Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

लाप्राकवासीको मुहारमा खुसी

\"Laprakकाठमाडौं । भूकम्पले क्षतिग्रस्त गोरखाको लाप्राक गाविसको पुनःनिर्माणका लागि भएको त्रिपक्षीय सम्झौताले एक वर्षसम्म आसैआसमा टहरामा दिन गुजारेका स्थानीय जनताको अनुहारमा खुुसी छाएको छ । ‘गोरखा भूकम्प’ गएको एक वर्षपछि लाप्राकको गुप्सीपाखामा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच लाप्राकको पुनःनिर्माणका लागि त्रिपक्षीय सम्झौता भएको थियो । सो गाविसको अस्थायी टहरा निर्माण गरिएको गुप्सीपाखामा भेटिनुभएका ५७ वर्षीय सुरमान गुरुङ उक्त सम्झौतापछि घर बन्ने कुरामा ढुक्क देखिन्छन् । ‘घर बन्ने सम्झौताले धेरै खुसी लागेको छ । अहिलेसम्म धेरैका आशा मात्र सुनियो, अब त घर बन्ला भन्ने भरोसा पनि लागेको छ,’ उनले भने । गोरखामा केन्द्रबिन्दु भएर २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले लाप्राक गाविसका सबै ५९२ घर पूर्णरुपमा क्षतिग्रस्त भए भने २५ जनाको ज्यान गयो । भूकम्पले लाप्राकमा कुनै घर सङ्लो रहेन । लाप्राक गाविसको सो बस्ती भूकम्पले चिरा परेर जोखिममा परेपछि सरकारले त्यस बस्तीलाई सोही गाविसको गुप्सीपाखामा रहेको सामुदायिक र राष्ट्रिय वनको १८.३२ हेक्टर जमिनमा सार्ने निर्णय गरेको थियो । सरकारको निर्णयसँगै हाल भूकम्पपीडित लाप्राकवासी गुप्सीपाखामा अस्थायी टहरा निर्माण गरी बसेका छन् । भूकम्पमा आफ्ना जेठा दाइ गुमाएका लाप्राकका २० वर्षीय मनबहादुर गुरुङ पनि अब घर बन्ने कुरामा विश्वास लागेको बताउँछन् । भूकम्पले भर भत्किँदा घरको चौपाया र कुखुरासमेत मारिएको बताउँदै गुरुङले भने, ‘आफैँ घर बनाउन सकिँदैन । सम्झौतापछि घर निर्माण सुरु होला भन्ने आशा जागेको छ ।’ लाप्राककै ५१ वर्षीया सीता सुनार आफ्नो गाउँमा राष्ट्रपति नै आएपछि खुसी लाग्नुका साथै घर निर्माण हुने आशा भरोसामा परिणत भएको बताउँछिन् । सम्झौता मुताबिक एनआरएनएले सरकारी तथ्यांकको सूचीअनुसार गुप्सीपाखामा दुई वर्षभित्र ५७३ घर निर्माण गर्ने छ । सो सम्झौतापछि प्रतिघर रु दुई लाख ५० हजार लागतमा नमुना एकीकृत बस्ती निर्माण गर्ने कार्यको प्रारम्भ भएको छ । भूकम्पपछि आफू क्षतिग्रस्त लाप्राकमा आएर ऐतिहासिक सुन्दर गाउँ नछोड्न स्थानीय जनतासँग सल्लाह गरेको र आफ्नो संस्थाले सहयोग गर्ने आश्वासन दिएअनुरुप निर्माण सम्झौतामा हस्ताक्षर भएको एनआरएनएका अध्यक्ष शेष घले बताउँछन् । गाउँको मानिस सहर जाने र सहरको मानिस विदेश जाने कृत्रिम बसाइँसराइले समाज विखण्डन हँुदै गएकोतर्फ सचेत गराउँदै अध्यक्ष घले भन्छन्, ‘यो गाउँको पुनःनिर्माणका लागि हामी सरोकारवाला सरकारी निकायको समन्वयमा गुरु योजना तयार पार्छांै र त्यो सरकारबाट स्वीकृत भएपछि छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्छौं ।’ उनले भने, ‘गुरु योजनाभित्रका अरु पूर्वाधार तथा गाउँलाई कसरी आकर्षक र उद्यमशील बनाउने, गाउँको दीर्घकालीन आयआर्जनको बाटो पहिल्याउने लगायत विषयमा अरु विदेशी सङ्घ संस्थासँग पनि कुरा गर्ने र सहयोग जुटाउने हाम्रो विश्वास छ ।’ घर बन्ने सम्झौताले स्थानीय जनतामात्र होइन, सो गाविसका सचिव ध्रुवराज पराजुली पनि व्यक्तिगत रुपमा आफूलाई खुसी लागेको बताउँछन् । घर निर्माण कहिले सुरु हुन्छ भन्ने जनगुनासो सुन्दा सुन्दा हैरान भएका सचिव पराजुली अब जनगुनासो सम्बोधन भएको बताउँछन् । गाविसले क्षतिग्रस्त घरधुरीको नाम सार्वजनिक गरी अनुदान वितरणका लागि स्थानीय निकायबाट हुने पुनःनिर्माण सम्झौताको तयारी थालेको छ । लाप्राकलाई नमुना गाउँका रुपमा विकास गर्न गाविस पनि जुटेको सचिव पराजुलीको भनाइ छ । अहिले गाविसले घर निर्माणका लागि तथ्याङ्क विभागको विस्तृत सर्भेक्षण पछि ५७३ सेवाग्राहीको सूची सार्वजनिक गरेको छ । पुनःनिर्माणको त्रिपक्षीय सम्झौताले जनतामा ठूलो उत्साह छाएको प्राधिकरणका सहसचिव रामप्रसाद थपलिया बताउँछन् । ‘अब लाप्राकमा घर निर्माणको काम सुरु भयो, सुरुमा एनआरएनले यस ठाउँमा एकीकृत जग्गा विकास गर्नेछ र यसमा सहरी विभागले पनि सघाउने छ,’ उनले भने । सेवाग्राहीयोग्य सूची प्राप्त भएको र छिट्टै निर्माण सुरु हुने जानकारी गराउँदै सहसचिव थपलिया लाप्राकको पुनःनिर्माणमा एनआरएनएको घर निर्माणसँगै सडक, खानेपानी, बिजुलीलगायतका पूर्वाधारमा सरकारको सहयोग रहने बताउँछन् । सरकारको आशामा एक वर्ष पालमा दिन बिताएको बताउने लाप्राककै ५४ वर्षीय मानबहादुर गुरुङ एनआरएनएले घर बनाउने भएपछि विश्वास जागेको बताउँछन् । ‘सरकारबाट निर्माण ढिला होला तर एनआरएनएले बनाउने भएपछि ढुक्क छु,’ उनले भने । प्रतिघर निर्माणमा जनही रु दुई लाख खर्च हुने र गाविस भौगोलिक विकट क्षेत्रमा भएकाले प्रतिघरको सामग्री ढुवानीमा रु ५० हजार खर्च हुने अनुमान एनआरएनएले गरेको छ । दुई वर्षभित्र स्थायी घरमा बस्न पाइने भएपछि एक वर्ष टहराको कष्टकर जीवन गुजारेका लाप्राकवासीको मुहारमा खुसी छाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies