Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

भूकम्पपीडितका लागि पर्यटकीय नमुना गाउँ निर्माण

\"House-Model-Final_1451484362\"भक्तपुर । आरपी फाउन्डेसनका अध्यक्ष एवम् भक्तपुर दत्तात्रय निवासी सम्पदा संरक्षणकर्ता रवीन्द्र पुरीले परम्परागत शैलीमा भूकम्प प्रतिरोधी नमुना गाउँ बनाउने घोषणा गरेका छन् । भूकम्प प्रभावित क्षेत्रका आर्थिक अवस्था अत्यन्तै न्यून भएका भूकम्पपीडितका लागि परम्परागत शैलीमा ३० घर निर्माण गरेर हस्तान्तरण गर्ने घोषणा गरे । स्थानीयस्तरमा पाइने ढुङ्गा, माटो र काठको प्रयोग गरेर पर्यटकलाई आकर्षित गर्ने गरी भूकम्प प्रतिरोधी पर्यटकीय नमुना गाउँ निर्माण गरिने पुरीले बताए । तीस घरसहितको नमुना गाउँको ढाँचा सार्वजनिक गर्दै पुरीले भने– “भूकम्पले घर भत्किएका ग्रामीण क्षेत्रको गाउँमा परम्परागत नमुना गाउँ बनाएर हस्तान्तरण गर्छौं, त्यसलाई पर्यटकीय गन्तव्यको क्षेत्रका रुपमा विकास गर्छौं ।” उनले प्रतिघर रु पाँच लाखका दरले ३० घर निर्माणका लागि फाउन्डेसनले दाता मार्फत रु एक करोड ५० लाख लगानी गर्ने बताए । पुरीले भने ˗ “दुई तलाको एउटा घर निर्माणका लागि रु १० लाख लाग्छ, रु पाँच लाख हामी जुटाउँछौँ, बाँकी रु पाँच लाखमध्ये रु तीन लाख बराबरको भूकम्पले भत्किएकै घरको ढुङ्गा र काठ पुनः प्रयोग गरिन्छ र नपुग रु दुई लाख सरकारबाट आउने अनुदानबाट जुटाउन सकिन्छ ।” नेपाल सरकारको भवन विभागबाट मान्यताप्राप्त ढाँचा अनुसार १३औँ शताब्दीमै प्रयोगमा आइसकेको चुकुल, टाइबिम, नसलगायत परम्परागत प्रविधि अपनाएर घर निर्माण गरिने उनको भनाई छ । काभ्रेपलाञ्चोक वा सिन्धुपाल्चोकको कुन क्षेत्रमा नमुना गाउँ बनाउने भन्नेबारेमा अध्ययन भइरहेको बताउँदै उनले केही दिनभित्रै यसको टुङ्गो लगाएर गाउँको छनोट गरी कामको सुरुआत गरिने जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: