Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

अविश्वासको प्रस्ताव हाल्ने माओवादीको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफूसँग भएको भद्र सहमति कार्यान्वयन नगरे प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव हाल्ने भएको छ । बैशाखको तेस्रो साता नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नौ बुँदे सहमति गरेका थिए । आर्थिक वर्ष २०७३/७४ को बजेट ओली नेतृत्वको सरकारलाई नै ल्याउन दिने भनी नौं बुँदे सहमतिमा उल्लेख छ । नौं बुँदे सहमतिको साथमा बजेटपछि प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भनी एमाले–माओवादीबीच अर्को भद्र सहमति भएको माओवादी पक्षले दाबी गर्दै आएको छ । माओवादीसँग राष्ट्रिय सरकार निर्माणका लागि सरकारको नेतृत्व दिने भनी समझदारी भएकोले राजनीतिक बेइमानी गर्न नहुने स्वयं एमालेकै नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले बताउँदै आएका छन् । \"Prachanda-oli\"आफ्नै पार्टीका नेताहरुले पनि राजनीतिक बेइमानी गर्न नहुने बताइरहँदा प्रधानमन्त्री ओलीले भने कुनै पक्षसँग पनि भद्र सहमति नभएको दाबी गरेका छन् । कसैसँग कुनै भद्र सहमति नभएको भन्दै ओलीले कसैले हप्काउँदै र तर्साउँदैमा आफू नतर्सिने अभिब्यक्ति नै दिइसकेका छन् । प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्वबाट नथाकेको भन्दै काँध फेर्ने कुरा नगर्नसमेत सत्ता साझेदार दलहरुसँग आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले भने बोली फेरेको भन्दै रुष्ट भएका माओवादी नेताहरुले भने सरकारविरुद्ध नै अविश्वासको प्रस्ताव हाल्ने तयारी गरेका छन् । मुलुक राजनीतिक समझदारी अनुसार नै अघि बढ्ने भएकाले सहमतिमै अघि बढ्ने तर प्रधानमन्त्री ओली नै सहमतिको बाधक बनेमा अविश्वासको प्रस्ताव पेश गरी प्रधानमन्त्रीबाट ढाल्ने योजना शुरु भएको स्रोतको भनाइ छ । गत वर्ष वैशाख १२ को विनाशकारी भूकम्पपछि प्रमुख चार राजनीतिक दलहरुले पुनर्निर्माण र संविधान कार्यान्वयनका लागि सबै सहमतिमै अघि बढ्ने भन्दै १६ बुँदे समझदारी गरेका थिए । सोही समझदारी अनुसार नै नयाँ संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार बनाउने भनिएको थियो । तर संविधान जारी भएपछि भएको प्रधानमन्त्री निर्वाचनमा कांग्रेसले त्यस्तो कुनै समझदारी नभएको भन्दै तत्कालिन प्रधानमन्त्री स्व.सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनायो । त्यतिबेला मधेस आन्दोलन शुरु गरिसकेका मधेसवादी दलहरुसमेत कोइरालालाई भोट हाल्न ब्यवस्थापिका संसदमा फर्किएका थिए । सोही असझदारीपछि देशकै सबैभन्दा ठूलो पार्टी कांग्रेस प्रमुख प्रतिपक्षीका रुपमा बस्न पुगेको छ । बैशाखको तेस्रो साता कांग्रेसको सहयोगमा माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व लिन पाएको अवसर समेत गुमाएर एमाले गठबन्धनलाई नै कायम राख्न भन्दै बजेटपछि एमालेकै साथमा आफूले सरकारको नेतृत्व लिने पाउनेमा ढुक्क हुँदै नौं बुँदे सहमति गरेका थिए । एमालेसँगको समझदारी कार्यान्वयन नगर्ने संकेत देखिएपछि माओवादीले पनि ओली सरकार ढाल्ने कसरत शुरु गरेको स्रोतको भनाइ छ । पछिल्लाे समय कांग्रेस नेताहरूले समेत सहमतीय सरकारमा जाेड दिन थालेका छन् । माअाेवादी अध्यक्ष प्रचण्डलार्इ सरकारकाे नेतृत्व सुम्पिएमा राष्ट्रिय सरकार बन्ने सम्भावना पनि बढेकाे छ । तर फेरि पनि एमाले अध्यक्ष तथा प्रधानमन्त्री अाेलीकाे अडानले फेरि पनि राजनीतिक असमझदारी चुलिने सम्भावना बढेकाे छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending