Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

‘प्रश्नहरुको कारखाना’ माथि परिचर्चा

मान्छे र माछा उस्तै रैछ बगेर गएपछि कहिल्यै नफर्कने कोही फर्काइदेऊ न यो खोलामा सुनौला माछाहरुको फौज कि हेरुँ म किनारमा बसेर आफ्नै उमेर फर्किएको ! दाङ ।  कवि सरिता तिवारी शनिबार ‘प्रश्नहरुको कारखाना’सँगै दङाली पाठकहरुमाझ कविता बहसमा प्रस्तुत भइन् । शब्दशिखा साहित्यिक अनलाइनद्वारा शनिबार दाङको घोराहीमा आयोजित ‘प्रश्नहरुको कारखाना परिचर्चा तथा कविता वाचन’ कार्यक्रममा तिवारी उपस्थित भएकी थिइन् । डेलीमा माछा, दैनिकी, कालान्तर निन्द्रापछि र समय शीर्षकका चारवटा कविता वाचनसँगै शुरु भएको कार्यक्रममा कवि तिवारीले प्रश्नहरुको कारखानाप्रति आएका प्रश्नहरुको जवाफ दिएकी थिइन् । प्रश्नहरुको अन्त्य कहिले हुन्छ भन्ने सहभागीको प्रश्नमा उनले सुन्दर समाजको निर्माण नहुँदासम्म प्रश्नहरु कहिल्यै नसकिने बताइन् । ‘समाजलाई गति दिन निरन्तर प्रश्नहरु गर्नु अनिवार्य छ, उनले भनिन्, ‘मलाई लाग्छ– त्यस्तो समाज, जहाँ अन्याय–अत्याचार र सबैखाले विभेदले पूर्ण मुक्त समाजमा मात्रै प्रश्नहरु नहुन सक्छन् ।’ \"sarita_tiwari_sabdashikha\"कवितामार्फत् आफूले सधैं सबैखाले सत्ताहरुलाई प्रश्न गरिरहने भन्दै उनले प्रश्नहरु उत्पादन नहुँदासम्म समाज गतिहीन भएर यथास्थितिमै हराउने बताइन् । सर्जकहरु राज्य, पार्टी र जहाँसुकैका सत्ताहरुको प्रतिपक्षमा रहनुपर्ने भन्दै उनले सर्जकहरु सत्ताको पछि लागेको दिन उनीहरुको लेखनीको पनि मृत्यु हुने बताइन् । कार्यक्रममा कवि सरिता तिवारीको कृतिमाथि समीक्षा गर्दै साहित्यकार अभय श्रेष्ठले उनका कविताहरु कला चेतनाका हिसाबले सशक्त र वैचारिक स्वर प्रष्ट भएको बताए । प्रश्नहरुको कारखाना कविता संग्रहभित्रका कविताहरुले सरिता तिवारीलाई सधैं बचाइराख्ने भन्दै समीक्षक श्रेष्ठले के तिमीले मलाई आविष्कार ग¥यौं, विजेता, हे देवी, श्री आरामी पत्र, उभिरहेको मानिस, झण्डा, आदिबासी, अङ्गुछिया लगायतका कविताहरु निकै सशक्त र जीवन्त रहेको बताए । जीवनप्रति कुनै आशा नजगाउने साहित्यले समाजका लागि कुनै योगदान नदिने भन्दै उनले समाजका विसंगति र खराबीहरुमाथि प्रश्न उठाउने सरिताका कविताहरु विद्रोही चेतले लैस भएको बताए । समीक्षक कवि यज्ञबहादुर डाँगीले सरिता तिवारीका कवितामा समकालीन नेपाली समाजको यथार्थका साथै जीवनका फरक–फरक प्रकृतिलाई बिम्बात्मक रुपमा प्रस्तुत गरिएको बताए । जीवनको यथार्थका साना–साना पाटालाई समात्ने शील्प कवि तिवारीको आफ्नैपन रहेको भन्दै समीक्षक डाँगीले कविताको फैलावट जीवनको साना–साना पाटाबाटै विस्तार भएर कविता उच्च गतिको लयमा अगाडि बढेको बताए । उनले सरिताका कविता मौरीले मह बनाएजस्तो मौलिक तरिकाले बुनिएको टिप्पणी गरे । अर्का समीक्षक कवि ज्वालामुखी लामिछानेले आफूले देखे, भोगेका दुःख र पीडाहरुलाई सरिताले कविताको मुख्य विषयवस्तु बनाएर लेखेको बताए । थारु समुदाय र महिलामाथिको उत्पीडनलाई आधार बनाएर सरिताले अधिकांश कविताहरु लेखेको भन्दै उनले प्रश्नहरुको कारखाना नेपाली प्रगतिवादी साहित्यको मानक कृति बन्नसक्ने टिप्पणी गरे । कार्यक्रममा प्रश्नहरुको कारखाना कृतिमा केन्द्रीत रहेर कवि सरिता तिवारी र समीक्षक अभय श्रेष्ठबीच कविता बहस पनि सञ्चालन गरिएको थियो । बहसको सहजीकरण कथाकार भुपेनले गरेका थिए । शब्दशिखा साहित्यिक अनलाइनका सम्पादक मण्डल सदस्य प्रमोदको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनलाइनका सञ्चालक डिल्ली मल्लले गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending