Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सामाजिकमा डी र ई ल्याउनेले के गर्ने ?

\"24062016072718page_1kpr-1000x0\" काठमाडौं, १० असार । कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाका सबैजसो विषय अध्ययन गर्न एसएलसीमा सामाजिक विषयमा डी प्लस ल्याउनै पर्ने हुन्छ । डी र ई ल्याउने विद्यार्थीले ११ मा भर्ना हुन पाउँदैनन् । आजको कान्तिपुर दैनिकमा खबर छ – नियमित र आंशिक गरी ५ लाख ८८ हजार १ सय ५२ विद्यार्थीले एसएलसी दिएकोमा १ लाख ८५ हजार ५ सय ६४ जनाले सामाजिकमा डी र ई ग्रेड मात्रै ल्याएका छन् । त्यसमा नियमिततर्फ १ लाख १२ हजार ३६ र एक्जाम्टेडतर्फ ७३ हजार ५ सय २७ छन् । उनीहरू कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षामा भर्ना हुन पाउँदैनन् । यस्ता विद्यार्थीका लागि अब दुई विकल्प छन् । पहिलो, सीटीईभीटीको प्राविधिक विषय रोज्ने । दोस्रो, अर्को वर्ष फेरि १० कक्षाको परीक्षा दिने । पहिलो विकल्प रोज्नेले पनि सहजै भर्ना पाउन मुस्किल छ । किनभने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सित यस्ता २४ हजार विद्यार्थीलाई मात्रै पढाउने क्षमता छ । परिषद्का सदस्यसचिव रामहरि लामिछाने भन्छन्, ‘क्षमता बढाउन मन्त्रालयसँग छलफल भइरहेको छ ।’ सीटीईभीटीले बुधबार टीएसएलसीको प्रवेश परीक्षाको फाराम वितरणको विज्ञापन गरिसकेको छ । सीटीईभीटीले कम जीपीए र विषयगत ग्रेड ल्याउने विद्यार्थीलाई १८ महिने टीएसएलसी कोर्समा अध्ययन गराउने घोषणा गरेको छ । यसअघि सीटीईभीटीले एसएलसी पास हुने विद्यार्थीलाई पढाउने १५ र फेल हुनेलाई पढाउने २९ महिने कोर्सलाई समायोजन गरेर १८ महिने बनाउने निर्णय गरेको छ । सीटीईभीटीका अनुसार १५ महिने कोर्स पढाउने ३ सय ३ संस्थामा २१ हजार २ सय ९० विद्यार्थी भर्ना क्षमता छ । त्यस्तै २९ महिने कोर्स पढाउने ६८ संस्थामा ३ हजार ३ सय १५ विद्यार्थी भर्ना क्षमता छ । दुवै संस्थालाई समायोजन गर्दा यस वर्ष २४ हजार ६ सय ५ विद्यार्थी मात्रै अध्ययन गर्न सक्छन् । न्यूनतम २ जीपीए तथा अंग्रेजी, गणित र विज्ञानमा सी ल्याउने साढे १६ हजार विद्यार्थीले तीनवर्षे डिप्लोमा अध्ययन गर्ने अवसर पाउँछन् । ०९०१०१९० ‘ओ’ सिम्बल नम्बर रहेकी ६१ वर्षीया ज्वाला विष्टले एसएलसीमा १।३५ जीपीए ल्याएकै कारण कक्षा ११ मा भर्ना नपाउने भन्दै प्राविधिकमा सहजै पढ्न पाउने व्यवस्था गरिदिन आग्रह गरिन् । ०४०१६६२ एन सिम्बल नम्बरकी अर्की विद्यार्थीले जीपीए १।६० ल्याएकी छन् । व्यवस्थापन पढ्न गणितमा सी ग्रेड हुनुपर्छ । यी विद्यार्थीको गणितमा ‘ई’ मात्रै छ । मानविकीमा पनि अधिकांश विषय पढ्न सामाजिक र गणितमा डी प्लस ग्रेड हुनुपर्छ । तर, उनको सामाजिकमा ‘डी’ ग्रेड मात्रै छ । शिक्षा समूहको ऐच्छिक विषय पढ्न सामाजिकमा कम्तीमा डी प्लस अनिवार्य गरेको छ । त्यसैले उनले पनि कक्षा ११ मा भर्ना पाइनन् । उनले कुनै सरकारी अधिकारीहरूलाई आफूले कक्षा ११ मा भर्ना नपाएको गुनासो गरे प्राविधिक विषय पढ्न सुझाव दिन्छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि ११ कक्षामा भर्ना नपाउने विद्यार्थीले प्राविधिक विषय अध्ययन गर्न पाउने आश्वासन बाँडेका छन् । तर, सामाजिक, गणितलगायत विषयमा कमजोर भएकै कारण कक्षा ११ मा भर्ना हुन नपाउने करिब दुई लाखभन्दा बढी छन् । शिक्षामन्त्री पोखरेलले अहिले भएका संस्थामै कोटा थपेर वा नयाँ सञ्चालन गर्न दिएर भए पनि क्षमता बढाउने बताए । यस विषयमा एक साताभित्र सीटीईभीटीको बैठकले निक्र्योल गर्ने उनले जनाए । प्रवेश परीक्षा दिनैबाट वञ्चित यसैबीच राजधानीका केही विद्यालयले आफूखुसी मापदण्ड बनाएर कक्षा ११ मा भर्ना हुनुअघि लिने प्रवेश परीक्षाबाट वञ्चित गराएका छन् । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ मा विज्ञान समूह अध्ययन गर्न २।० जीपीए र अन्य समूहमा १।६ जीपीए तोकेको छ । अनिवार्य विषयमा कम्तीमा डी प्लस ल्याउनुपर्ने आधार बनाएको छ । तर, काठमाडौं, भक्तपुर र ललितपुरका केही विद्यालयहरूले परिषद्ले बनाएको भर्ना आधारलाई लत्याउँदै आफूखुसी नियम बनाएर परिषद्ले तोकेको योग्यता पुगेका विद्यार्थी प्रवेश परीक्षा दिनबाट समेत वञ्चित भएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending