Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सोनाक्षीलाई सेनाको सलाम नेपाली कलाकारलाई पचेन

\"Capture\"   काठमाडौं । भूकम्पपीडितको सहयोगार्थ सैनिक श्रीमति संघले काठमाडौंको टुँडिखेलमा दुई भारतीय अभिनेत्रीलाई उभ्यायो । सैनिक श्रीमति संघको आयोजनामा भएको कार्यक्रममा सेनाको सहयोग नहुने कुरै भएन । शनिबार टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा उपस्थित हुन भारतीय अभिनेत्री सोनाक्षी सिन्हा र मलाइका अरोरा काठमाडौं आएका थिए । सैनिक परिवारको कार्यक्रमको मञ्चमा कम्मर हल्लाउन आएकी दुई अभिनेत्रीले शनिवार मध्यरातीसम्म टुँडिखेल तताए । बलिउड नायिकाद्वयको डान्स नेपाली सेनाका अफिसरहरुले धित मरुन्जेल हेरे । अन्य सर्बसाधारणले पनि उनीहरुलाई साथ दिए । भारतीय कलाकारको नाच हेर्न पाँच सय रुपैयादेखि ५ हजार रुपैया तय गरिएको थियो । सित्तैमा अरुले हेर्न नपाउन् भनेर टुँडिखेलको चारैदिवारमा जस्तापाताले बेरेर छेकिएको थियो । कार्यक्रम भाग लिन बलिउड अभिनेत्री शुक्रबार नै काठमाडौं आएका थिए । रोचक कुरा त यो छ कि घुँडामा च्यातिएको पाइन्ट लगाएर नेपाल आएकी सोनाक्षीलाई स्वागत गर्न नेपाली सेनाका जर्नेल नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । भूकम्पपीडितको सहयोग नेपाली कलाकारहरुले पनि नगरेका होइनन् । नेपाली कलाकारहरु भूकम्प गएलगत्तै राहत र उद्धारमा खटिएका थिए । पीडितको अझै पनि ब्यवस्थापन नभएको भन्दै धुर्मुस–सुन्तली जस्ता कलाकारहरु अहिले पनि सिन्धुपाल्चोक गिरानचौरमा अहिले पनि ढुंगा बोकिरहेका छन् । त्यसैेले होला, भारतीय कलाकारहरुलाई नेपाली सेनाले सलाम ठोक्दै टुँडिखेलमा उभ्याएको नेपाली कलाकारहरुले भने पचाउन सकेका छैनन् । महानायक राजेश हमालले देशकै गौरव मानिने नेपाली सेनाले एउटा भारतीय नायिकालाई यति ठूलो सम्मान दिएको भन्दै हिनताबोध गरे । उनले आफ्नो फेसबुक स्टाटसमै नेपाली सेनाले गरेको त्यो सम्मानले आफ्नो गौरव चकनाचुर भएको लेखे । राजेश हमालजस्तै धेरै कलाकारहरु नेपाली सेनाको यस्तो कार्यको निन्दा गरेका छन् । तर अरु अलाकारले भने औपचारिक रुपमा मुख खोलेका छैनन् । पीडितको सहयोगार्थ गरिएको कार्यक्रमबाट कति सहयोग जुट्यो त्यो सार्वजनिक भइसकेको छैन तर पनि पीडितको सहयोगार्थ कार्यक्रम गरिएकोमा सैनिक श्रीमति संघलाई धन्यवाद दिनैपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending