Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

माओवादी केन्द्रको पोलिटब्यूरो बैठकमा सरकारबारे छलफल

\"maoist-meeting-750\" काठमाडौं । नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो बैठकमा सरकारबारे छलफल चलेको छ । वर्तमान एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारबारेमा छलफल भएको छ । चार साताअघि मात्रै प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच नौं बुँदे सहमति भएको थियो । उक्त सहमतिमा ओली नेतृत्वको सरकारलाई बजेट ल्याउन दिने उल्लेख छ । बजेट मात्र ल्याउन दिने र त्यसपछि माओवादी अध्यक्ष प्रचण्डलाई एमालेकै समर्थनमा ओलीले नेतृत्व सुम्पने समझादारी भएको माओवादी नेताहरुको भनाइ छ । प्रमुख विपक्षी दल कांग्रेसले आफूलाई सरकारको नेतृत्व दिइसकेको अवस्थामा एमालेसँगको गठबन्धन नतोड्ने समझदारीमा पुगेको अवस्थामा समझदारी कार्यान्वनय नभए के गर्ने भन्नेबारेमा छलफल गरिने बताइएको छ । सरकारको नेतृत्व दिने भनी भएको सहमति कार्यान्वनय नभए के गर्ने भनी पोलिटब्यूरो बैठकमा चर्चा चलेको छ । पहिलो पोलिटब्यूरो बैठकमै नेतृत्वको आलोचना पार्टी एकतापछि बसेको पहिलो पोलिटब्यूरो बैठकमा जम्बो केन्द्रीय महाधिवेशन आयोजक समिति बनाएको भन्दै नेतृत्वको आलोचना सुरु भएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा जारी पोलिटब्यूरो बैठकमा नेताहरुले संगठनलाई चुस्त दुरुस्त बनाउनको जम्बो बनाएको भन्दै आलोचना गरेका छन् । थप सदस्यको अनुमोदन ६ सय ९९ केन्द्रीय सदस्य रहेको केन्द्रमा तीन सय जना थप गरी ९ सय ९९ सदस्य बनाउने प्रस्ताव पोलिटब्यूरो बैठकले अनुमोदन गर्दैछ । केन्द्रीय समितिमा ३ सय सदस्य थप गर्नुका साथै ७५ सदस्यीय सचिवालय, २ सय ४१ सदस्य पोलिटब्यूरो चयन गरिएको छ । विहीबारको पोलिटब्यूरो बैठकले थप सदस्य अनुमोदन गर्दैछ । पार्टी एकतापछि माओवादी केन्द्रले बुधवार ७५ सदस्यीय सचिवालय सदस्य र २ सय ४१ सदस्यीय पोलिटब्युरो सदस्य चयन गरेको थियो । सचिवालयमा एमाओवादीका ३९, वादल समूहबाट १९ मातृका २, मणि १ र जयपुरी १ महिला दलित पिछडिएको क्षेत्रबाट दस जना थप्ने गरी ७५ सदस्यीय सचिवालय गठन गरिएको छ । पोलिटब्युरोमा एमाओवादीको तर्फबाट १ सय ४९, वादलको तर्फबाट ६५, मातृका यादव पक्षबाट ७, मणि थापा पक्षबाट ८, तिलक परियारबाट ४ र जयपुरी घर्ती गरी २ सय ४१ सदस्यीय पोलिटब्यूरो सदस्य बनाइएको छ । आजबाट देशभर प्रशिक्षण माओवादी घटकहरुबीचको एकतापछि देशैभर विहीबारदेखि प्रशिक्षण कार्यक्रम शुरु भएको छ । प्रशिक्षण अन्तर्गत पहिलो दिन विहीबार प्रदेश नम्बर ३ को प्रशिक्षण काठमाडौंमा गरिँदैछ । काठमाडौंमा भएको प्रशिक्षणमा सबै नेताहरुको उपस्थिति रहने भए पनि काठमाडौं बाहिर अन्य प्रदेशको प्रशिक्षमा कसकसलाई पठाउने भन्ने पनि पोलिटब्यूरो बैठकले निर्णय गर्नेछ । यस्तै बैठकमा अर्थमन्त्री विष्णु पौडेलले शनिवार ब्यवस्थापिका संसदमा पेश गरेको आर्थिक वर्ष २०७३/७४ को आयब्यय विवरणबारेमा पनि समीक्षा गर्ने बताइएको छ । बजेटबारे सरकारको प्रतिवद्धताबारेमा पनि वैठकले ठोस धारणा बनाउने बैठकमा सहभागी एक नेताले बताए । कर्मचारी ट्रेड युनियनको बुधबार भएको निर्वाचनको बारेमा पनि बैठकमा समीक्षा गरिने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending