Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

अन्ततः यसरी मिल्ने भए विभाजित माओवादीहरु

\"14052016085905Maoist-1000x0-750\" काठमाडौं । विभिन्न समयमा विभाजित माओवादीका चार समूहबीच जेठ पहिलो साताभित्र एकता हुने भएको छ । सबभन्दा ठूलो समूह एमाओवादीसँग रामबहादुर थापा नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मातृका यादवको नेकपा माओवादी, मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच एकता हुने लागेको हो । आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपाने लेख्छन् – नेत्रविक्रम चन्दको नेकपा माओवादीका केही केन्न्दीय नेताहरु, जयपुरी घर्ती र कुमार दाहालको समूह पनि एकीकरणमा समावेश भएको छ । पार्टी एकताकै विषयमा सहमति नजुटेपछि मोहन बैद्य नेतृत्वमा रहेको नेकपा क्रान्तिकारी माओवादी शनिबारदेखि औपचारिक रुपमा विभाजित भएको छ । अध्यक्ष वैद्य र पार्टीका महासचिव थापाबीच पार्टी एकताका बिषयमा शैद्धान्तिक मतान्तर देखिएपछि पार्टी विभाजित भएको हो । थापा पार्टी एकताका पक्षमा र बैद्य विपक्षमा रहदै आएका थिए । पार्टी एकता गर्ने बारम्बारको प्रयास सफल नभएपछि शनीबार थापाले आफ्नै अध्यक्षतामा शनीबार केन्द्रीय कार्यसमितिको बैठक राखेका थिए । सोही बैठकले बैद्यलाई पार्टी अध्यक्षबाट हटाएर थापाको नेतृत्वमा पार्टी पुर्नगठनको घोषणा गरेको थियो । बैठकले पार्टी एकता गर्ने निर्णय लिदै यसअघि तय भएको पार्टी एकताको १३ बुँदे बैचारिक आधारलाई अनुमोदन समेत गरेको छ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एकिकरणको प्रकृया अन्तिम चरणमा पुगेको बताए । ‘पार्टीको नाम, केन्द्रीय कमिटिको आकार, तह, जिम्मेवारी र महाधिवेशन आयोजक समिति बनाउनेलगायत बिषयमा हामी एकरदुई दीनभित्रै सहमतिमा पुग्छौ’ श्रेष्ठले कान्तिपुरसँग भने,‘जेठको पहिलो साताभित्रै अर्थात जेठ ५ भित्रै एकता गर्ने तयारीमा हामी जुटेका छौ ।’ शनिबार एमाओवादीसहित चार माओवादी पार्टीकै केन्द्रीय कार्यसमितिले एकताको पक्षमा निर्णय लिदै एकताको १२ बूँदे बैचारिक आधार समेत अनुमोदन गरेको छ । पार्टीको नाम एकिकृत नेकपा माओवादी, युद्धकालकै नेकपा ९माओवादी० या कम्यूनिष्ट पार्टी मात्रै राख्ने भन्ने बिषयमा शीर्ष तहमा छलफल जारी छ । छलफलका क्रममा नेकपा ९माओवादी० संयोजक मातृका यादवले पुरानै नाम राख्न दबाव दिदै आएका छन् । टुंगाउन बाँकी बिषयहरुमा सहमति जुटे जेठ ५ गते सयुक्त बैठक आयोजना गरेर पार्टी एकताको घोषणा गरिने तयारी छ । पार्टी एकिकरणपछि एकताको महाधिवेशन गर्ने र ४९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने बिषयमा मोटामोटी सहमति भएको एमाओवादीका एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार समितिमा एमाओवादीका तीन सय, बादल नेतृत्वमा रहेका क्रान्तिकारी माओवादीका १६१, मातृका, मणि थापा र विप्लव समूहका समेत गरी ३८ सदस्य राख्ने तयारी भईरहेको छ । त्यस्तै एकतापछि बन्ने पोलिटव्यूरोमा ७५ जना राख्ने तयारी छ । ती मध्ये एमाओवादीका ३७ जना र थापाका १७ जना रहने छन । बाँकी मातृका यादव, मणि थापा, जयपुरी घर्तीलगायतलाई समेटिने तयारी छ । एमाओवादी उपाध्यक्ष श्रेष्ठले भने केन्द्रीय पार्टीका संगठानात्मक संरचानाको तह, संख्यालगायतका बिषयमा सहमति भईनसकेको बताए । एकताका लागि तयार पारिएको बैचारिक आधारपत्रमा नेपालको नयाँ संविधानले गणतन्त्र, संघीयता, धर्म्निरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनका क्रममा माओवादी पार्टीले अघि सारेका राजनीतिक मुद्दाहरूलाई संस्थागत गरेको उल्लेख छ । ‘यो संविधानले प्रतिक्रियावादी संसदीय व्यवस्थालाई नै निरन्तरता दिई राज्यसत्तामा दलाल, नोकरशाही, पुँजीपति र सामान्ती वर्गकै हित सुरक्षित गरेको छ’ एकताका लागि तयार पारिएको आधार पत्रमा भनिएको छ,‘संविधानमा व्यवस्था गरिएको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता एवं समानुपातिक समावेशी प्रतिनिधित्व एवं जनताका मौलिक अधिकारसँग सम्बन्धित सकारात्मक पक्षको स्वामित्व लिने, तिनको रक्षा र उपयोगमा जोड दिनुका साथै यसको प्रतिक्रियावादी संसदीय चरित्रका विरुद्ध संघर्षको नीति लिनुपर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending