Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

माओवादीभित्रको अनुशासन

\"Maoist\"काठमाडौं । विभिन्न माओवादी घटकहरुबीच एकतापछि बनेको नेकपा माओवादी केन्द्रमा जम्बो केन्द्रीय समिति भएको भन्दै आलोचनाहरु भइरहेका छन् । विभिन्न माओवादीहरुबीचको एकतापछि सबै पार्टीमा केन्द्रीय तहमा रहेकालाई केन्द्रमा ल्याउँदा समिति जम्बो हुनु स्वभाविक हो । तर त्यसमध्ये विभिन्न समूहबाट आएकालाई भागबण्डा गरी केन्द्रीय समितिमा बढुवा गरेसँगै केन्द्रीय समितिको आकार बढ्दै गएको छ । जेठ ६ गतेको माओवादी एकतासँगै ५ सय ९९ केन्द्रीय समिति बनाउने निश्चित गरिएको थियो । त्यसबाट बढेर ६ सय ९९ हुँदै ९ सय ९९ बाट एक हजार ९९ केन्द्रीय समिति विस्तार गरिएको छ । माओवादीबीचको एकता अभियानसँगै एकतामा आउने लहर अहिले पनि चलेको हुँदा केन्द्रीय समिति महाधिवेशनसम्मै बढ्ने नेताहरुले बताएका छन् । तर यसरी केन्द्रीय समिति बढाउँदै जाने हो भने समस्या उत्पन्न हुने चिन्ता नेतादेखि कार्यकर्ता पंक्ति सबैमा छ । सामाजिक सञ्जालको दुरुपयोग नेता कार्यकर्तामा पार्टी बनाउने चिन्ता हुनु स्वभाविक हो । चिन्ता भावका साथ चुस्त, दुरुस्त समिति बनाउने सुझाव दिनु मनासिव नै हो । पार्टी बनाउने चिन्तासँगै ती सबै सुझावहरु सम्बन्धित ठाउँमा दिनु आवश्यक छ । कम्युनिष्टहरुले मात्र होइन, गैरकम्युनिष्टहरुले पनि पार्टी अनुशासनको पालना गर्नुपर्छ । तर अनुशासन र जनवादका नाममा जिम्मेवार ब्यक्तिहरुबाट नै सामाजिक सञ्जालहरुमा छताछुल्ल पार्टी तथा पार्टी नेतृत्वको आलोचना भइरहेका छन् । पार्टीमा गर्नुपर्ने कतिपय गोप्य कुराहरु हुन्छन्, तर सामाजिक सञ्जालहरुमा लेखिएका कुराहरु गोप्य हुँदैनन् । त्यसैले सामाजिक सञ्जालहरुमा लेखिएका कुरालाई आधार बनाएर खबरहरु प्रकाशित भइरहेका छन् । बैठकसँगै राजिनामाको सर्कुलर फेसबुकमा विभिन्न माओवादी घटकहरुबीच एकता पश्चात ६ सय ९९ केन्द्रीय समितिको पहिलो बैठक बस्दै गर्दा केही पार्टी केन्द्रीय सदस्यहरुले राजिनामाको घोषणा गरे । उनीहरुले पार्टीमा राजिनामा बुझाएनन् तर राजिनामाको सर्कुलर फेसबुकबाट सार्वजनिक गरे । राजिनामाको सर्कुलर गर्नेमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पुत्री रेणु दाहाल पनि पर्छिन् । उनले आफ्नो हैसियत हुँदा हुँदै असन्तुलित केन्द्रीय समितिमा नराखियोस् भने सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखिन् । प्रचण्डपुत्री भएकै कारणले प्राथमिकताका साथ रेणुको असन्तुष्टी समाचार बन्न पुगे । यस्तै, माओवादीका अर्का नेता बलराम तिमिल्सिनाले पनि सामाजिक सञ्जालमा राजिनामाको सर्कुलर गरे । पार्टीमा आलोचित भएपछि उनले ६९९ मध्यको एउटा सिसिएमले बैठकमा वोल्न पाउने समय नहुने भएकाले सार्वजनिक रुपमा विषय राखेको भन्दै सामाजिक सञ्जालमै अर्को प्रष्टिकरण दिए । सामाजिक सञ्जालमा असन्तुष्टी ब्यक्त गर्ने रेणु र बलराम मात्र होइन, सचिवालय तथा पोलिटब्यूरो सदस्यसमेत छन् । सामाजिक सञ्जालमा निकृष्ट अभिब्यक्ति माओवादी एकतामा रामबहादुर थापा बादल समूहबाट आउने नेता कार्यकर्ताहरुले त झै निकृष्ट ढंगले सामाजिक सञ्जालहरुमा लेख्ने गरेका छन् । ‘फलानो कामरेड निकै पुरानो हो, अहिले कुखरा पालेर बस्नुभयको छ उहाँलाई जसरी पनि सीसीमा बढुवा गर्नुपर्यो । फलानो कमरेड निकै सिनियर हुनुहुन्छ उहाँलाई पीबीएम बनाउनु पर्यो । मलाई अप गर्न नभुल्नुहोला । साँच्चै उ पनि निकै योगदान गरेको मान्छे हो त्यो मेरो सालाको श्रीमती, हाम्रो मामाको छोरोलाई पनि नराखे राम्रो हुँदैन,’ बादलसमूहबाट आएका पूर्ण घर्तीले केन्द्रीय समिति विस्तार गरिएकोप्रति ब्यङग्य गर्दै आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘पार्टी यस्तो हुनुहुन्न सानो बनाउनुपर्यो । भारी भरकम बनाउनुहुन्न, ए एउटा कुरा त भन्नै भुलेँछु तपाईंले पनि कुरै गर्नु हुन्न उसले हिजो गल्ति गरेर के भयो र अहिले मलाई साथ दिएकै छ, उसलाई पनि नराखेत राम्रो हुन्न है, ख्यालगर्नुहोला है...’ एकतामा नआएका नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यदेखि क्रान्तिकारी माओवादी अध्यक्ष प्रचण्डसम्मलाई मनलाग्दो लेख्ने गरेका छन् । आफ्नो पदीय मर्यादा बिर्सिएर सामाजिक सञ्जालमा जथाभावी लेख्नेमा पछिल्लो समय हैसियतबिनाका भनेर आलोचन गरिएका आरसी न्यौपाने पनि पहिलो नम्बरमा छन् । उनले एकतामा नआएका बैद्यलाई अश्लिल ढंगले गाली बेइज्जती गर्नुका साथै आफ्नै नेताको मानमर्दन गर्नेमा अगाडि छन् । सामाजिक सञ्जालमा पार्टीविरुद्ध लेख्ने माओवादी नेता कार्यकर्ताहरुले जनवादको प्रयोग पनि भन्ने गरेका छन् । पार्टीमा ठूलो समिति भएकाले आफूले धारणा राख्नै नपाउने भएकाले भन्दै सामाजिक सञ्जालको प्रयोग गरिएको पनि भन्ने गरिएको छ । पार्टी र पार्टी नेताहरुकै मानमर्दन हुने गरी सामाजिक सञ्जालमा लेख्नुलाई जनवादको प्रयोग भन्ने कि छाडातन्त्र ? माओवादी नेताहरुले नै उत्तर खोज्नु जरुरी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: