Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

भोलि विप्लवको बन्द मेचीदेखि कर्णाली

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले शुक्रबार मेचीदेखि कर्णाली बन्दको आह्वान गरेको छ । पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई छुटाउन राज्यलाई दबाब दिन भन्दै विप्लव माओवादीले बन्द आह्वान गरेको छ । विभिन्न मुद्दामा आफ्ना कार्यकर्तालाई फसाउने काम गरेको भन्दै उनीहरुले जेठ २१गते शुक्रबार मेची, पश्चिम ताम्सालिङ र कर्णाली ब्यूरो बन्दको घोषणा गरेको छ । पश्चिम ताम्सालिङ अन्तर्गत चितवन, धादिङ, नुवाकोट र रसुवा बन्द गरिने उनीहरुले जनाएका छन् । झापा, जुम्ला र धादिङ जिल्लामा पक्राउ गरिएका नेता र कार्यक्रताको विना शर्त रिहाइको माग गर्दै बन्द आह्वान गरिएको विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जनाएका छन् । फेसबुकबाटै बन्दको प्रचार   [caption id=\"attachment_76616\" align=\"alignleft\" width=\"319\"]\"maoist-biplab\" सामाजिक सञ्जालमा राखिएका बन्द सम्बन्धी सामग्री[/caption] विप्लव माओवादीले बन्द सफल गराउन समाजिक सञ्जालको प्रयोग गरेको छ । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत बन्दको प्रचारप्रसार ब्यापाक पारेका छन् । कार्यकर्ता रिहाइका लागि दबाब दिन भन्दै उनीहरुले जेठ २७ गते नेपाल बन्द गर्ने भनी सामाजिक सञ्जालहरुमा बन्दको पोष्टरहरु पोष्ट र शेयर गरिरहेका छन् । हालसम्म झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद प्रमुख रामप्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई बिनासर्त रिहा गर्नुपर्ने उनीहरुको भनाइ छ । सरकारले शनिबार संसदमा पेश गरेको बजेटमा बन्द, हड्ताल निषेध गरिएको छ । सार्वजनिक क्षेत्र बन्द हड्ताल गर्नेलाई क्षतिपूर्ति गर्ने बजेटमा उल्लेख छ । तर सदनमा पेश गरिएको बजेट पारित नहुँदै विप्लवले बन्द आह्वान गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: