Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

आगलागी भएकाे उखु । फइल तस्विर
खबरडबली संवाददाता

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुने चिन्तामा रहेका किसानका लागि यो निर्णय राहतको खबर बनेको छ ।

मंगलबार साँझ जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा बसेको बैठकले इन्दुशंकर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह ले जलेको उखु खरिद गर्ने सहमति गरेको हो ।

बैठकमा सहभागी गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवका अनुसार आगलागी भएको उखुमा कति रस बाँकी छ भन्ने विषयमा प्रयोगशाला परीक्षण गरेर खरिद प्रक्रिया अघि बढाइनेछ ।

इन्दुशंकर चिनी उद्योग हरिवनका प्रशासकीय प्रमुख ठाकुर नेपालले जलेको उखु परीक्षणपछि मात्रै किसानलाई दिइने मूल्य निर्धारण गरिने जानकारी दिए । बिक्रीका लागि तयार पारिएको उखु गत सोमबार आगलागीबाट जलेपछि रोहुवाका किसान गम्भीर समस्यामा परेका थिए ।

आगलागीपछि पीडित किसानले जलेको उखु बिक्रीको वातावरण मिलाइदिन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई गुहारिरहेका थिए । अब चिनी उद्योगले उखु खरिद गर्ने भएपछि किसानहरू उत्साहित भएका छन् ।

व्यावसायिक रूपमा उखु खेती हुने रोहुवा गाउँमा सुरुमा करिब ५० बिघा क्षेत्रफलको उखु जलेको अनुमान गरिएको थियो । तर पछिल्लो सर्वेक्षणअनुसार करिब २५ बिघा उखुमा क्षति पुगेको पाइएको नगरप्रमुख यादवले जानकारी दिए । बुधबार प्रहरीसहित थप स्थलगत अनुगमन गरी यथार्थ क्षतिको विवरण सम्बन्धित निकायमा पठाइने सहमति भएको छ ।

यसअघि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगलागीपीडित उखु खेतीको निरीक्षण गर्दै नेपाल सरकारले तोकेको मूल्यमा चिनी उद्योगले खरिद गर्ने र बाँकी रकम प्रदेश सरकारले उपलब्ध गराउने आश्वासन दिएका थिए  ।

पीडित किसानको गुनासो कृषि तथा पशुपन्छी विकास मन्त्रालयसम्म पुगेपछि कृषि विभागको टोलीले समेत रोहुवास्थित आगलागी प्रभावित क्षेत्रको अनुगमन गरी मंगलबार काठमाडौं फर्किएको छ ।

प्रमुख जिल्ला अधिकारी कडरियाले हरिवन र बगदहका दुवै चिनी उद्योगका प्रतिनिधिलाई बोलाएर उखुमा रहेको रसको मात्राअनुसार खरिद गर्न आग्रह गरेपछि उद्योगहरू सकारात्मक बनेको जानकारी दिए ।

मंगलबारको छलफलमा सुरक्षा निकायका प्रमुख, गोडैता नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, दुवै चिनी उद्योगका प्रतिनिधि, अगुवा उखु किसान र पीडित किसानहरूको सहभागिता रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज रातिदेखि तीन दिन भारी वर्षाको चेतावनी, यी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण खारेज, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...

कङ्गोमा इबोला प्रकोप भयावह, मृतक संख्या ९९९ पुग्दा विश्वभर चिन्ता

काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...

कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...

सहकारीमार्फत स्थानीय कोदो–फापरको ‘ब्रान्डिङ’, किसानको उत्पादन अब प्याकेजिङसहित बजारमा

पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...

आज बीपी स्मृति दिवस: मेलमिलापका नायकलाई सम्झँदै कांग्रेस

बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर

हप्ताको दुई घण्टा गाउँका लागि, युवाले लेखे परिवर्तनको कथा

स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...

बीपीको स्मृति दिवसमै कांग्रेस दुई धारमा, मेलमिलापका नायकको नाममा विभाजनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...

माइतीघर किन डुब्यो? प्राविधिक कारणसहित प्रतिवेदन बुझाउन कार्यवाहक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...

हेटौँडामा बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा २२ वर्षीय चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending