Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

दिल्ली जाँदै गर्दा कांग्रेस नेता सिटौला एयरपोर्टबाटै पक्राउ !

\"sitaula\"काठमाडौं । नेविसंघका अध्यक्ष रञ्जित कर्णले कांग्रेस नेता कृष्णप्रसाद सिटौल दिल्ली जाँदै गर्दा एयरपोर्टबाटै पक्राउ परेको बताएका छन । विद्यार्थी राजनीतिबारे स्मरण गर्दै उनले आजको नयाँ पत्रिकासँग भनेका छन्, ‘तत्कालीन राजा ज्ञानेन्द्रले ‘कू’ गरेको वेला थियो । त्यही समय हामी विद्यार्थी संगठनहरू राजाको कदमविरुद्ध आन्दोलनमा थियौँ । एकातिर हामी आन्दोलनमा थियौँ भने अर्कोतिर माओवादी युद्ध उत्कर्षमा थियो । कांग्रेसले माओवादीसँग वार्ताको प्रयास पनि गरिरहेको थियो । राजाको शासनविरुद्ध आन्दोलन गर्दैगर्दा हामीलाई प्रहरीले न्युरोडबाट पक्राउ गर्‍यो । पक्राउपछि नेपाल प्रहरीको तालिमकेन्द्र महाराजगन्जमा राखियो । हाम्रै पार्टी नेता विश्वप्रकाश शर्मा पनि त्यहीँ हुनुहुँदो रहेछ । एमालेका युवराज ज्ञवालीलाई पनि त्यहीँ ल्याइयो । पछि कांग्रेस नेता कृष्ण सिटौलालाई पनि आन्दोलनकै वेला भएकाले भारतको दिल्ली जान लाग्दा एयरपोर्टबाटै पक्राउ गरी हामीलाई राखिएकै तालिमकेन्द्रमा ल्याइयो । हामी १२–१३ जनालाई एउटै कोठामा कोचेर राखिएको थियो । सिनियर नेता केही दिनमा छुट्नुभयो, तर हामी विद्यार्थी नेतालाई छोडिएन । २०–२५ दिन हामी बस्यौँ । हामी प्रहरीको नियन्त्रणमा बसेको त्यस्तै १४–१५ दिन भएको थियो । माओवादीले काभ्रेमा प्रहरीचौकी आक्रमण गरेको हल्ला फैलियो । राति त्यस्तै ११ जति बजेको थियो होला, तालिमकेन्द्रमा पनि हल्लीखल्ली भयो । काभ्रे मात्र नभई भक्तपुरका चौकीमा पनि हान्ने हल्ला चलेको थियो । त्यो घटनामा प्रहरी धेरै मारिएका थिए । राति नै त्यहाँबाट दुई–तीन ट्रक प्रहरी निस्किएका थिए । कांग्रेसले माओवादीसँग गोप्य वार्ताको प्रयास पनि गरिरहेका वेला हामी कांग्रेसकै नेतासमेत त्यहाँ थियौँ । यसले हामीमा झन् डर लागिरहेको थियो । प्रहरीमा धेरै क्षति भएपछि उनीहरू आक्रोशित थिए । उनीहरू बारम्बार अब जे पनि हुन सक्छ भनी हामीलाई पनि धम्क्याइरहेका थिए । माथिबाट आदेश आउन सक्छ भनेर तर्साए । हामी रातभर सुत्न सकेनौँ । रातभर आतंक भइरह्यो । रातभर निदाउन सकेनौँ । पुलिस पनि सतर्क थियो । पछिका दिन भने हामीलाई केही सहज भयो । त्यसको चार–पाँच दिनमा अदालतको आदेशपछि छुट्यौँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending