Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

हतियार व्यापार सन्धि अनुमोदन गर्न माग

काठमाडौँ । मुलुक र समाजलाई आपराधिक गतिविधिबाट मुक्त तुल्याउन हतियार उत्पादन, बिक्री वितरण र प्रयोगमा नियमन गर्नुपर्नेमा जोड दिइएको छ ।

[caption id=\"attachment_74628\" align=\"alignleft\" width=\"500\"]\"hatiyar\" फाइल फाेटाे[/caption]

पच्चिस सय ६० औँ बुद्धजयन्तीको अवसर पारेर आज काठमाडौमा आयोजना गरिएको हतियार व्यापार सन्धिसम्बन्धी राष्ट्रिय संवादका वक्ताले शान्ति, समृद्धि र समतामूलक समाज निर्माणका लागि हतियार व्यापारसम्बन्धी सन्धि अनुमोदन गरिनुपर्ने धारणा राखे ।

हातहतियार र लागुऔषधको ओसारपोसार तथा मानव बेचबिखन ठूला सञ्जाल भएका अपराध हुन् भन्दै उनीहरुले हतियारको खरिद बिक्रीबाट शान्तिसुरक्षा र कानुनी राज्यमा असर पुग्न सक्नेतर्फ समग्र समाज सचेत रहनुपर्ने बताए ।

नेपालमा वार्षिक रुपमा ३५० को हाराहारीमा साना हतियारसँग जोडिएका घटना हुने गरेको तथ्याङ्क रहेको जनाइएको छ । नेपालका आरनमा बनेका हतियार चलाउनेहरु समातिने तथा थुनामा पर्ने गरे पनि इटाली र इजरायलमा बनेका हतियार पड्काउनेहरु भने समातिए पनि छुट्ने प्रवृत्ति नहटेसम्म शान्ति र समृद्धिलाई सधै चुनौती रहिरहने कार्यक्रमका सहभागीहरुकाे भनाइ थियाे ।

सो अवसरमा प्रा डा सूर्यलाल अमात्यले ठूलो सङ्ख्यामा हतियार उत्पादन गर्ने र त्यतिकै परिमाणमा हतियार खपत गर्ने मुलुकका बीचमा रहेको नेपाल त्यस्ता गतिविधिबाट अलग रही शान्ति प्रवद्र्धनको पक्षमा उभिनुपर्छ भने ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नेपालले हतियार उत्पादन गर्नेसँग काँध मिलाउने तथा अनुसरण गर्ने नभई शान्ति, समृद्धि र समतामूलक समाज निर्माणका लागि हतियार खरिद बिक्रीबाट अलग रहनुपर्ने विचार प्रकट गरे ।

व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहले मुलुकमा साना हतियारको व्यवस्थापन र नियमनमा सुधारको खाँचो औँल्याए ।

समाजशास्त्री एवम् सांसद गणेशमान गुरुङले समाजलाई त्रास, भय र आतङ्कबाट मुक्त तुल्याउन हतियारको नियमन गर्न आवश्यक रहेको भनाइ राखे ।

सांसद महेन्द्रबहादुर शाहीले मुलुकमा बेरोजगारी समस्याले पनि युवालाई अपराधमा संलग्न गराउने आधार तयार गरेको बताए ।

सांसद डा‍ डिम्पलकुमारी झाले नेपालमा हातहतियारको प्रयोग मनोमानी ढङ्गबाट भइरहेको धारणा राखिन् ।

सांसद वीरबहादुर बलायरले राजनीतिभित्र विलासिता खोज्ने प्रवृत्तिले पनि कानुनी राज्यको सिद्धान्तलाई चुनौती दिँदै आपराधिक घटनालाई मलजल गरिरहेको भनाइ प्रस्तुत गरे ।

प्रहरी नायब महानिरीक्षक विजयलाल कायस्थले सुरक्षा निकायको प्रभावकारी संयन्त्रको कारण लामो समयसम्म द्वन्द्वमा रहेको मुलुकमा साना हतियारको प्रयोगमा असरदार रुपमा नियन्त्रण गर्न सफल भएको टिप्पणी गरे । सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक वंशी दाहालले मुलुकमा भर्खरै राष्ट्रिय सुरक्षा नीति निर्माण भएको हुँदा राज्यले निर्देश गर्ने नीतिका आधारमा सङ्गठनले सुरक्षा अवधारणा अघि सार्ने धारणा व्यक्त गरे ।

नेपाली सेनाका पूर्वसहायक रथी डा प्रेमसिह बस्नेतले शान्ति सुरक्षाको विषयलाई दलगत रुपमा नहेर्न सबैलाई सुझाव दिए ।

आयोजक संस्था वर्ल्ड पिस डेमोक्रयाटिक नेपालका अध्यक्ष शोभा श्रेष्ठले शान्तिलाई खलल तुल्याउने र मानवको हत्यनमा साना हतियारको प्रयोग नहोस् भन्नाकन लागि हतियार व्यापार सन्धि अनुमोदन आवश्यक रहेकाे बताइन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending