Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

प्रचण्डलाई प्रयोग गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने नेपाल र देउवाको भित्रि दाउ

\"nepal_deuwa\"काठमाडौं । ओली सरकार परिवर्तनको राजनीतिक सरगर्मी बढिरहँदा ‘भद्र सहमति’ अनुसार नेतृत्व आफुले पाउनुपर्ने दावी गरिरहेको माओवादी केन्द्रका अलावा एमालेभित्रै नेपाल पक्ष र कांग्रेसले समेत आआफ्नै योजना बनाईरहेको अन्दाजा लगाउन सकिन्छ । बैशाखको पहिलो हप्ता ओली सरकारको प्रमुख सत्ता साझेदार माओवादी केन्द्रले केही द्वान्दकालिन मुद्दा उठाउँदै सरकार छोड्ने चेतावनी दिएको थियो । उक्त चेतावनी पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग ९ बुँदे लिखित सहमति गरेका थिए । सोही सहमतिसँगै सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने ३ बुँदे भद्र सहमति भएको राजनीतिक अनुमानलाई यतिबेला माओवादी नेताहरु र एमालेकै केही नेताहरुले समेत पुष्टी गर्न थालेका छन् भने स्वयंम प्रभानमन्त्री ओलीले भने सहमति नभएको जिकिर गरिरहेका छन् । एक हप्ता अघि ल्याएको ०७३/०७४ को बजेट संसदबाट पारित भए लगत्तै सरकारको नेतृत्व माओवादीलाई दिने भद्र सहमति भएको कुरा प्रधानमन्त्रीकै पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले घुमाउरोरुपमा बताईरहेका बेला तात्कालिन माओवादी तथा हालको माओवादी केन्द्रका नेताहरुलेसमेत भद्र सहमतिबारे कुरा उठाउन थालेका छन् । तर सरकारको नेतृत्व गरिरहको ओली र ओली पक्षिय नेताहरु भने कुनै सहमति नभएको जिकिर गरिरहेका बेला भद्र सहमति गरेका भनिएका ओलीले प्रतिनिधिसभाको चुनावसम्म यहि सरकार रहने बताइसकेका छन् । देउवा दाउ १ महिना माओवादी केन्द्रलाई उचालेर सरकार परिवर्तनको असफल प्रयास गरिसकेको नेपाली कांग्रेस र सभापति शेरबहादुर देउवा पनि ओली सरकार ढाल्ने रणनीतिमा छन् । देउवाले सरकार ढाल्नका लागी यतिबेला उचित समय ठानेका छन् । माओवादी केन्द्र र एमालेबिचमा दुरी बढाउने र प्रचण्डलाई प्रयोग ओली सरकार अल्पमतमा हाल्ने योजनामा छन् । यसो गर्दा एमालेको ओली समुह प्रचण्डलाई भन्दा आफुलाई समर्थन गर्न आईपुग्ने बुझाईमा देउवा छन् । सोही सहयोगमा प्रधानमन्त्री बन्ने दाउमा देउवा देखिन्छन् । नेपालको दाउ एमालेकै बरिष्ठ नेता माधव नेपाल पनि ओली सरकार ढाल्ने उत्तिकै चम्किएका नेता हुन् । पछिल्लो समय खनालको सहयोग सहति प्रचण्डलाई र भद्र सहमतिलाई प्रयोग गरेर ओली सरकार अल्पमतमा पार्ने योजनामा देखिन्छन् । सहमति अनुसार सरकारको नेतृत्व प्रचण्डलाई दिइनुपर्ने बताउने तर अन्तर्यमा प्रचण्डको नाममा एमालेभित्रैबाट असहमती बनाएर आफ्नै नेतृत्वमा सरकार निर्माण गर्न चाहन्छन् । देउवाले जस्तै नेपालले पनि सरकार ढालेको झोकमा प्रचण्डलाई भन्दा आफैलाई ओलीले सरकार निर्माण गर्न सहयोग गर्ने बुझाईमा नेपाल रहेका छन् । नेपालले आफ्नै नेतृत्वमा सरकार नबनेपनि खासै घाटा पर्ने देखेका छैनन् । एमालेको आन्तरिक राजनीति र आउँदो महाधिवेशनलाई ख्याल गर्दै ओली सरकारभन्दा प्रचण्डकै सरकार हुनुलाई उनले उचित हुने बुझाई राखेका छन् । प्रचण्ड सहमति पालना हुने आसमा ओलीसँगको भद्र सहमतिको कुरा अरुहरुले गरिरहेको भएपनि प्रचण्ड स्वंयम भने गरेका छैनन् । केबल ओली सरकारलाई जिस्क्याइरहेका मात्र छन् । उनले कहिले सहमतिय सरकारको नेतृत्व आफुले गर्ने त कहिले आफुले अब सरकारको नेतृत्व गर्ने दाबी गरिरहेका छन् । प्रचण्ड अझैपनि बालुवाटारमा ओलीसँग भएको भद्र सहमति पालना हुने आसामा देखिन्छन् । आफुलाई प्रयोग गरेर नेपाल र देउवाले प्रधानमन्त्री हत्याउने दाउ खेलिरहेको कुरा प्रचण्ड जत्तिका चलाख नेताले बुझेका छैनन् भन्न सकिन्न । यदी यस्तै हुने अवस्था आएमा ओली सरकारलाई माओवादीले लामो समयसम्म लैजान सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: