Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

किन पड्किन्छ ग्यास सिलिण्डर ? यस्तो छ कारण

\"gyas_bisfot\"काठमाडौं । ललितपुर उपमहानगरपालिका वडा नं। १९ हौगल टोलको इताछेंमा तामा तथा पित्तलको पाता जोड्ने पसलमा एचपी ब्रान्डको सिलिन्डर पड्किँदा जेठ ७ गते सुरेश ताम्राकार र ध्रुव ताम्राकारको ज्यान गयो । सोही सिलिन्डर विस्फोटमा घाइते भएका राजेश ताम्राकारको जेठ २९ गते उपचारका क्रममा ज्यान गयो। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–काठमाडौंको कालीमाटीमा पानीपुरी पकाइरहेको अवस्थामा सुगम ब्रान्डको सिलिन्डरको भल्ब लिक भएर आगलागी भई घाइते भएका भारत मोतीहारीका व्यवसायी विकु पण्डितको उपचारका क्रममा बिहीबार ज्यान गयो । उक्त दुर्घटनामा मोतीहारीकै रोहित कुमाल, लक्ष्मी साह, उमेश पण्डित, राजेश सिंह, राजेशका डेढ वर्षीय छोरा अनमोल सिंह र मकवानपुरका सुरेन्द्र बलामी घाइते भए । उद्योगी तथा उपभोक्ता स्वयंको लापरबाहीले भएका यी दुई प्रतिनिधिमूलक घटना मात्रै हुन्। यसअघि पनि विभिन्न समयमा ग्यास सिलिन्डर पड्केर सर्वसाधारणको ज्यान गएका दर्जनौं घटना छन् । नियमनकारी निकाय र उत्पादनकर्ता उद्योगीले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा नगर्दा यस्ता घटना दोहोरिरहेका छन् । यसमा उपभोक्ताको लापरबाही पनि कारक छ। समयमा ध्यान पुर्याउन नसक्दा सहरिया भान्छाकोठामा खाना पकाउने एकमात्र विकल्प ग्यास सिलिन्डर यतिखेर’सिलिन्डर बम’ मा रूपान्तरित हुँदै गएको छ। सानो असावधानीले कति बेला कसको भान्छाकोठामा सिलिन्डर बम पड्किने हो र कसको ज्यान जाने हो भन्ने विषयमा न उद्योगी जिम्मेवारी लिन चाहन्छन्, न त राज्य नै कडाइका साथ कारबाही गर्न चाहन्छ। यसले गर्दा यस्तो घटना दिनानुदिन बढ्दो क्रममा छ । फागुन १२ गते मन्त्री पुनले प्राविधिक टोलीसहित नौबिसे १ स्थित सिद्धार्थ ग्यास उद्योग, एचपी ग्यास उद्योग र सुगम ग्यास उद्योगको अनुगमन गरेका थिए। अनुगमनका क्रममा मन्त्री पुनले सिद्धार्थ ग्यास उद्योगमा २१ वर्ष पुरानो, कच्याककुचुक परेको र लिक भइरहेको सिलिन्डर फेलापारेका थिए। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार अनुगमनका क्रममा अधिकांश उद्योगीले सिलिन्डरको हाइड्रोस्टेटिक परीक्षण नगर्ने गरेको भेटिएको थियो। उद्योगीका कर्मचारीले सिलिन्डरको भल्ब पूर्ण रूपमा सुरक्षित हुने गरी नकसेको पाइएको थियो। सुरक्षित हुने गरी नकसिएका भल्बबाट ग्यास’लिक’ भएर आगलागी हुने र पड्किने सम्भावना प्रबल हुन्छ । सिद्धार्थ उद्योग परिसरमा पुरानो, कच्याककुचुक परेको र गुणस्तरहीन सिलिन्डरमा नयाँ रङरोगन गरेर ग्यास भरी बजारमा पठाइए पनि सरकारले कुनै कारबाही गर्न सकेन। मन्त्री पुनले सिद्धार्थका आठ सय ६ थान सिलिन्डर सिलबन्दी गर्नमात्र निर्देशन दिए। सोही दिन मन्त्री पुनले उक्त स्थानमा रहेको सुगम ग्यास उद्योग परिसरमा पनि अनुगमन गरेका थिए । सामान्यतया उपभोक्ताबाट खाली भएर फिर्ता आएको सिलिन्डर उद्योगमा आए पनि गुणस्तरसम्बन्धी परीक्षण गर्नुपर्ने हुन्छ। सिलिन्डरमा भएको लेदो, लिकेज, हाइड्रोस्टेटिक र अन्य प्रकारका प्राविधिक त्रुटिहरूसम्बन्धी परीक्षण गर्नुपर्छ। सबै परीक्षण भइसकेपछि उक्त सिलिन्डरमा ग्यास भरेर पुनः प्राविधिक परीक्षण गरी प्रयोगका लागि’सुरक्षित’ भएको अवस्थामा मात्र डिलरमार्फत उपभोक्ताको भान्सासम्म सिलिन्डर पुर्याउनुपर्छ।’तर उद्योगीले कुनै परीक्षण नै नगरी गुणस्तरहीन सिलिन्डरमा ग्यास भरेर सीधै उपभोक्ताको भान्साकोठासम्म पठाइएको पाइएको थियो’, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने। उनका अनुसार अनुगमनका क्रममा सुगम ब्रान्डको सिलिन्डरमा तीन सय ३० ग्रामसम्म लेदो जमेको भेटिएको थियो।’सामान्यतया एक सय ५० ग्रामसम्म लेदो भेटिन सक्छ’, पुडासैनीले भने,’तर जमेको लेदो मापदण्डभन्दा बढी भेटियो। यो ठूलो लापरबाही हो।’ उनका अनुसार सुगम उद्योगले भरिसकिएको सिलिन्डरलाई पानीको ट्यांकीमा राखी सुरक्षित छ कि छैन भनेर परीक्षण गरेको समेत पाइएन।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending