Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

युरोपेली संघबाट बेलायत बाहिरिएसँगै संसारभर तरंग, गम्भीर आर्थिक संकट पर्न सक्ने चेतावनी

\"UK-Exit-EU\"एजेन्सी, ११, असार । बेलायत ४३ वर्षको सहयात्रा टुंग्याउँदै युरोपेली युनियन (इयू) बाट बाहिरिएको छ । युरोपेली युनियनमा रहने वा नरहने भन्ने बहसलाई जनमतसंग्रहबाट टुंग्याउँदै बेलायत यो समूहबाट बाहिरिने पहिलो राष्ट्र बनेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– इयू त्याग्नुपर्ने पक्षमा ५१ दशमलव ९ प्रतिशतले मतदान गरे भने इयूमा नै रहनुपर्नेमा ४८ दशमलव १ प्रतिशत मत प्राप्त भएको थियो । बेलायत बाहिरिएसँगै अब युरोपेली युनियन २७ सदस्यीय हुनेछ । सन् १९५७ मा स्थापना भएको इयूमा बेलायत १९७३ मा आबद्ध भएको थियो । जनमतसंग्रहमा इंग्ल्यान्ड र वेल्सले इयू छाड्ने पक्षमा समर्थन जनाए । तर, स्कटल्यान्ड र उत्तरी आइरल्यान्डसँगै इंग्ल्यान्डको लन्डन सहरले इयूमै रहिरहनुपर्ने पक्षमा मतदान गरे । क्यामरुनको घोषणा बेलायतलाई इयूबाट अलग नगर्ने पक्षमा रहेका प्रधानमन्त्री डेबिड क्यामरुनले आफ्नो क्याम्पेनविरुद्ध जनादेश आएपछि राजीनामा दिने घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटबाहिर सम्बोधनमा प्रधानमन्त्री क्यामरुनले भने, ‘बेलायती जनताको चाहनालाई सम्मान गर्नुपर्छ ।’ उनले अबको तीन महिनाभित्रमा आफू प्रधानमन्त्रीबाट बाहिरिने घोषणा गरेका हुन् । उनले अब बेलायतमा ‘नवीन नेतृत्व’ आवश्यक रहेको पनि बताए । राजीनामा दिने विषयमा बेलायती महारानीलाई जानकारी गराइसकेको उनले बताए । आगामी अक्टोबरमा हुने कन्जरभेटिभको कन्फरेन्सले नयाँ प्रधानमन्त्री चुन्नेछ । बेलायती जनमतसंग्रहपछि त्यसको तरंग संसारभर फैलिएको छ । युरोपेली युनियन, महाशक्ति अमेरिका, दोस्रो ठूलो अर्थतन्त्र चीनदेखि संसारका धेरै देशले यसबारे प्रतिक्रिया जनाएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले शुक्रबार विज्ञप्ति जारी गरेर आफूले बेलायती जनताको निर्णयको सम्मान गर्ने बताएका छन् । ‘बेलायती जनताको निर्णयको हामी सम्मान गछौं’ ओबामाले भनेका छन्, ‘दुई देशबीचको सम्बन्ध भविष्यमा अझ बलियो हुनेछ ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलायत युरोपेली युनियनबाट बाहिरिने निर्णयसँगै सुरक्षा र आप्रवासनका विषयमा थप चासो बढाएको बताएका छन् । उनले बेलायत बहिर्गमनको रुससँग सकारात्मक र नकारात्मक दुवै प्रभाव रहने पनि उल्लेख गरेका छन् । युरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले अनिश्चिततामा लामो समय रहन नहुने भन्दै यसैको निर्णय आएको बताएका छन् । युरोपेली संसद्का प्रमुख मार्टिन सुल्जले बेलायत अब इयूमा नफर्कने बताएका छन् । चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले बेलायती जनताको निर्णयको आफूहरूले सधौ सम्मान गर्ने बताएका छन् । उनले चीन र बेलायतबीचको सम्बन्ध राम्रो रहेको भन्दै भविष्यमा नयाँ समझदारी गरेर अघि बढ्ने बताए । स्वतन्त्रताको दिन युके इन्डिपेन्डेन्स पार्टी (युकेआइपी)का नेता नाइजल फराजले परिणामको स्वागत गर्दै यसलाई बेलायतको ‘स्वतन्त्रताको दिन’को संज्ञा दिए । विगत दुई दशकदेखि इयूबाट अलग हुनुपर्ने पक्षमा अभियान चलाएका फराजले २३ तारिखलाई स्वतन्त्रता दिवसका रूपमा इतिहासले स्मरण गर्ने आशा व्यक्त गरे । ‘यो सभ्य जनताको विजय हो,’ उनले भने । इयूका अन्य राष्ट्रहरू पनि सदस्यता त्याग्ने सोचमा रहेका उनले दाबी गरे । बेलायतले इयूबाट बाहिरिएपछि विश्वमै ठूलो सफलता देखाउने उनले दाबी गरे । अरू राष्ट्र पनि बाहिरिने संकेत बेलायतमा इयू त्याग्ने पक्षमा मतदान भएसँगै अन्य सदस्य राष्ट्रका राजनीतिक दलहरूले इयूबाट बाहिरिने पक्षमा मतदान गर्नुपर्ने आवाज उठाएका छन् । फ्रान्स, नेदरल्यान्डलगायतका राष्टमा पनि इयूबाट बाहिरिनुपर्ने आवाज बढेको छ । ‘स्वतन्त्रताका लागि विजय’ भन्दै फ्रान्सको पनि जनमत संग्रहमार्फत निर्णय लिने अधिकार भएको त्यहाँको नेसनल फ्रन्टकी नेता म्यारिन ली पेन बताउँछिन् । डचका आप्रवासी विरोधी राजनीतिज्ञ गिर्ट विल्दर्सले अब नेदरल्यान्ड पनि नेक्जिट (इयूबाट नेदरल्यान्ड बाहिरिने) भोटका लागि योग्य भएको बताए । संकटको सम्भावना अब इयूविनाको बेलायतको भविष्यका बारेमा विभिन्न विश्लेषण हुन थालेका छन् । लेबरका युरोप मामिलासम्बन्धी पूर्वमन्त्री किथ भाजले बेलायती जनताले भावनामा बगेर इयू त्याग्ने पक्षमा मतदान गरेको बताए । निर्णयले बेलायती जनताले गम्भीर आर्थिक संकट सामना गर्नुपर्ने उनले चेतावनी दिए । ‘यो निर्णयले बेलायतलाई बर्बादीतर्फ धकेल्नुका साथै समग्र युरोपलाई नै असर गर्छ,’ उनले भने । यस निर्णयले इयूमा दूरगामी असर पार्ने उनको भनाइ छ । निर्णयले इयूलाई नै दीर्धकालीन असर पार्न सक्ने युनियनका नेताले चिन्ता व्यक्त गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending