Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

'तपाईंहरूले जिल्लाबाट केही पहल गर्ने होइन भने हामी घरमा मर्नुभन्दा तपाईंहरूकै अगाडि सिमकोटमै मर्छौं।' भन्दै हुम्लामा पीडितको रुवाबासी

\"humla\"काठमाडौं । हुम्ला सिमकोट, ‘हरेक गाउँमा बिरामीको संख्या सयभन्दा बढी छ। बिरामीमा पखाला चल्ने, ज्वरो आउने, दिसामा रगत देखिने समस्या छ। स्थानीय स्वास्थ्य संस्थामा न स्वास्थ्यकर्मी छन् न औषधि नै। नयाँ संविधानमै जनतालाई चाइन्या अधिकार गाउँमै पुर्याएको छ भन्ने सुनेका छौं तर हामीले कहिले पाउने हो ?’ जिल्ला विकास समितिको सभाकक्षामा बिहीबार जम्मा भएका जिल्लाका राजनीतिक दल, सरकारी तथा गैरसकारी कार्यालयका अधिकारी माझ श्रीनगर ४ का गोरख थापाको प्रश्न थियो यो। लामो समयको खडेरी र फागुनदेखि फैलिएको रुघाखोकीले निकै थलिएको हुम्लाको दक्षिण भेगमा राज्यका कुनै सेवासुविधा नपुगेपछि आफ्ना १२ बुँदे माग लिएर स्थानीय बासिन्दा सदरमुकाम सिमकोट आएका छन्। \'पाखो गह्रामा एक बुटो उम्रेको छैन। केही खेतमा उम्रेका बुटा सुकेर सोत्तर भइसके।  घरका भकारी रित्तै छन्। धारामा गए पानी छैन। घरमा गए खाना छैन। अस्पताल गए औषधि छैन\' टोलीमा संलग्न श्रीनगर गाविसका निवर्तमान अध्यक्ष दीपबहादुर महताराले भने, \'गोठमा घाँस नपाएर गाईगोरु र भेडाबाख्रा कराएका छन्। घरमा भोक लाग्यो भन्दै बालबच्चा रोएका छन्। तपाईंहरूले जिल्लाबाट केही पहल गर्ने होइन भने हामी घरमा मर्नुभन्दा तपाईंहरूकै अगाडि सिमकोटमै मर्छौं।\' श्रीनगर क्षेत्रका पाँच गाविस ९ श्रीनगर, मैला, मदना, कालिका र जैरका स्थानीयको यो अभिव्यक्तिले लामो समयको खडेरीले हुम्लाको जनजीवन कसरी प्रभावित पारेको छ भन्ने प्रस्टै हुन्छ। खडेरीले बाली सुकेपछि भोकमरीको त्रासमा रहेका स्थानीय असोज अन्तिम सातादेखि फैलिएको पीपीआर रोगले गोठका पशुबस्तुसमेत मरेपछि थप निराश भएको श्रीनगर ८ की अदानकला महताराले बताइन्। फागुनदेखि फैलिएको रुघाखोकीको औषधि नपाएर गाउँका दुईजनाको ज्यान गएपछि आत्तिएर सरकारलाई हारगुहार गर्न सदरमुकाम सिमकोट आएको उनले बताइन्। एक सय ५० जना विभिन्न क्षेत्रका अगुवा सहभागी कार्यक्रममा गहभरि आँसु लिएर अदानकलाले थपिन्, \'प्रायः घरमा पुरुष छैनन्। मान्छे मरे पनि महिलाले नै बोकेर लानुपर्ने दिन आयो। यस्तो त कहिल्यै भएको थिएन, बिरामी लागे खाउँ भने सेतो टाटो छैन। सबै सरकारी कार्यालयका सेवा केन्द्रमा कोही पनि हुँदैनन्। हामी त सरकारका जनता हैन कि जस्तो लाग्छ। यो वर्ष त अति भयो, हामीलाई बचाउनुपर्यो।\' गत वर्ष भोकमरी र खडेरीमा गोठमा भएको बाख्रो बेचेर चामल किन्ने गरेको बताउँदै उनले यस वर्ष गोठका केही गाईबाख्रा पीपीआर रोगले मरेको र बाँकी घाँसपानी नपाएर मर्न थालेकाले त्यो विकल्प पनि नरहेपछि आत्तिएको बताइन्। जिल्लाको बहिष्करणमा परेको क्षेत्रका रूपमा चिनिने मनीपरीका पाँचै गाविसमा सामूहिक निर्णय गरेर अचानक सिमकोट आएको ४८ सदस्यीय टोलीको पीडा सुन्दा राजनीतिक दलका नेता तथा सरकारी कार्यालयका प्रमुखसमेत भावुक भए। हरेक वर्ष जिल्लामा आउने बजेटलाई मात्रै हिसाब गर्ने हो भने प्रतिव्यक्ति पाँच लाखभन्दा बढी पर्ने सुनेको कालिका २ की जयलक्ष्मी हमालले बताइन्। उनले गाउँमा विकास पनि नगएको दाबी गरिन्। स्थानीय शिक्षिका हमालका अनुसार विकासका नाममा जाने रकम उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा हिनामिना हुने गरेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending