Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

छक्क पर्छन् सुन्दा ... विरोध गर्न पाए पुग्यो : प्रधानमन्त्री ओली

\"KP-oli-talking-750\" काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नेपालले आफ्नै पानीजहाज सञ्चालन गर्ने बताएका छन् । केही वर्षभित्र नेपालले आफ्नै पानीजहाज महासागरहरूमा चलाएर देखाउने ओलीको दाबी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठक मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अरू देशले पानीजहाज खरिद गरेर सञ्चालन गर्न सक्छन् भने नेपालले किन सक्दैन ?’ उनले सामान ढुवानी गर्न नयाँ नाका खोलिने बताउँदै केही समयपछि सरकारले बन्दरगाह आफैँ लिएर सञ्चालन गर्ने बताए । ‘पानीजहाज प्रयोग हुने बन्दरगाह प्रयोग गर्ने मात्र होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपालले आफ्नो पानीजहाज प्रशान्त र हिन्द महासागरमा चलाउनुहुँदैन भन्ने केही छैन । आफ्नै पानीजहाजमा हामी सामान ल्याउँछौँ, आफ्नै रेलमा सामान तीन दिनमा काठमाडौं आइपुग्छ ।’ अहिले मैले धेरै कुरा नभनेको मान्छेहरू आत्तिन्छन् । अलिकति बाटो खन्छु भन्दा आत्तिन्छन् यहाँ । रेल कुदाउँछु भन्यो भने आत्तिन्छन् यहाँ । अब कलकत्तामा मात्रै होइन, बिसाखा पटनामा पनि बन्दरगाह किन होला ? यो मान्छेहरूले अलि पछि थाहा पाउँछन् । अहिले त गाडीहरू वीरगन्ज नाकामा मात्रै आइपुग्छन् । अब नयाँ नाकाहरू पनि चालू हुन्छन् । काठमाडौंका लागि आएको रेल सिगात्सेमा आएर रोकिएको छ, अब बाटो बनाएर छिर्ने काम भइरहेको छ । अलिकति नजिकै पर्ने हेनानतिर, बन्दरगाह हामीले प्राप्त गर्ने र त्यो बन्दरगाह हामीले चलाउने कुरा गरेका छौँ । पानीजहाजबाट सामान ल्याएको बन्दरगाह मात्रै प्रयोग गर्ने होइन, नेपालले पानीजहाज किन्न हुँदैन, समुद्रमा, प्रशान्त र हिन्द महासागरमा चलाउनुहुँदैन भन्ने केही छैन । हामी आफ्नो पानीजहाज किन्छौँ, आफ्नो पानीजहाज चलाउँछौँ, आफ्नो पानीजहाजबाट सामान ल्याउँछौँ । अनि, आफ्नो रेलबाट त्यहाँबाट तीन दिनमा सामान आइपुग्छ काठमाडौं । छक्क पर्छन् सुन्दा । यो भन्दा टाढा–टाढा रेल कुदेका छन् कि छैनन् दुनियाँमा ? त्यो थाहा हुँदैन, विरोध गर्न पाए पुग्यो । अलिकति समय पर्खिनुस्, हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज पनि चल्छन् । अरू देशले आफ्नो झन्डा गाड्लान र नगाड्लान हामी गाड्छौँ । पानी भएपछि पानीजहाज चलाउन हुने के छ ? अब यो नेपालमा सोच्ने, विचार गर्नेभन्दा अगाडिको भाग हेर्ने चलन मात्रै भएको ठाउाँमा अलिकति नयाँ कुरा गर्‍यो भने अनौठो हुन्छ, त्यसैले मैले अहिले ती कुराहरू भनिहाल्या छैन । यो मनको कुरा मात्रै तपाईंहरूलाई सुनाइदिएको ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending