Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नेपाली भूमिमा भारतीय चौकी

\"Indian-Check-Post-at-Birgung_950026760-750\" वीरगन्ज । भारतले वीरगन्जस्थित सीमा क्षेत्रमा नेपाली भूमि मिचेर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बनाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – वीरगन्जको अलौं सिर्सियामा नेपाल र भारत दुवैतर्फको आईसीपीको भौतिक संरचना निर्माण कार्य भारत सरकारले नै गर्दै आएको छ । दसगजा क्षेत्रमा आईसीपीको निर्माण भइरहेको छ । आईसीपीको भारततर्फको भौतिक संरचना भने बनिसकेको छ । नेपालतर्फ आईसीपीको निर्माणकार्य जारी छ । दुवै देशको आईसीपीको पर्खाल दसगजा क्षेत्रमा रहेको सीमा स्तम्भभन्दा ठिक १० गज पर निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर भारत सरकारले आफ्नोतर्फको आईसीपीको सिमेन्टेड पर्खाल सीमा स्तम्भभन्दा ठीक १० गजको दूरीमा बनाएको छ भने नेपालतर्फको पर्खाल दसगजामा रहेको सीमा स्तम्भभन्दा नेपाली भूमितर्फ करिब १७ गज भित्र पर्ने गरी बनाएको छ । भारत सरकारले नेपाली भूमि मिचेर आईसीपीको पर्खाल बनाएको भन्दै वीरगन्ज अलौं सिवानटोलका बासिन्दाले गुनासो गरेपछि यही जेठ ११ गते क्षेत्रीय प्रशासक मुकुन्दराजप्रकाश घिमिरे नेतृत्वको उच्च अधिकारी सम्मिलित टोलीले आईसीपीको स्थलगत निरीक्षण गरेको थियो । टोलीमा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जका प्रमुख विदुर खड्का, पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ र सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापा पनि सहभागी थिए । निर्माणाधीन आईसीपीको पर्खाल दसगजा क्षेत्रमा रहको सीमा स्तम्भभन्दा ठिक १०–१० गजको दुरीमा दुवै देशतर्फ बनाउनुपर्नेमा भारतले नेपाली भूमि बढी मिचेर पर्खाल बनाएको स्थानीय बासिन्दाको गुनासो आएपछि स्थलगत निरीक्षण गरिएको टोलीमा सहभागी सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जका प्रमुख खड्काले बताए । आईसीपीको नेपालतर्फ बनाइएको पर्खाल दसगजा क्षेत्रमा रहेको सीमा स्तम्भबाट ठिक १० गजको दुरीमा नभएर नेपाली भूमितर्फ नै बढी पर्ने गरी बनाएको भेटिएको पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । ‘नेपालतर्फ आईसीपीको पर्खाल दसगजा क्षेत्रभन्दा अलि वर नै बनाएको देखिन्छ,ु उनले भने, ‘यसले हामीलाई पनि आशंका भएको छ, अब पर्खाल भत्काउनुभन्दा पनि नेपाली भूमिलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । आईसीपीको पर्खाल निर्माणमा देखिएको त्रुटिका विषयमा नापी विभागका अधिकारीसँग समन्वय गरेर प्रतिवेदन बुझाउन क्षेत्रीय प्रशासक घिमिरेले सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगन्जका प्रमुख खड्कालाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । तर खड्काले भने दसगजा क्षेत्रमा मिचिएको नेपाली भूमिका बारेमा स्थलगत अध्ययन गरी जग्गा छुट्याउन नापी विभागका अधिकारीलाई निर्देशन दिन प्रमुख जिल्ला अधिकारी घिमिरेलाई नै क्षेत्रीय प्रशासकले अराएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending