Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

यस्तो छ, माओवादी एकतालाई अन्तिम रुप दिने तयारी

\"prachanda_badal\" काठमाडौं । पार्टी एकता अभियानलाई अन्तिम रुप दिन प्रयासरत एमाओवादी, वैद्य माओवादीलगायत धारहरुले ‘एकताको १२ बुँदे आधारपत्र’ मा सहमति गरेका छन् । आजको कान्तिपुर दैनिकमा बसन्त बस्नेत लेख्छन् –एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा मंगलबार र बुधबार बसेको संयुक्त बैठकले उक्त आधारपत्र तयार पारेको हो । बैठकमा एमाओवादी अध्यक्ष दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन, वैद्य माओवादीका तर्फबाट एकता पक्षधर समूहको नेतृत्व गरिरहेका महासचिव रामबहादुर थापा, नेताहरु देव गुरुङ, हितमान शाक्य, कुलप्रसाद केसी सहभागी थिए । ‘दुवै पार्टीबीच माक्र्सवाद, लेनिनवाद र माओवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, संविधानका उपलब्धि संस्थागत गर्दै जनवादी क्रान्तिको दिशातर्फ अघि बढ्नेलगायत विषयमा समझदारी भएको छ,’ एमाओवादी सचिव वर्षमान पुनले भने, ‘यस आधारपत्रका आधारमा आ–आफ्ना केन्द्रीय समितिमा छलफल गर्छौं । अन्तिम निर्णय र एकता त्यसपछि हुन्छ ।’ एकीकृत माओवादीले वैद्य माओवादीसँग पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन केन्द्रीय समिति बैठक डाकेको छ । जेठ १ गतेदेखि बस्ने बैठकमा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसहित क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा र नेकपा ९माओवादी० का अध्यक्ष मातृका यादव सहित एकता हुने गरी बैठक बस्न लागेको हो । पार्टी एकता प्रक्रियामा वसन्त घर्ती नेतृत्वको माओवादी कम्युनिस्ट सेन्टर, हाल स्वतन्त्र रहेकी पूर्व माओवादी नेतृ जयपुरी घर्ती तथा नेत्रविक्रम चन्द नेतृत्वको माअ‍ोवादीमा गएका ५ केन्द्रीय सदस्य समेत सहभागी हुने उच्च स्रोतले दिएको छ । दाहालको लाजिम्पाटस्थित निवासमा बुधबार बिहान बसेको स्थायी समिति बैठकले एकता टुंगो लगाउने गरी बैठक डाकेको महासचिव कृष्णबहादुर महराले बताए । ‘पार्टी एकता अन्तिम रुप दिनका लागि केन्द्रीय समिति बैठक आयोजना गरिएको हो,’ उनले भने । वैद्य माओवादीले पनि जेठ २ गतेदेखि केन्द्रीय समिति बैठक आयोजना गर्दैछ । यसअघि दुई पटक स्थगित उक्त बैठकको एजेन्डा पनि पार्टी एकता नै हो, जसमा अध्यक्ष वैद्य तयार भइसकेका छैनन् । बाह्रबुदे आधारपत्र सार्वजनिक नगरिए पनि जनवादी क्रान्तिका लागि थाती रहेका कार्यभार पूरा गर्दै समाजवादी क्रान्तितफ अघि बढ्ने, संविधानसभाबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी९समानुपातिक प्रतिनिधित्व, समाजवादउन्मुख लोकतन्त्रलगायत सशस्त्र युद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्नेलगायत बुदा परेका छन् । संसदलाई उपयोग गर्ने नीतिसहित संसद, सडक र सत्ता तिनै ठाउमा बसी संघर्ष गर्ने दुई माओवादी निर्णय छ । ‘पार्टी एकताका लागि आधारहरु तयार भइसकेका छन्, अब त्यसलाई अन्तिम स्वरुप दिन बाकी छ,’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । बाह्रबुदे आधारपत्र तयार भएको बारे भने उनले खुलाउन मानेनन् । वैद्य माओवादीकी प्रवक्ता पम्फा भूसालले एकतापछि पार्टीको स्वरुप कस्तो हुने भन्नेमा समेत छलफल चलिरहेको बताइन् । सबै केन्द्रीय समिति जोडा ठूलो देखिन जाने भएकाले ‘महाधिवेशन आयोजक समिति’ का रुपमा केन्द्रीय समिति रहने सम्भावना रहेको उनको भनाई थियो । यसअघि महासचिव रामबहादुर थापाले नेतृत्व गर्ने एकता पक्षधर समूहको बैठक मंगलबार अपराह्न कुपन्डोलमा बसेको थियो । १ सय ९९ केन्द्रीय समिति सदस्यमध्ये १ सय ८ केन्द्रीय सदस्य बैठकमा उपस्थित भएका थिए । एमाओवादी अध्यक्ष दाहाल र महासचिव थापाबीच बुधबार छलफल भएपछि मंगलबार एक दिन चलेको थापा समूह बैठक बुधबार स्थगित गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending