Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

माओवादीलार्इ कर्मचारी संगठन विघटन हुने चिन्ता

\"maoistकाठमाडौं । निजामती कर्मचारीहरुको बुधबार भएको निर्वाचनको परिणाम आउने क्रम नसकिँदै माओवादी कर्मचारी विघटनको चिन्ता बढेको छ । देशभर भएको निर्वाचनको अहिलेसम्मको परिणाम अनुसार मधेसी कर्मचारी संगठन भन्दा पनि पछाडि रहेको माओवादी कर्मचारी संगठन विघनको अवस्थामा रहेको भन्दै माओवादी सम्बद्ध कर्मचारीहरुले चिन्ता ब्यक्त गरेका छन् । सामान्य प्रशासन मन्त्रालयसमेत सम्हालेको माओवादीको नतिजा टिठ लाग्दो अवस्थामा पुगेपछि कर्मचारीहरुलाई नै चिन्ता बढेको हो । माओवादी नेतृ रेशा शर्मा सामान्य प्रशासन मन्त्री छिन् । अहिलेसम्मको नतिजाअनुसार सरकारको नेतृत्व गरेको एमाले अग्रस्थानमा छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा र मधेसी कर्मचारीको संगठन तेस्रो स्थानमा छ । विभिन्न १० माओवादी घटकबीच एकता भएपछिको नतिजाले माओवादीहरुलाई थप निराशा तुल्याएको छ । कर्मचारीको प्रारम्भिक नजिताकै आधारमा माओवादी कर्मचारीका नेतृत्वले राजिनामा दिनुपर्ने आवाज सामाजिक सञ्जालहरुमा उठ्न थालेको छ । नयाँ आधारमा कर्मचारी प्रशासन भित्र रहेका देशभक्त र आमुल परिवर्तनका पक्षधरहरुलाई एककृत गर्दै नयाँ मोर्चाको निर्माण गर्दै आन्दोलनको पुर्नगठन नगरिए कर्मचारी संगठन विघटन हुने विप्लव माओवादीका कर्मचारी संगठनका नेता महादीप पोखरेलले चिन्ता ब्यक्त गरेका छन् । ०६३ सालमा गठन भएको नेपाल राष्ट्रिय कर्मचारी संगठनको २१ जना संस्थापक रहेको राष्ट्रिय समिति त्यसपछि बनेका सबै कर्मचारी संगठनहरु विघटन गरी कुनै पनि पार्टीको भातृ संगठन जस्तो नबनाइ आमुल परिवर्तनका पक्षधरहरुको साझा संगठन निर्माण गर्न ढिलो गर्नु नहुने पोखरेलको सुझाव छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: