Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

आगलागी भएकाे उखु । फइल तस्विर
खबरडबली संवाददाता

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुने चिन्तामा रहेका किसानका लागि यो निर्णय राहतको खबर बनेको छ ।

मंगलबार साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा बसेको बैठकले इन्दुशंकर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह ले जलेको उखु खरिद गर्ने सहमति गरेको हो ।

बैठकमा सहभागी गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवका अनुसार आगलागी भएको उखुमा कति रस बाँकी छ भन्ने विषयमा प्रयोगशाला परीक्षण गरेर खरिद प्रक्रिया अघि बढाइनेछ ।

इन्दुशंकर चिनी उद्योग हरिवनका प्रशासकीय प्रमुख ठाकुर नेपालले जलेको उखु परीक्षणपछि मात्रै किसानलाई दिइने मूल्य निर्धारण गरिने जानकारी दिए । बिक्रीका लागि तयार पारिएको उखु गत सोमबार आगलागीबाट जलेपछि रोहुवाका किसान गम्भीर समस्यामा परेका थिए ।

आगलागीपछि पीडित किसानले जलेको उखु बिक्रीको वातावरण मिलाइदिन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई गुहारिरहेका थिए । अब चिनी उद्योगले उखु खरिद गर्ने भएपछि किसानहरू उत्साहित भएका छन् ।

व्यावसायिक रूपमा उखु खेती हुने रोहुवा गाउँमा सुरुमा करिब ५० बिघा क्षेत्रफलको उखु जलेको अनुमान गरिएको थियो । तर पछिल्लो सर्वेक्षणअनुसार करिब २५ बिघा उखुमा क्षति पुगेको पाइएको नगरप्रमुख यादवले जानकारी दिए । बुधबार प्रहरीसहित थप स्थलगत अनुगमन गरी यथार्थ क्षतिको विवरण सम्बन्धित निकायमा पठाइने सहमति भएको छ ।

यसअघि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगलागीपीडित उखु खेतीको निरीक्षण गर्दै नेपाल सरकारले तोकेको मूल्यमा चिनी उद्योगले खरिद गर्ने र बाँकी रकम प्रदेश सरकारले उपलब्ध गराउने आश्वासन दिएका थिए  ।

पीडित किसानको गुनासो कृषि तथा पशुपन्छी विकास मन्त्रालयसम्म पुगेपछि कृषि विभागको टोलीले समेत रोहुवास्थित आगलागी प्रभावित क्षेत्रको अनुगमन गरी मंगलबार काठमाडौं फर्किएको छ ।

प्रमुख जिल्ला अधिकारी कडरियाले हरिवन र बगदहका दुवै चिनी उद्योगका प्रतिनिधिलाई बोलाएर उखुमा रहेको रसको मात्राअनुसार खरिद गर्न आग्रह गरेपछि उद्योगहरू सकारात्मक बनेको जानकारी दिए ।

मंगलबारको छलफलमा सुरक्षा निकायका प्रमुख, गोडैता नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, दुवै चिनी उद्योगका प्रतिनिधि, अगुवा उखु किसान र पीडित किसानहरूको सहभागिता रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending