Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

करिश्माको कारण खल्लो बन्यो नयाँ शक्तिको आमसभा

\"Karishma-manandhar-naya-sakti-6-750\" काठमाडौं । नयाँ शक्ति नेपालको सचिवालय सदस्यको हैसियतमा पहिलो पटक पार्टी घोषणा सभा कार्यक्रम सञ्चालन गरेकी अभिनेत्री करिश्मा मानन्धरले कार्यक्रम अवधिभर गल्ती नै गल्ती गरिन् । आजको कमाण्डर पोष्ट दैनिकमा बुद्ध लोप्चन लेख्छन् – आमन्त्रित विदेशी अतिथिहरुको समेत उपस्थिती रहेको कार्यक्रममा कार्यक्रम सञ्चालनको सुरुमै अंग्रेजी बोल्न तम्सिएकी करिश्मा सुरुमै चिप्लिइन् । अर्का कार्यक्रम सञ्चालक पासाङ शेर्पाले नेपालीमा कार्यक्रमको सम्बोधन गर्दै गर्दा करिश्माले अंग्रेजी बोलिन् तर उनको उद्घोषणमा निकै गल्ती भेटिन्थ्यो । त्यससँगै भुटानी प्रधानमन्त्रीले पठाएको शुभकामनापत्र वाचन गर्दा उनले बल्ल–बल्ल पत्र पढेर सकाइन । कति ठाउँमा अड्किइन तर मिलाएर उनले ‘सरी’ भन्दै पत्र वाचन गरेर सकाइन् । कार्यक्रम सञ्चालनका लागि अपरिक्व देखिएकी करिश्माले कांग्रेस सभापति शेरबहादुर देउवालाई मन्तव्यका लागि बोलाउँदो ‘व्यक्तिगत सम्बन्ध’ गाँसिन् । ‘शेरबहादुर दाईलाई म कार्यक्रममा निम्त्याउन चाहन्छु, उहाँ मेरा ससुराका मिल्ने साथी हुनुहुन्छ र आरजू राणाजीसँग मेरो पनि राम्रो सम्वन्ध छ ।’ उनले प्रसंग जोडिन् । त्यससँगै करिश्माले कांग्रेस नेता प्रदीप गिरीलाई मञ्चमा निम्त्याउँदा गम्भीर गल्ती गरिन् । गिरीलाई डा. प्रदीप भट्टराई भनेर बोलाएपछि सभामा ठूलो कोलाह मच्चियो । हतारिँदै करिश्माले माफी माग्दै भनिन्, ‘सरि प्रदिप गिरी’ । गिरीले भाषण गरिसकेर करिश्मालाई सल्लाह दिए, ‘आइन्दा बिस्तारै बोल्नु, हतार गरे लडिन्छ ।’ प्रधानमन्त्री केपी ओली साढे ३ बजे सभामा आउने जानकारी दिएकी करिश्माले भनिन् ‘चाँडै स्टेजमा आउँदै हुनुहुन्छ पीएम केपीजी ।’ ठीक ४ बजे कार्यक्रमस्थलमा प्रधानमन्त्री आइपुगेलगत्तै फेरि करिश्माले हतारिँदै भनिन् ‘हाम्रो प्राइम मिनिस्टर केपी ओलीज्यू यहाँ उपस्थित भइसक्नुभएको छ, उहाँहरुलाई गीभ हिम अ विग ह्याण्ड क्ल्याप फर हिम ।’ पटक–पटक करिश्माको गल्ती देखेर भने दर्शक आजित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending