Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

संविधानविरुद्ध विश्वभर भ्रम : थापा

\"kamal-thapa-462x330\"काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले अमेरिका र बेलायतसहित विश्वभर नेपालको संविधानविरुद्ध संगठित रूपमा नकारात्मक भ्रम पार्न खोजिएको अनुभव सुनाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–साताव्यापी अमेरिका र बेलायतको भ्रमणपछि शुक्रबार स्वदेश फर्किएका थापाले भारतको नाम नलिई अन्तर्राष्ट्रिय रूपमा संविधानविरुद्ध भ्रम पारिएको टिप्पणी गरेका छन् । उनले बेलायत र अमेरिकामा संविधानबारे एउटै शैलीको नकारात्मक टिप्पणी सुनेको बताए । तर, भ्रमणको क्रममा आफूले त्यस्तो भ्रम चिरेको थापाले दाबी गरे । प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका वेला जारी संयुक्त वक्तव्यमा नेपालको संविधान अधुरो रहेको उल्लेख थियो । यसैगरी प्रधानमन्त्री मोदी युरोपियन युनियनको हेडक्वार्टर ब्रसेल्स भ्रमणमा जाँदा पनि नेपालले मधेसीहरूका बाँकी समस्या समाधान गर्नुपर्ने व्यहोराको संयुक्त विज्ञप्ति आएको थियो । थापाले यी सन्दर्भ नदोहोर्‍याई संविधानबारे संगठित नकारात्मक टिप्पणी भएको आरोप लगाए । केरी आगामी अक्टोबरसम्म आउने थापाले आगामी सेप्टेम्बर–अक्टोबर (कात्तिक)सम्म नेपाल भ्रमण गर्ने प्रतिबद्धता अमेरिकी विदेशमन्त्री जोन केरीले दिएको बताए । ‘मैले दुईपक्षीय वार्ताका क्रममा नेपालको संविधान, पहिलो संविधान संशोधनपछिको राजनीतिक घटनाक्रमबारे जानकारी गराएँ । विदेशमन्त्री केरीले नेपालमा संविधान जारी भएको र पहिलो संशोधन भएको घटनामा समर्थन जनाउनुभयो,’ थापाले भने, ‘यसले नेपालमा शान्ति र स्थायित्व ल्याउने अमेरिकाको विश्वास रहेछ । नेपालको आर्थिक विकासमा अत्यन्तै उदारतापूर्वक सहयोग गर्ने प्रतिबद्धता पनि विदेशमन्त्री केरीले व्यक्त गर्नुभएको छ ।’ कर्नेल लामाको सुनुवाइ जुनमा बेलायतमा पक्राउ परेका कर्नेल कुमार लामाको मुद्दा तीन वर्षमा पनि टुंगो नलागेको विषय आफूले चासोपूर्वक उठाएको थापाले जानकारी दिए । ‘नेपालमा द्वन्द्वकालीन घटना हेर्ने गरी सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन भएको र लामाको मुद्दा त्यही निकायले हेर्ने हुनाले उनलाई नेपाल फिर्ता गर्न आग्रह गरेँ,’ थापाले सञ्चारकर्मीसँग भने, ‘विदेश राज्यमन्त्री हुगो स्वायरले आगामी जुनमा कर्नेल लामाको मुद्दाको अन्तिम सुनुवाइ अदालतबाट हुने र त्यसपछि नेपाल र बेलायतबीच थप कुराकानी गर्ने भन्नुभएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending