Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

मुस्ताङ भ्रमणमा गएका विद्यार्थी अचेत अवस्थामा उद्धार

खबरडबली संवाददाता

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरिएको छ । 

अक्सिजन लेभल ५३ मा झरेको र मुटुको धड्कन रेट १०२ विट्सप्रति मिनेटभन्दा बढी थियो । शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा बढी हुनुपर्ने र सामान्य अवस्थमा मुटुको धड्कन रेट ६०–९० प्रति मिनेट हुनुपर्नेमा चिन्ताजनक अवस्थामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय लोमान्थाङका स्वास्थ्य सहायक रामलाल गुरूङले सिपिआर गरे ।

करिब १५ मिनेट सिपिआरको माध्यमबाट छात्रालाई खतरामुक्त बनाएपछि स्वास्थ्यकर्मीले कलेजकी शिक्षक स्वस्तिका डेटेललाई जिम्मा लगाएर नेपाली सेनाको क्यापमा थप उपचार गरिएको छ । चिन्ताजनक अवस्थामा उद्धार गरिएको छात्रा बिरामी भएपछि शैक्षिक भ्रमण छोटाएर टोली फर्किएको छ । अत्यधिक चिसो रहेको उपल्लो मुस्ताङमा शैक्षिक तथा संस्थागत भ्रमणका लागि पुस महिनामा समेत जोखिम मोलेर सिधै पुग्न थालेपछि लेक लाग्ने समस्या देखिएको छ ।

लोमान्थाङ सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्य सहायक गुरूङले चिसोमा अक्सिजनको लेबल ह्वात्तै घटेको अवस्थामा पर्यटकलाई औषधीसहित उपचार गरी पठाउने गरेको बताए। गुरूङले भने, ‘‘सिधै तलबाट माथिल्लो क्षेत्रमा घुम्न आउनेहरूमा लेक लाग्ने समस्या देखिन्छ, अति आवश्यक नभए जाडो याममा उपल्लो क्षेत्रमा भ्रमण नगर्दा राम्रो हुन्छ ।’’

बिहान, बेलुकीको समयमा माइनस तापक्रम हुने उपल्लो मुस्ताङको समुन्द्रि सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको लिजी–नेचुङ ९कोरला० नाकासम्म घुम्ने गरी पर्यटक आउन थालेपछि प्रहरी चौकीमार्फत सचेत बनाउने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारले बताए । 

सहायक प्रजिअ परियारले अत्यधिक चिसोका कारण होटलमा समेत सामान्य अवस्थामा जस्तै सेवा पाउने सम्भावना नभएकाले जाडो याममा माथिल्लो मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पर्यटकीयस्थलमा एकल तथा सामूहिक भ्रमण तालिका नबनाउन अनुरोध गरेको छन् । परियारले भने, ‘‘धेरै ब्यवसायीहरू पनि तल झर्न थाल्नुभएको छ, चिसोका कारण स्वास्थ्यमा समस्या देखिएका समयमै उद्धारमा समेत कठिनाइ हुन्छ ।’’ 

जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाका अनुसार पुस महिनाको १ गते १६ सय ७ जना, पुस २ गते १५ सय ३६ जना र पुस ३ गते १७ सय २८ जना पर्यटक कालिगण्डकी करिडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडकखण्डबाट मुस्ताङ प्रवेश गरेकोमा अधिकांस मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किए पनि हतारमा माथिल्लो क्षेत्रमा समेत जाने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । 

जाडोयाममा अन्य समयभन्दा लेक लाग्ने तथा स्वास्थ्यमा समस्या धेरै देखिने भएकाले प्रहरीले मुस्ताङ प्रवेशद्धार घाँसा, लेते प्रहरी चौकी, सदरमुकाम जोमसोम, मुक्तिनाथ मन्दिर सहित उपल्लो मुस्ताङका विभिन्न स्थानमा सवारीसाधनबाट पर्यटकलाई लेक लाग्ने समस्या र उपचारका लागि आवश्यक सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिने गरेको छ । समुन्द्री सतहदेखि २५ सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुनुलाई लेक लागेको भनिन्छ । चिसोमा दिर्घरोगी र बालबालिकालाई यात्रामा जोखिम हुन्छ । 

लेक लागेका पर्यटकलाई टाउको हल्का दुख्नु, थकाइ र रिङ्टा लाग्नु पहिलो लक्षण हुन् भने हिँड्न गाह्रो हुने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पखाला लागेमा तत्काल उच्च क्षेत्रमा जान रोक्नुपर्ने र आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरु खानुपर्ने र शरीरमा असहज महुसस भए तत्कालै आफु भएको भन्दा तल्लो क्षेत्रमा फर्किएर उपचार गर्नुपर्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ, बालेनसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...

सबै राष्ट्रिय दलका समानुपातिक मत जोड्दा पनि रास्वपालाई साढे ४ लाखभन्दा बढी मत

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौँ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभिया...

अध्यक्ष ओलीका बुवा मोहनप्रसादको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...

बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: