Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

स्याउलाको छाप्रो र ओलीको पानीजहाज

चिनियाँ आध्यात्मिक दार्शनिक कन्फ्युसियस भन्थे, ‘आफूले बोलेको कुरामा प्रायः मलाई पश्चाताप हुन्छ । तर, चुप लाग्नुमा कहिल्यै हुँदैन ।’ भनिन्छ, ‘बोली बन्दुकको गोलीजस्तै हो ।’ जसरी बन्दुकको गोली फर्केर आउँदैन, त्यसरी नै बोलिसकेको कुरालाई फेरि आफ्नो बशमा ल्याउन असम्भव हुन्छ । कन्फ्युसियसको भनाइको अन्तर्वस्तुले भन्छ, ‘हतार वा आवेगमा गलत बोलेर पछुताउनु भन्दा मौन बस्नु नै बुद्धिमानी हुन्छ ।’ एक दिन भूकम्पले भग्नावशेषमा फेरिएको बस्तीमा पुगेँ । भूकम्पले सिङ्गो बस्ती खण्डहरमा परिणत भएको थियो । मानिसहरु कटुसको स्याउलाको छाप्रोमा रात काट्दै थिए । जब आकाश गर्जन्थ्यो, मनमा पीडाको रेल कुद्थ्यो, भयको ढ्याङ्ग्रो ठोक्थ्यो, तन आकूलब्याकूल हुन्थ्यो । पानी परेपछि छाप्रोभित्र स्याखु ओढेर पानी तर्काउँथे । उनीहरु नेता चिन्दथे । तर, सरकार चिन्दैनथे । दोषी भाग्यलाई सरापेर दिन बिताउनु उनीहरुको दैनिकी हुन्थ्यो । खण्डहर बस्ती विवशतापूर्वक नियालेर फर्कंदै थिएँ । हाम्रा प्रधानमन्त्री भाषण गर्दै थिए । स्वप्नद्रष्टा प्रधानमन्त्रीको मुखारबिन्दुबाट सपनाको वर्षा भयो, ‘अब नेपालले आफ्नै पानीजहाज किन्छ । प्रशान्त र हिन्द महासागरमा नेपाली झण्डा फहराउँदै तीन दिनमा नेपाल सामान भित्राउँछौं ।’ बजेटपछि सत्ताको चाबी प्रचण्डलाई सुम्पने लिखितम् गरेका म्यादी प्रधानमन्त्रीको उल्का वर्षाले जगतै चकित् भयो । [caption id=\"attachment_22167\" align=\"alignleft\" width=\"150\"]\"मनहरि मनहरि तिमिल्सिना[/caption] स्याउलाको छाप्रोभित्र टिभी पक्कै थिएन । तर, पीडितले रेडियोबाटै ओलीबाणी पक्कै सुने । स्याउलाको छाप्रोबाट क्षतविक्षत हृदयले पानीजहाजको कल्पना कसरी गर्दा हुन् ? म आफैं बिलखबन्दमा परें । त्यही बेला हाँस्य टेलिश्रृङ्खलाको एउटा किस्सा याद आयो, ‘खान लाउन पो दुःख छ, पैसाको त छैन नि । पैसा त आज नभएर भोलि हुन्छ ।’ ओलीको पानीजहाजको किस्साले यसलाई माथ गथ्र्यो । मनमनै सोचें, ‘ओली बाल्यकालदेखि नै अभिनयमा लागेको भए कम्ति ख्याती कमाउँदा हुन् ?’
कतिले भन्छन्, ‘धुर्मुस् तिमी नेता नभएर किन अभिनेता भयौं ?’ यता, ओली छ महिनादेखि पुरैका पुरै अभिनेताको भूमिकामा छन् ।
अनलाइन हेर्छु, पत्रिका पढ्छु । सबैतिर देख्छु, ‘हाँस्य कलाकार धुर्मुस–सुन्तलीको जोडी भूकम्प प्रभावित बस्तीमा ढुङ्गा बोक्दैछन् ।’ उनीहरुको पक्षमा सामाजिक सञ्जाल रङ्गिन्छ । कतिले भन्छन्, ‘धुर्मुस् तिमी नेता नभएर किन अभिनेता भयौं ?’ यता, ओली छ महिनादेखि पुरैका पुरै अभिनेताको भूमिकामा छन् । दर्शक भन्छन्, ‘यिनको कार्यक्रम छुटाउनै हुन्न । कम्तिमा दिनभरी हाँस्न पाए आयु त बढ्छ ।’ अनि, ओली टुक्काका पारखीहरुको पुकार पनि उस्तै छ, ‘ओली कमरेड, तिमी अभिनेता हुनुपर्नेमा किन नेता भयौं ?’ यहाँ नेता हुनुपर्ने अभिनेता भयो, अभिनेता हुनुपर्ने नेता भयो ? दोष कसलाई दिनु ? जनता रनभूल्लमा छन् । पानीजहाज किन्ने ओली वाणीपूर्व दर्जनौं महावाणी बजारमा आए । नाकाबन्दीले नागरिक आक्रान्त थिए । २/४ माइल लामो तेलको लाइन हेर्दा आँखा पाट्टिन्थे । खडेरीमा पानी बनेर ओलीवाणी बर्सियो, ‘अब नेपालमै तेल निकालिन्छ । नाकाबन्दीको चिन्ता नगरौं ।’ देश अट्टाहास हाँस्यो । जबजका अनुयायीहरु रातभर जाग्राम बसे । साङ्लाले बिस्टाएको दराज खोले । ओली वाणीको सत्य खोज्न रातभर घुँडा धसे । प्रतिरक्षाको छेस्को उठाउने प्रयत्न गरे । तर, नागरिक हुरी निकै शक्तिशाली थियो, सुदुर क्षितिजमा मसिनो क्रन्दनबाहेक अरु हात लागेन । बजारमा ग्यासको हाहाकार मच्चियो । कालोबजारीले डाँडो काट्यो । चाँबी हातमा लिएका मन्त्रीहरु पनि लुखुरे देखिए । सरकारी अधिकारी नेपालकै होलान् त ? भन्नेसम्मको लख काटियो । आयल निगम शङ्काको घेरामा बाँधियो । तब, ओली वाणिले नयाँ चमत्कार देखायो । उनले थपे, ‘चुल्हो–चुल्होमा ग्यासको पाइप फिट गर्दिन्छु ।’ जनता लाइनमा थिए । १५ रुपैयाँको दाउराका लागि आशा बोकेर धाउँथे, सन्ताप बोकेर फर्कन्थे । तर, ओली यतिमै रोकिएनन् । धक फुकाएर टुक्का थपे, ‘चिन्ता नगर्नुस्, सरकार हावाबाट बिजुली निकाल्दै छ ।’ ओली वाणी पूर्णतः असम्भव थिएन । तर, भोकले मर्नै लागेको मानिसलाई स्वर्गको खिरको कथा सुनाएझैं थियो । अनि, देशभर एकपटक फेरी हाँसोको फोहरा छुट्यो ।
हावाबाट बिजुली निकाल्नेबाट आरम्भ भएको ओलीको ‘किस्से रेल’ लुम्बिनीमा अन्तर्राष्ट्रिय सभा हलसम्म आएर रोकिएको छ । तर, यहीँ रोकिनेवाला छैन । अझ बेगले दौडनेछ, जतिञ्जेल उनी सिंहासनबाट धरातलतिर फर्कने छैनन् ।
हावाबाट बिजुली निकाल्नेबाट आरम्भ भएको ओलीको ‘किस्से रेल’ लुम्बिनीमा अन्तर्राष्ट्रिय सभा हलसम्म आएर रोकिएको छ । तर, यहीँ रोकिनेवाला छैन । अझ बेगले दौडनेछ, जतिञ्जेल उनी सिंहासनबाट धरातलतिर फर्कने छैनन् । ‘वी.आर.वीथ.यू.’ को ब्रोइलर ट्रेण्ड चलेसम्म उनको सपनाको रेल दौडिरहनेछ । अर्को निर्वाचनमा एमालेले भोट माग्नै नपर्ने परिस्थिति नबनाएसम्म उनले आफूलाई रोकिन आवश्यक ठान्ने छैनन् । ओलीका किस्सा पछिल्तिर शक्तिशाली पम्प छ । जब, त्यसले दम दिन्छ, ओलीको ‘टुक्के भकुण्डो’ बुरुक्क उफ्रन्छ । उनका अनुयायी पनि निम्छरा छैनन्, ओली वाणीको बचाउमा अहोरात्र खटेकै छन् । उनीहरुका आफ्नै दावी छन्, तर्क छन्, जसले ओली वाणीमा ऊर्जा मिल्छ । उनीहरु भन्छन्, ‘ओली राम्रो सपना देख्छन्, सपना नै नदेख्ने पनि नेता हुन्छ ?’ एक मन भन्छ, ‘कति दमदार तर्क ?’ अझ देवकोटाको ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ सुनेपछि त ओली वाणी ‘देववाणी’झैं लाग्छ । तर, यतिमै मन मान्दैन, अब्दुल कलाम सम्झन्छ । कलाम भन्छन्, ‘सपना त्यो होइन, जुन निदाउँदा देखिन्छ । यथार्थमा सपना त्यो हो, जसले निदाउनै दिँदैन ।’ मन आफैंलाई सोध्छ, ‘ओली सपना देखेर निदाएका छन् कि सपनाका कारण निदाउनै सकेका छैनन् ?’ जब स्याउलाको छाप्रो रुन्छ, कोशौं लामो लाइन देखिन्छ । तस्करहरु मालिक हुन्छन् । अनि, साझा निष्कर्ष आउँछ, ‘हाम्रा अभिनेता प्रधानमन्त्री मस्त निद्रामै छन् ।’ ओली समर्थक मङ्गोलियाको उदाहरण दिन्छन् । भन्छन्, ‘मङ्गोलिया भूपरिबेष्ठित भएरै २६० पानीजहाज चलाएको छ । के नेपालले सक्दैन ?’ प्रश्न फलामभन्दा बढ्ता घनत्वको छ । विज्ञान भन्छ, ‘किन नसक्नु, गज्जबले सक्छ ।’ तर, बर्तमान र व्यवहारले भन्छ, भूपरिबेष्ठित बाहेक अरु कुरामा नेपाल र मङ्गोलियाको तुलना होला ?’ भूकम्पपीडितको ब्यथा, कुम्भकर्ण सरकार, औसत आय र राजनीतिक अस्थिरताले भन्छ, ‘प्रधानमन्त्री र उनका अनुयायी धरातलमा छैनन् ।’ ओलीका समर्थकहरु प्रचण्डले स्वीजरल्याण्ड बनाउने सपना बाँडेकोलाई सिरानी हाल्छन् । तर, यो यथार्थ भूल्दछन् कि ‘त्यो एक रणनीतिक सोंच थियो, ओलीको जस्तै रातारात गर्ने किस्सा र ठट्टा थिएन ।’
दिल्लीले उनकै कार्यकालमा नाकाबन्दीको गुलेली हान्यो । त्यसको मार खेपे । राष्ट्रियता कौडीमा बेचिनबाट जोगाउन मियोकै काम गरे । मधेश आन्दोलनको हुण्डरी चलाइयो । अन्ध–राष्ट्रवादको वकालत गरेरै भए पनि स्वाभिमानको पक्षमा उभिए ।
यतिबिघ्न खानतलासीपछि एउटा प्रश्न पक्कै उठ्छ, ‘अभिनेता भएर मात्रै ओली ८ महिना टिके होलान् ?’ प्रष्ट भन्न सकिन्छ, ‘त्यसै पक्कै टिकेनन् ।’ उनका केही गुण अवश्य छन् । दिल्लीले उनकै कार्यकालमा नाकाबन्दीको गुलेली हान्यो । त्यसको मार खेपे । राष्ट्रियता कौडीमा बेचिनबाट जोगाउन मियोकै काम गरे । मधेश आन्दोलनको हुण्डरी चलाइयो । अन्ध–राष्ट्रवादको वकालत गरेरै भए पनि स्वाभिमानको पक्षमा उभिए । नागरिक अभिमतको सम्मान गरे । स्वाभिमानको शिरमा चिसो पानी खन्याएनन् । दवाव र अभावसामू काँपेनन् । प्रचण्डकै सारथि भएर उभिए, स्वाभिमानको झण्डा जोगाए । यसको अवमूल्यन गर्नै मिल्दैन । तर, यसकै प्रकाशमा ‘ओली वाणी’लाई मोक्ष मिल्दैन । \"oli-express\" म्यादी सरकारको आयु १/२ महिनाभन्दा बढ्ता छैन । अहिले उनी बोलीमा छन्, बजेटमा टुक्का झुल्कन बाँकी नै छ । यसमा सकभर उनी चुक्ने छैनन् । बजेटमा यस्ता महत्वकांक्षा ओकल्ने छन्, त्यसले वाहीवाही बटुल्न सकोस् । किनकि, बजेट कार्यान्वयन उनको दायित्व होइन । खाली कागजमा सत्ता साझेदारीको राजीनामा गरेका उनलाई भाषण गर्ने औजार चाहिएको छ । उनलाई भोट तान्नु छ, चुनाव जित्नु छ । बजेटको सम्भाव्यता र सन्तुलन आफ्नो थाप्लोको भारी ठान्दैनन् । तसर्थ, उनले सामाजिक सुरक्षा भत्ता बढाउनेछन्, एमाले नेताको नाममा स्कूल, बाटो, प्रतिष्ठान खोल्नेछन्, बजेट छुट्टाउनेछन् । खर्चको सामथ्र्य बामपुड्के भए पनि बजेटको आकार बढाउनेछन् । कार्यकर्ताको भरणपोषण गर्नेछन् । उखान–टुक्काको शब्दसागरमा ‘लुटको धन, फूपुको श्राद्ध’ झल्किनेछ । उनलाई धरातलमा टेकेपछि भन्नुछ, ‘एमालेको लोकप्रिय कार्यक्रमको डरले सरकार ढालियो, काम गर्न दिएनन् ।’ ओलीवाणी ओबामाको जिब्रोबाट सुन्दा सत्य लाग्थ्यो । कुरा त्यही हो । तर, ओली बोल्दा जगत हाँस्छ । हामी अमेरिका, चीन, बेलायतमा छैनौं, नेपालमा छौं । २४ प्रतिशत जनता अहिले पनि निरपेक्ष गरीबीको रेखामूनि छन् । राज्यका मेसिनरी आफ्नै दिमागले चल्दैनन्, चल्ने रिमोट अन्तै छ । देशका प्रमूख शहरका सडकहरुमा ‘हिले दौड प्रतियोगिता’ हुन्छ । राजनीतिक अस्थिरताले एउटा सरकारको बजेट अर्कोको कार्यान्वयनमा पुग्छ । देशका मेरुदण्ड अरबमा पसिनासँग जीवन साट्दैछन् । यस्तो देशमा ‘टुक्का’ले नागरिकको छाती पोल्छ, जगत लाजले भुतुक्कै हुन्छ । ‘ओली सपनाको बेलुन’ कहाँ पुगेर प्वाट्ट फुट्छ ? ठेगान छैन । तर, उनी जीतको उन्मादमा छन् । उनी भन्छन्, ‘एमाले कार्यकर्ताको शिर ठाडो हुने गरी काम गर्दैछु ।’ ठान्दैछन्, ‘मेरा टुक्काले देशै एमालेमय हुँदैछ ।’ उनका दृष्टिमा आलोचक दुराग्रही छन् । उनीको विरोधले माखो मर्दैन । तर, यथार्थले सपना चिन्दैन, धरातल चिन्दछ । ओली पहिला प्रधानमन्त्री हुन्, अनि मात्र एमाले नेता । सबैभन्दा पहिले उनको तौल देशको तराजुमा जोखिन्छ । त्यसपछि मात्रै एमालेको तराजुमा जोख्ने अनुमति मिल्छ । उनको गरिमा देशको प्रतिष्ठासँग गाँसिन्छ र गाँसिनुपर्छ । यो रेल र पानीजहाजको कुरा गर्ने बेलै होइन । बरु, स्याउलाको छाप्रो हटाएर जस्ताको छाना हाल्ने बेला हो । झुपडीका दर्दलाई शब्दले नभएर कर्मले सम्बोधन गर्ने बेला हो । पूनर्निर्माणको प्रभावकारी कदम चाल्ने बेला हो । तसर्थ, प्रधानमन्त्रीले पानीजहाजको टुक्का छोडेर स्याउलाको छाप्रोतिर चक्षु लगाउन्, अभिनेताबाट राजनेतामा फड्को हान्ने हिम्मत गरुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending