Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

आफ्नै भतिजीसँग निर्वस्त्र भएर सुत्थे महात्मा गान्धी !

\"mahatma_gandhi\"काठमाडौं । भारतका महान् नेता मोहनदास करमचन्द गान्धीले भारतलाई बेलायती उपनिवेशबाट मात्र मुक्त बनाएनन्, विश्वलाई शान्ति र अहिंसाको पाठ पनि सिकाए । त्यसैले, उनलाई भारतले बापु, सन्त, राष्ट्रपिता तथा महात्मा गान्धीजस्ता उपनाम दियो । तर, गान्धीको जीवनबारे अनेक विवाद पनि बाहिर आएका छन् । आजको नयाँ पत्रिकामा खबर छ–उनीमाथि लेखिएका अधिकांश पुस्तकले महात्मा गान्धीको कैयौँ स्त्रीसँग सम्बन्ध रहेको दाबी गरेका छन् । तीमध्ये गान्धी र सरलादेवीको सम्बन्धलाई लिएर सबैभन्दा बढी चर्चा भएको छ । रवीन्द्रनाथ टेगोरकी ठूली बहिनीकी छोरी सरला र गान्धी विवाह गर्न चाहन्थे भन्ने पनि चर्चा चल्यो । गान्धीबारे आएका विभिन्न विवाद गान्धीका ७१ वर्षीय छोरा राजमोहन गान्धीले लेखेका छन्– विवाहित र चार सन्तानका पिता भए पनि गान्धी सरलादेवीसँगको प्रेममा थिए । त्यति मात्र होइन, उनी सरलादेवीसँग विवाह गर्न पनि तयार थिए । सरला गान्धीकी श्रीमती कस्तुरबाभन्दा निकै प्रतिभाशाली र बुद्धिमानी थिइन् । उनी स्वतन्त्रता संग्राममा सक्रिय पनि थिइन् । तर, सरलाले यस विषयमा आफ्नो आत्मकथामा भने केही लेखेकी छैनन् । उता, जेड एडम्सले सन् २०१० मा लेखेको पुस्तकमा उल्लेख छ– गान्धी युवतीहरूसँग नुहाउने र सुत्ने गर्थे । उनी आफ्नो आश्रममा रहेका विवाहित व्यक्तिहरूलाई अलग–अलग रहन निर्देशन दिन्थे । यौनइच्छा हुनेबित्तिकै गान्धीले चिसो पानीले नुहाउन निर्देशन दिन्थे । जति अहिंसा र शान्तिको कुरा गरे पनि गान्धीले आफ्नी पत्नीलाई भने बारम्बार पिट्ने गरेको पनि जेड एडम्सको पुस्तक ‘गान्धी नेकेड एम्बिसन’मा समावेश गरिएको छ । इतिहासकार जेड एडम्सले कैयौँ वर्ष श्रीमतीसँग यौन सम्पर्क नगरेका गान्धीले बारम्बार आफ्नी श्रीमतीलाई पिट्ने गरेको उल्लेख गरेका छन् । एडम्सकै किताबमा गान्धीले आफ्ना पितालाई सम्मान नगर्ने पनि उल्लेख छ । एडम्सले किताबमा दाबी गरेका छन्– जब गान्धीका पिता जीवनको अन्तिम सास लिइरहेका थिए, त्यतिवेला गान्धी सेक्समा भुलिरहेका थिए । उनले दुई बेलायती महिलासँग आध्यात्मिक विवाह गरेका थिए । यी दुवै महिला गान्धीकै आश्रममा बस्थे । गान्धी आफ्नी १२ वर्षीया भतिजी र एक अर्की महिलासँग निर्वस्त्र सुत्थे । आफ्नो इच्छा नियन्त्रित गर्न यसो गरेको गान्धीले आफ्नो आत्मकथामा पनि लेखेका छन्, तर एडम्सले यसको विरोध गरेका छन् । गान्धीले नवविवाहितालाई आफ्नो आत्मा पवित्र बनाएर राख्न, ब्रह्मचार्य पालना गर्न निर्देशन दिन्थे । त्यतिवेला नै उनको यो विचारको विरोध भएको थियो । जवाहरलाल नेहरूले यसको विरोध गर्दै भनेका थिए– यो असामान्य तथा अप्राकृतिक कुरा हो । यस्तो हुनै सक्दैन । गान्धीका छोराले उनलाई छोडिदिएका थिए । गान्धीलाई छाडेपछि उनका छोराले इस्लाम धर्म मानेका थिए । जेड एडम्सले गान्धी बेलायती सेनामा संलग्न भएको पनि जनाएका छन् । उनी बेलायती सेनामा सर्जेन्ट मेजर भएको र युद्धमा राम्रो गरेकाले सरकारबाट सम्मानित पनि भएको पुस्तकमा उल्लेख छ । अहिंसा र शान्तिका लागि सधैँ प्रेरणा दिने भनेर चिनिएका गान्धीले हिटलरलाई बारम्बार पत्र लेख्ने गरेको र हिटलरको प्रशंसा गर्दै सफलताको कामना गर्ने गरेको पनि एडम्सले लेखेको पुस्तकमा उल्लेख छ । गान्धीले यहुदीलाई सामूहिक आत्महत्याको संकल्प लिने खतरानक सल्लाह दिएका थिए । इतिहासकार एडम्सका अनुसार गान्धीले हिटलरलाई भनेका थिए, ‘मलाई तपाईंको बहादुरी या देशभक्तिबारे कुनै सन्देह छैन, न त म तपाईंका विरोधीले प्रचार गरेका झुटा कुरामा विश्वास गर्छु ।’ केही समयअघि बाहिर आएका चिठीले गान्धी समलिंगी थिए कि भन्ने आशंका जन्माइदिएको छ । दक्षिण अफ्रिकाका बडिबिल्डर हर्मन कालेनबाक र गान्धीले एक–अर्कालाई पठाएका चिठीमा यी दुईबीच भएको शारीरिक सम्पर्कबारे उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending