Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

वास्तु मिलाउन देउवाको कार्यकक्ष परिवर्तन, १० लाख बढी खर्च व्यापारीले बेहोर्दै

\"Sher\"काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालयमा नयाँ कार्यकक्ष बनाउन लगाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–वास्तुशास्त्रीले पुरानो कार्यकक्ष अशुभ भनेपछि उनले तीनवटा कोठा भत्काएर वास्तुशास्त्र अनुसार नयाँ बनाउन लगाएका हुन् । देउवाले १३औँ महाधिवेशनबाट निर्वाचित भएपछि सभापतिको कार्यकक्ष छोडेर आफैँ बस्ने कोठा रोजेका थिए । तर, वास्तुशास्त्रीले अशुभ भनेपछि यसअघिका महामन्त्री प्रकाशमान सिंहको, नयाँ कोषाध्यक्ष सीतादेवी यादव र मुख्य सचिव ऋषिकेश तिवारीको कार्यकक्ष फोडेर देउवाको व्यवस्थित र भव्य कार्यकक्ष बनाउन लागिएको हो । कार्यकक्ष निर्माणको काम धमाधम चलिरहेको छ । चारतले भवनको पहिलो तलाको अगाडितिर देउवाको पहिलेको कार्यकक्ष थियो । देउवाले निर्वाचित भएको आठौं दिन ३ चैतमा सभापतिको प्रमाणपत्र बुझ्दै पुरानै कोठालाई कार्यकक्ष बनाएर पदभार ग्रहण गरेका थिए । तर, भोलिपल्टै वास्तुविद् डा. माधवमंगल जोशीलाई बोलाएर कार्यकक्ष हेर्न लगाइएको थियो । उनले वास्तु नमिलेको भन्दै ठाउँ सार्न सुझाव दिएका थिए । वास्तु अनुसार भवनको पछाडितर्फको यसअघिका महामन्त्री प्रकाशामानसिंहले प्रयोग गर्न उपयुक्त हुने सुझाव जोशीले दिएपछि तीनवटा कोठा फोडेर सभापतिको कार्यकक्ष बनाउन थालिएको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । ‘वास्तुशास्त्र अनुसार पूर्व मुख गरेर बस्नुपर्ने भयो । वास्तुविद्ले कार्यालयका सबै कोठाका कुनाकुनामा के छ भनेर हेर्नुभयो । दोस्रो तलाको हल छेउ र प्रकाशमान दाइ बसेको कोठामात्र सभापतिका लागि सबैभन्दा उपयुक्त देखियो,’ केसीले भने, ‘त्यसैले तीन कोठा फोडेर सभापतिका लागि व्यवस्थित कार्यकक्ष बनाउन थालेका हौं । डेकोरेशनको काम भइरहेको छ । अब १० दिनमा काम सकिन्छ ।’ अहिले दैनिक करिब दर्जन कामदारले कार्यकक्षको पार्टेसन, वाइरिङ, प्लम्बिङसहितका काम गरिरहेका छन् । अब अबको १० दिनमा डेकोरेसनको सबै काम सकाउने तयारी छ । १० लाख खर्चमा कार्यकक्ष बनाउन लागिएको केसीले जानकारी दिए । यसअघिको कार्यकक्षमामा कार्पेट, कुर्सी, सोफा, टेबुल, पर्दा नयाँ राख्दा डेढ लाख खर्च भएको थियो । कोषाध्यक्षको कोठा सर्‍यो वास्तु अनुसार सभापतिको कार्यकक्ष बनाउन कोषाध्यक्ष सीतादेवी यादवले प्रयोग गर्ने कोठा फोडिएको छ । उनको कार्यकक्ष अब दुई तलामाथि सरेको छ । संगठन विभाग प्रमुखले प्रयोग गर्दै आएको कोठालाई कोषाध्यक्षको कार्यकक्ष बनाइएको केन्द्रीय कार्यालयले जनाएको छ । उपसभापतिको कार्यकक्ष पनि बनाइँदै सभापति देउवाले केही सदस्य मनोनित गरे पनि उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केही सदस्य मनोनयन गर्न बाँकी छ । केन्द्रीय कार्यालयले मनोनित भएर आउने उपसभापतिका लागि पनि पहिलो तलामा एट्याच वाथरुमसहितको कार्यकक्ष बनाउन थालेको छ । कांग्रेस केन्द्रीय कार्यालयको चार तले भवनमा ४२ कोठा छन् । यस्तो बन्दै छ देउवाको नयाँ कार्यकक्ष तीन कोठाको इटाको पर्खाल फोरेर आल्मुनियमले पार्टेशन गरेर तीन कोठे कार्यकक्ष बनाइँदैछ । १० जना अट्ने गरी स्वकीय सचिव बस्ने पहिलो कोठा बन्ने छ । स्वकीय सचिवपछि दोस्रोमा भेटघाट कक्ष रहनेछ । दोस्रो कक्षमा पनि १० जना अट्ने गरी सोफा राखिनेछ । त्यसपछिको कोठा देउवाको मुख्य कार्यकक्ष रहने छ, जहाँ देउवाको कुर्सी पूर्वाभिमुख हुनेछ । कार्यकक्षमा २० देखि २५ जना अटाउने गरी डेकोरेशन भइरहेको छ । मुख्य कार्यकक्षमा देउवा प्रवेशका लागि भने छुट्टै ढोका बनाइदैछ । देउवाको कार्यकक्षभित्रै एट्याच बाथरुम हुनेछ । देउवाको कार्यकक्षमा सोफा पनि वास्तुशास्त्र अनुसार मिलाएर राखिने भएका छन् । कार्यकक्षमा पुस्तक राख्ने र्‍याक, नेताहरुका तस्बीरहरु पनि हुनेछन् । तीनवटै कोठा एसियुक्त हुने केन्द्रीय कार्यालयले जनाएको छ । १० लाख खर्च बेहोर्दै अर्याल र श्रेष्ठ सभापति शेरबहादुर देउवाको कार्यकक्ष बनाउने खर्च पार्टीले होइन, सांसद र पार्टीको अर्थ समितिका सदस्यले बेहोर्ने भएका छन् । ‘सभापतिको कार्यकक्ष निर्माण गर्न लाग्ने करिब १० लाख रुपैयाँ खर्च विनास्वार्थ खुमाप्रसाद अर्याल र सांसद उमेश श्रेष्ठले बेहोर्दै हुनुहुन्छ’ कांग्रेस कार्यालय सचिव केसीले भने, ‘अहिले भइरहेको कामको व्यवस्थापन पनि श्रेष्ठले गरिरहनुभएको छ ।’ पार्टेसन, प्लम्बिङ, एसी जडान, इन्टेरियर लगायतका सबै कामका लागि कामदारको व्यस्थापन पनि श्रेष्ठले नै गरेका छन् । श्रेष्ठ निजी शैक्षिक संस्थाका लगानीकर्ता हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending