन्त्री केपी ओलीसँग सोध्ने निर्णय गर्‍यो । त्यसयता ओली र माओवादी नेताहरूका वचनवाण एकअर्काप्रति निरन्तर सोझिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ – ओलीले बजेटपछि सत्ता आफूलाई हस्तान्तरण गर्ने वचन दिए पनि पालना नगरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो तहका नेतालाई कांग्रेससँग कुराकानी चलाउन फेरि अघि सारिसकेका छन् । दुई शीर्ष नेताबीच यसबीच पनि कुराकानी भइरहेको छ । कांग्रेसले दाहालको विश्वसनीयतामाथि प्रश्न उठाउँदै अघिल्लोपल्ट झैं यसपल्ट पनि धोका हुने हो कि भनी वचनबद्धता मागेको छ । स्रोतको दाबी छ– बजेट पारित हुनेबित्तिकै यो सत्ता समीकरण रहने छैन । बिहीबार साँझ सकिएको माओवादी पोलिटब्युरो बैठकले पनि यसैलाई संकेत गर्छ । माओवादीले राष्ट्रिय सहमतिको सरकारका पक्षमा अडान फेरि दोहोर्‍यायो, जसको अन्तर्यमा कांग्रेससँग साझेदारी गरेर माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री हुने रणनीति लुकेको छ । माओवादीले औपचारिक रूपमै सत्ता हस्तान्तरण वा यो समीकरणको विकल्पबारे ओली र एमालेसँग वार्ता गर्ने निर्णय गरेको छ । माओवादी नेताहरूले एमालेसँग वैशाख २३ मा भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री ओलीसँग खुला ढंगले छलफल चलाउने निर्णय भएको बताए । किन उठ्यो त, राष्ट्रिय सहमतिको नाममा फेरि सत्ता समीकरण फेर्ने प्रसंग ? पहिलो कारण युद्धकालीन मुद्दाहरू नै हुन् । नौबुँदे सहमतिमा खासगरी युद्धकालीन मुद्दाहरू सत्यनिरूपण तथा मेलमिलाप आयोगले हेर्नुपर्नेमा अदालत हावी भएको माओवादी गुनासोको सम्बोधन छ । तर यही नौबुँदेको संवैधानिक र न्यायिक वैधताप्रति यसबीच पर्याप्त प्रश्न उठेका छन् । एमालेका कतिपय नेताले अन्तर्राष्ट्रिय मञ्चहरूमा भोलि पनि यसबारे प्रश्न उठ्न सक्ने भन्दै पार्टीले सहमति दिन नहुने बताइरहेका छन् । माओवादी नेता कृष्णबहादुर महराले यसअघि संसद्मै आफ्नै सरकार छँदा हामीले जेल जानुपर्ने हो भनी बोले । दोस्रो, यसबीच माओवादी अझ भरपर्दो समीकरण चाहन्छ, जहाँ आफ्नो राजनीतिक भविष्य सुरक्षित रहोस् । अनि सत्तामार्फत आगामी वर्षको चुनाव जहाँ दलले राम्रो नतिजा बटुल्न सकोस् । वामपन्थी छवि भएको अर्को दल एमालेसँग सहकार्य जति लम्बियो, उति उसको पहिचान हावी हुँदै जाने, आफू छायामा पर्दै जाने उसलाई भय छ । पछिल्लो सत्ता समीकरण डगमगाउनुको पछि यही फ्याक्टरले काम गरेको देखिन्छ । माओवादी नेताहरू पनि त्यसलाई अस्वीकार गर्दैनन् । भन्नलाई त उनीहरू पनि संविधान कार्यान्वयनको पहिलो चरण चुनाव भएकाले विकल्प सोच्नु परेको भन्छन् । अझ माओवादीले युद्धकालदेखि उठाउँदै आएका कतिपय एजेन्डा बिसाएर भए पनि संविधान निर्माणको पहल लिएकाले कार्यान्वयनको पहिलो चरणसम्म आफूले नेतृत्व गर्न पाउनुपर्नेमा छन्, दाहाल । ‘संविधान कार्यान्वयनलगायत अहिले देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार चाहिन्छ भन्ने हाम्रो अडान नयाँ होइन, हामीले पहिलेदेखि नै भन्दै आएका हौं,’ माओवादी नेता नारायणकाजी श्रेष्ठ भन्छन्, ‘यही अडानलाई पोलिटब्युरोले फेरि जोड दिँदै अनुमोदन गरेको हो । राष्ट्रिय सहमतिको सरकार कसको नेतृत्वमा भन्ने कुरा दोस्रो हो, हाम्रो एजेन्डा न्यूनतम सहमति बनाएर संविधान कार्यान्वयन गर्ने भन्ने हो ।’ श्रेष्ठले त्यसका लागि दलहरूबीचमा कुराकानी भइरहेको बताए । श्रेष्ठले यसो भने पनि उनीलगायत माओवादीको ठूलो तप्का अहिलेको सरकार टिकाउनेमा क्रियाशील रहेको माओवादीकै सूत्रहरू बताउँछन् । त्यो तप्कामा उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री शक्ति बस्नेतलगायत छन् । अघिल्लो पटक झन्डै ढलिसकेको सरकारसमेत श्रेष्ठलगायतको अडानका कारण जोगिएको व्याख्याहरू माओवादीभित्रै हुने गर्छ । उता कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मालगायत नेताहरू भने यसपल्ट पनि सत्तापलटमा सक्रिय छन् । अघिल्लो पटक पनि यिनैले भूमिका खेलेका थिए । एमालेले सत्ता सन्तुलन मिलाउनुको सट्टा एकलौटी गरिरहेको यो समूहको आरोप छ । बिहीबारको पोलिटब्युरोमा पनि शर्माले तिनै लिखित बुँदा अघि सारे, जो यसअघि संसदीय दलको बैठकमा राख्दै माओवादी सरकारबाट बाहिर आउनुपर्ने तर्क गरेका थिए । ‘पोलिटब्युरोमा मैले तिनै कुरा राखेको छु, निर्णय पनि त्यसैअनुरूप भएको छ, अब सहमतीय सरकारको पक्षमा यो निर्णयलाई लिएर सरकारसँग वार्ता गर्नेछौं,’ शर्मा भन्छन्, ‘अब बस्ने मन्त्रिपरिषद् बैठकमा हाम्रा मन्त्रीहरूले पार्टीका निर्णयहरूलाई एजेन्डाका रूपमा प्रस्तुत गर्ने निर्णय भएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending