मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बताएकी छिन् ।
मन्त्रालय र माइती नेपालद्वारा विराटनगर आयोजित दुई दिने ‘नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन तथा शोषणका चुनौती’ विषयक गोष्ठीको बिहीबार साँझ उद्घाटन गर्दै उनले दुई देशबीच आपसी समन्वय कायम गरी यस्तो जघन्य अपराधलाई रोकथाम गर्न सरोकार भएका निकायले सक्रियता बढाउनुपर्नेमा जोड दिइन् ।
मन्त्री श्रेष्ठले मन्त्रालयले बेचबिखन भएकालाई तत्काल उद्धार र संरक्षणका लागि योजनाबद्ध काम गर्ने प्रतिबद्धता जनाइन् । उनले महिला बेचबिखन रोकथामका लागि तत्काल कार्यविधि बनाउने र त्यसलाई कार्यान्वयनमा लैजाने जानकारी दिइन् ।
माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले संस्थाले विगत ३० वर्षदेखि मानव बेचबिखनविरूद्ध काम गर्नुका साथै जनचेतना जगाउने, उद्धार र पुनस्थापनामा सहजीकरण गर्दै आएको जानकारी दिएइन् अहिले पनि किशोरीहरू अशिक्षा, बेरोजगारी र विभिन्न प्रलोभनमा परी बेचबिखनमा परिरहेकाले यसको नियन्त्रणका लागि समाज, सङ्घसंस्था, सरकारी निकाय सबैको सहयोग र समन्वय आवश्यक पर्नेमा उनले जोड दिइन् ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मानव बेचबिखन नेपालको मुख्य समस्या भएको उल्लेख गर्दै यसको रोकथाम आपसी समन्वयबाट हुने बताए ।
मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत, सहसचिव आभा श्रेष्ठ, दिल्ली प्रहरीका डा राकेश कुमार, गैरसरकारी संस्था मोरङ अध्यक्ष विष्णु शर्मा पन्तलगायतले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सचेतना जगाउन र आगाी रणनीति तयार गर्न गोष्ठी प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।
मानव बेचबिखन नियन्त्रणमा दुई देशबीच आपसी सहकार्य र समन्वय सुदृढ गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा नेपाल र भारतका सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाजलगायत सरोकार भएका सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...


प्रतिकृया लेख्नुहोस्: