Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

मृत्यु भइसकेका माइकल ज्याक्सनलार्इ यौन शोषणको मुद्दा

\"maxresdefault-750\" काठमाडौं, १० असार । पपस्टार माइकल ज्याक्सन यो दुनियाँमा छैनन् । तर, अझै पनि अनेक विवादले उनलाई पछ्याउन छाडेका छैनन् । कतिसम्म भने अहिले पनि अनेक विवादमा उनको नाम मुछिएको छ । प्रहरीले पनि आफ्नो अनुसन्धानबाट फेला परेका तथ्यहरू खुलाउँदै गएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सन् २००३ मा प्रहरीले उनको घर नेवरल्यान्ड रन्चमा छापा मारेको थियो । त्यहाँबाट उनले प्रयोग गरेका सामान मात्र होइन, लुकाएर राखिएका अनेक सामग्री पनि प्रहरीले फेला पारेको थियो । त्यतिवेलादेखि नै प्रहरीले यी सामानमाथि अध्ययन सुरु गरेको थियो । त्यसरी छापा मार्दा माइकल ज्याक्सनको कोठाबाट प्रहरीले ‘पोनोग्राफिक’ सामग्री पनि लगेको थियो । केही दिनअघि मात्र प्रहरीले त्यससँग सम्बन्धित एउटा सूची सार्वजनिक गरेको छ । यो सूची सार्वजनिक भएसँगै ज्याक्सनको नाम फेरि चर्चामा छ । यो सूचीमा ज्याक्सनको कोठामा भेटिएका अनेकाँै किताब र भिडियोहरू छन् । यी किताब र भिडियोबारे यसअघि नै अदालतमा एक युवाले बताएका थिए । ती युवाले ज्याक्सनविरुद्ध उजुरी दिँदै आफूलाई यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए । डेलिमेलडटकोडटयुकेमा छापिएको रिपोर्टअनुसार प्रहरीले ज्याक्सनको कोठा र बाथरुमबाट कम्तीमा पनि सातवटा ‘पोर्न’ भिडियो पाएको दाबी गरेको छ । त्यसमा अधिकांश युवाहरूको न्युड फोटो र भिडियो रहेको रिपोर्टले जनाएको छ । यीमध्ये एउटा रिपोर्टचाहिँ यसअघि पनि अदालतमा पेस गरिएको थियो । अदालतमा पेस भएको रिपोर्टमा देखिएका युवाचाहिँ १९औँ शताब्दीका भएको अनुसन्धानबाट खुलेको छ । ज्याक्सनलाई गैविन अरविजो नामका १३ वर्षे क्यान्सरपीडित बालकले यौन शोषण तथा दुव्र्यवहार गरेको आरोप लगाएका थिए । गैविनले प्रहरीमा उजुरी दिएपछि ज्याक्सनको कोठामा प्रहरीले छापा मारेको थियो । तर, १३ जुन २००५ मा अदालतले माइकल ज्याक्सनविरुद्ध नाबालिग तथा बालबालिकालाई यौन दुव्र्यवहार गरेको आरोप खारेज गरिदिएको थियो । २५ जुन २००९ मा लस एन्जल्सस्थित आफ्नै घरमा हृदयाघातका कारण माइकलको मृत्यु भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending