Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

रमेश खनालको एकल कला प्रदर्शनी राजधानीमा सुरु

\"Ramesh काठमाडौं । कलाकार कला समीक्षक रमेश खनालको ३० औं एकल कला प्रदर्शनी अरुपण आर्ट ग्यालरीमा मंगलबारबाट सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले एक समारोहका बीच सो प्रदर्शनीको उद्घाटन गर्दै नेपाली कलामा खनालले बहुआयामिक रुपमा योगदान पु¥याएको बताइन् । उनले भनिन्, ‘कला लेखन, कलाकारिता, ग्यालरी सञ्चालन तथा कला गतिविधिमा क्रियाशिल रहेर खनालले पु¥याएको योगदानको नेपाली कला क्षेत्रले सदैव सम्झने छ ।’ सो कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले खनालका चित्रमा अमूर्त चिन्तन भएपनि भावपरक र नेपाली परिवेशसँग मेल खाने खालका चित्र रहेको बताए । उनले भने, ‘अमूर्त कलामा आफ्नो भावाव्यक्ति व्यक्त गर्दै खनालले रङलाई जादुगरी रुपमा खेलाएका छन् ।’ अन्तरहृदयको ब्रमाण्डलाई रङका माध्यमबाट भावाव्यक्ति गर्न सफल कुचिकारका रुपमा चिनिएका खनालका कलामा भेटिने रङ कुशलताभित्रको गहिराई हृदयस्पर्शी र मनोवेगलाई तीब्र पार्ने खालको छ । रङभित्रको संसारमा जीवनको सरलताको खोजीमा खनालका कला लयबद्ध लाग्छन । सङ्गीतको सुरलहरमा नाचेजस्तै मग्न मनको कलापूर्ण प्रस्तुतिमा चित्रले परख गराएको अनुभुति हुन्छ । \"Ramesh चित्रमा सरलता भित्रको गम्भीरता र गम्भीरता भित्रको मानवीय मूल्यबोधको खोजी नै प्रमुख विषयका रुपमा देखापरेको छ । रङ विधान र संयोजनमा देखिने अब्बलता उनका चित्रका विशेषता हुन् । समयपीडा र मानवीय जीवनमाथि भएका अमूर्त प्राकृतिक सर्तका घतलाग्दा पाटालाई रङ मनोवेगमार्फत चित्रण गरिएको छ । अर्थात भूकम्पपीडाको त्रासदीपूर्ण परिवेश झल्किने रङ छनौट र त्यसको प्रस्तुति निकै संयोजित लाग्छ । अघिल्ला अरुपण श्रृङ्खलामा कालो रङ अन्य रङको छायाँमा पथ्र्यो भने यसपटक यो रङको प्रधानता सबलताका साथ देखापरेको तर त्यसमा ओजपूर्ण शालिनता छ । आफ्ना चित्रका विषयमा खनाल भन्छन्, ‘समयावेग र भावावेगको संयूक्त संयोजनमा यी चित्र बनेका छन् । यिनमा मानवीय स्वतन्त्रता र उन्मुक्त समाजको परिकल्पना छ । समाज र मानवबीचको सन्तुलन मैले यी कलामार्फत व्यक्त गर्न खोजेको छु ।’ सो कार्यक्रममा ग्यालरीका कार्यकारी निर्देशक रिता खनालले नेपाली कला क्षेत्रको विकासमा ग्यालरीले काम गर्ने बताइन् । २० दिनसम्म रहने सो प्रदर्शनीमा अरुपण चिन्तनमा रचिएका ३० थान कला राखिएको छ र ७५०० देखि पच्चीस हजार मूल्यसम्म राखिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending