Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

मानवअधिकारको टोली देशब्यापी जागरणसभामा

\"humen कपिलवस्तु । मानव अधिकार तथा शान्ति समाजले देशब्यापी रुपमा जागरण सभा थालेको छ । जागरण सभाका क्रममा टोली कपिलवस्तु र प्युठानमा सभा सम्पन्न गरेको छ । शुक्रबार कपिलबस्तुको तौलेश्वर महादेब मन्दिर चोकमा भएको सभामा प्रमुख बक्ताको रुपमा आफ्नो धारणा राख्दै मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नाकाबन्दी मानवता बिरुद्धको अपराध भएको कारण कुनै पनि प्रकारको नाकाबन्दीका बिरुद्धमा आफू सडकमा उत्रने बताए । पहाडीले सबैका लागि राष्ट्र र राष्ट्रियता सबैभन्दा माथी हुने चर्चा गर्दै राष्ट्रिय स्वाभिमान बिरुद्ध कहिं कतै सम्झौता हुनु नहुने बताए । कार्यक्रममा संघीय समाजबादी फोरमका दिपक पाण्डे, नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य रबिन्द्रनाथ मिश्र, तराई मधेश लोकतान्त्रिक पार्टीका धरमबहादुर लाल श्रीवास्तव, नेपाल परिवार दलका जिल्ला अध्यक्ष राघवेन्द्र श्रीवास्तव तथा अधिकार कर्मिहरु मधेश मानव अधिकार गृहका अध्यक्ष रबि ठाकुर, रामदयाल ठाकुर, साहित्यकार तथा समाजसेवीहरु पशुपतीमणी त्रिपाठी, जीवनाथ स्वामी लगायतले अभियानको सफलताको कामना गरे । कार्यक्रममा समाजका महासचिव उत्तम पुडासैनीले अभियानको औचित्यमाथी प्रकाश पारे भने कोषाध्यक्ष रेणुका पौडेलले संस्थाका गतिबिधिकाबारेमा चर्चा गरेका थिए । बिभागीय संयोजक रमेश सिंखडाले स्वाभिमान अभियान सम्बन्धमा संस्थाले तयार पारेको अवधारणा पत्र प्रस्तुत गरे । यस्तै शुुुुक्रबार अपरान्ह प्युठान जिल्लाको खलंगा स्थित पाटीचोकमा जगरण सभा सम्पन्न भएको थियो । मानव अधिकार तथा शान्ति समाजका सचिव गोबिन्द खनालको सभापतित्वमा सम्पन्न उक्त सभामा प्रमुख बक्ता कृष्ण पहाडी, नेपाली काँग्रेसका जिल्ला सभापति अमर भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला उपाध्यक्ष बुद्धबहादुर जिसी, गैरसरकारी संस्था महासंघ प्युठानका अध्यक्ष रमेशकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गुरुप्रसाद भण्डारीले अभियानको सफलताको कामना गर्दै आ आफ्नो धारणा ब्यक्त गरे । युवा कबि सुदेश सत्यालले कबिता वाचन गरे भने शान्ति समाजका सदस्य अर्जुन अधिकारीले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending