Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

बुद्ध जयन्तीको अवशरमा १० बुँदे काठमाडौं– लुम्बिनी घोषणा पत्र जारी

\"\"लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भगवान् गौतमबुद्धको जन्मभूमि मात्र नभएर बुद्धर्दशनको मुहान भएको बताएकी छन् । दुई हजार पाँच सय ६०औँ बुद्धजयन्तीका अवसरमा आज लुम्बिनीमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शान्तिका अग्रदूत गौतमबुद्धको भूमिमा आफू आउन पाउँदा गौरवान्वित महसुस भएको भन्दै बुद्ध भूमिका कला र ऐतिहासिक तत्वका संरक्षणमा सरकार र अन्य निकायलाई ध्यान दिन आग्रह गरिन । उनले बृहत लुम्बिनी गुरुयोजनालाई जतिसक्दो छिटो कार्यान्वयन गरी बुद्धसँग सम्बन्धित ऐतिहासिक संरचनाको संरक्षण गर्नुपर्नेमा जोड दिइन । राष्ट्रपति भण्डारीले विश्वका बौद्ध धर्म मान्नेका लागि पावन भूमि लुम्बिनीमा एकपटक आउनैपर्ने बनाई लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याइन । उनले शान्तिको महानायक सिद्धार्थ गौतमको उपदेश २५६० औँ वर्ष पहिलो जतिकै अहिलेको आक्रान्त विश्वका लागि उतिकै सान्र्दभिक रहेको र मायादेवी मन्दिर, तिलौराकोट, रामग्राम, देवदहलगायत सबै स्थान ऐतिहासिक महत्वको भएको हुँदा दीर्घकालीन रुपमा यसको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याइन । राष्ट्रपति भण्डारीले बुद्ध जयन्तीका अवसरमा उनले दिएका उपदेश मन, वचन र कर्मले पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामनासमेत व्यक्त गरिन। प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सद्भाव र बुद्ध दर्शनको स्रोतको रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनीलाई संसारभरिका बौद्ध धर्मावलम्बीको पवित्रस्थलका रुपमा विकास गर्ने बताउनुभयो । लुम्बिनी शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल मात्र नभएर बुद्ध दर्शनको मुहानका रुपमा रहेकाले यसलाई सरकारले प्राथमिकता दिएर खास पवित्रस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । सरकारको सम्पूर्ण ध्यान लुम्बिनीको विकासमा लागेको भन्दै उनले विश्वलाई एउटै सुत्रमा बाध्न सकिने ‘ग्लोबल बुद्धिष्ट फोरम’ बनाउने प्रस्ताव अन्तर्राष्ट्रिय बुद्ध गोष्ठीले पारित गरेकामा खुसी व्यक्त गर्दै एकताबद्ध भएर सो क्षेत्रको विकास गर्नु पर्ने आवश्यकता भएको बताए । प्रधानमन्त्रीले जुनसुकै वातावरणमा पनि बुद्ध जयन्ती वा अन्य अवसरमा कार्यक्रम सञ्चालन गर्न पाँच हजार मानिस बस्न सक्ने भवन एक वर्षभित्र निर्माण गर्ने बताए। समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भगवान् गौतमबुद्ध लुम्बिनीमा जन्मिनुका साथै बुद्धत्व प्राप्त गरेको चर्चा गर्दै उनले विश्व माझ बुद्धको ज्ञान फैलाउन महत्वपूर्ण कार्य गरेको बताए । उनले लुम्बिनी गुरुयोजना पूरा गर्न विशेष प्राथमिकताका साथ सरकारले काम गर्नुपर्ने उल्लेख गरे । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल,भारत र चीनबीचको त्रिपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन बुद्ध दर्शनले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले २५६० वर्ष पहिले बुद्ध दर्शनको जति महत्व थियो त्यो महत्व र औचित्य अहिले झनै बढ्दै गएको उल्लेख गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल एवम् बुद्धत्व प्राप्त गरेको विश्व शान्ति मुहान भएकाप्रति विश्वमा ४० बढी देशका बौद्धमार्गीले ऐक्यबद्धता जनाएकामा खुसी व्यक्त गरे । उनले लुम्बिनीसहित भगवान् गौतम बुद्धसँग सम्बन्धित क्षेत्र कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह तथा नवलपरासीको रामग्राम क्षेत्रलाई एक साथ विकास गरिने प्रतिबद्धतासमेत जनाए । थाइल्याण्डका पर्यटनमन्त्री वाटटनभरन्गु एल कोब्कर्नले लुम्बिनीलाई विश्व शान्ति केन्द्रका रुपमा विकास गर्न थाई सरकार सधैँ तप्पर रहेको बताए । सो अवसरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा, बेलायतका प्रधानमन्त्री डेभिट क्यामरोन, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, संयुक्त राष्ट्र सङ्घका महासचिव वान–कि मुनले पठाएको भएको शुभकामना सन्देश वाचन गरिएको थियो । दुई दिनसम्म काठमाडौँमा भएको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीले निकालेको निष्कर्षसहितको १० बँुदे काठमाडौँ–लुम्बिनी घोषणापत्र संस्कृतिमन्त्री पोखरेलले आज लुम्बिनीमा आयोजित कार्यक्रममा सार्वजनिक गरे । १० बँुदे उक्त घोषणापत्रमा ‘ग्लोबल बुद्धिष्ट फोरम’ गठन गर्नेलगायत छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending