Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

चीनको रेलमा लेखियो, लान्चोउदेखि–सिगात्सेहुँदै–काठमाडौंसम्म

\"Rel-2-430x336-750\"काठमाडौं । चीनको उत्तरपश्चिम प्रान्त कान्सुको राजधानी लान्चोउबाट प्रस्थान गरेको रेलमा अगाडि रातो व्यानरमा लेखिएको छ – दक्षिण एसियाली अन्तर्राष्ट्रिय रेल यातायात, लान्चोउ–सिगात्से– काठमाडौं । आजको नयाँ पत्रिका दैनिकमा प्रमिला देवकोटा बेइजिङबाट लेख्छिन्– गन्तव्य लान्चोउदेखि काटठमाडौंसम्म भनिए पनि रेल सिगात्सेसम्म मात्र पुग्ने हो । तर, त्यसले बोकेको कन्टेनर काठमाडौं आइपुग्नेछन् । तर, पनि कान्सको इकोनोमिक डेली मात्र होइन। चीनको प्रसिद्ध राष्ट्रिय दैनिक पिपुल्स डेलीको अनलाईन संस्करणमा पनि भनिएको छ–चीनदेखि काठमाडौंसम्म पहिलो रेल यातायातका सुरुवात । यो समाचारलाई काठमाडौंका मिडियाले उत्साहपूर्वक र दिल्लीका मिडियाले सर्तकतापूर्वक प्रकाशित गरेका छन् । बुधबार सुरु भएको यातायातको नयाँ सञ्चालले चीन र नेपालको व्यापारलाई धेरै सहज बनाउने छ । समुन्द्री बाटोबाट महिनौं लगाउने सामान अब १० दिनको सेरोफेरोमै काठमाडौं पुग्नेछन् । यसरी अहिलेसम्म लाग्दै आएको ३५ दिनको बाटो जोगिने भएको हो । रेल प्रस्थान गर्नुअघि लान्चोउमा औपचारिक कार्यक्रम समेत गरिएको थियो । लान्चोउ अन्तर्राष्ट्रिय पोर्ट डिस्ट्रिक्टबाट प्रान्तीय कमिति तथा पार्टी सेक्रेटरी यू हैयानले रेल प्रस्थानको घोषणा गरेका थिए । नेपालबाट गएका व्यापारीहरुले ताली पिटेर उनलाई साथ दिएका थिए । कार्यक्रममा नेपालबाट काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी रुद्रसिंह तामाङ पनि उपस्थित थिए । चीनबाट नेपालका लागि पहिलो कार्गो रेल सुरु भएपनि नेपाली पक्ष भने पुरै बेखबर छ । बेइजिङ स्थित नेपाली दूतावासले समेत यो कार्यक्रमबारे आफूहरुलाई जानकारी नभएको बताएका छन् । यता काठमाडौं स्थित परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले पनि पछिल्लो विकासका विषयमा आफूहरुलाई जानकारी नभएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending