Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

नेवि संघ र क्रान्तिकारीबीच दन्तबझानको औचित्य छैन

त्रिभुवन विश्वविद्यालयको लाचारी, विद्यार्थी संगठनहरुबीच आ–आफ्नै अडानका कारण लामो समयसम्म स्ववियु निर्वाचन हुन सकेको छैन । जसका कारण नयाँ जोश र नयाँ भिजनका साथ उच्च शिक्षा पढ्न आउने विद्यार्थी साथीहरुमा नैराश्यता उत्पन्न भएको छ । यस्तो परिस्थितिमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी तथा विद्यार्थी संगठनका नेतृत्व क्षमतामाथि प्रश्न चिन्ह खडा भएको छ । यसले कसैलाई पनि हित गर्दैन । स्ववियुको निर्वाचन नै आजको अनिवार्य आवश्यकता हो । एकातर्फ नेतृत्वलाई समय सापेक्षिक परिस्कृत र संगठनलाई गतिशील बनाउने काम निर्वाचनले गर्छ । अर्कोतर्फ सिङ्गो शैक्षिक आन्दोलनलाई प्राज्ञिकरुपमा बहस गर्ने थलोको रुपमा विद्यार्थी संगठन लिइन्छ । शैक्षिक क्षेत्रको लामो समयदेखिको अन्योलतालाई अन्त्य गर्न अनेरास्ववियुले त्रिवि पदाधिकारी र विद्यार्थी साथीहरुबीच निरन्तर छलफल गरिरहेको छ । समस्या २८ वर्षे उमेर हद यथासक्य स्ववियुको निर्वाचन गर्नुपर्छ भन्ने कुरामा विद्यार्थी साथीहरु सकारात्मक छन् । तर, समस्याको चुरो त्रिवि विनियममा उल्लेख भएको २८ वर्षे उमेर हद रहेको छ । \"nabinaत्रिविको विनियम अनुसार उम्मेदवारी दिने अन्तिम समयसम्म विद्यार्थीको उमेर २८ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ । तर, एक कार्यकाललाई सो व्यवस्था लागू नहुने भएपनि विनियमको प्रावधान अनुसार ०७२ बैसाख १ गतेदेखि सो नियम आकर्षित भइसकेको छ । त्रिविले विनियम लागू हुनु अगावै स्ववियुको निर्वाचन गर्नुपथ्र्यो, यसमा पूर्णरुपले विश्वविद्यालय चुकेको छ । दन्तबझानको औचित्य छैन उमेर हदको विषयलाई लिएर नेविसंघका साथीहरु र अखिल क्रान्तिकारीका साथीहरुबीच दन्तबझान गर्नुको औचित्य पनि म देख्दिन । उमेर हद र निर्वाचन प्रणालीको स्वरुपबारे त्रिवि पदाधिकारी र हाम्रो संगठनका तत्कालिन अध्यक्ष माधव ढुंगेल, क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा र नेविसंघका अध्यक्ष रन्जित कर्णबीच सहमति भइसकेको बिषय हो । तर, यसैलाई लिएर केही संगठनका साथीहरु स्ववियु चुनाव नै हुन नदिने खेलमा लागेका छन् । जसमा त्रिवि मुकदर्शक भएर बसेको छ । त्रिवि पानीमाथिको ओभानो यी सबै चुनौतीलाई चिरेर अघि बढ्न अनेरास्ववियु तयार छ । हामी चुनावमा भाग लिन्छौं । निर्वाचनलाई रोकेर राख्ने काम त्रिविले गरिरहेको छ । उसले विद्यार्थी संगठनलाई दोष दिएर पानीमाथिको ओभानो हुन खोज्दै छ । विश्वविद्यालयको यस्तो अर्कमण्यता अनेरास्ववियुलाई मान्य छैन । तुरुन्त त्रिविले स्ववियु निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्नुपर्छ । नेविसंघ तथा अखिल क्रान्तिकारीका साथीहरु पनि ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने मानसिकता त्यागेर अबिलम्ब सहमतिमा आउनुपर्छ । जुनसुकै निर्वाचन प्रणाली स्वीकार अनेरास्ववियुले पूर्ण समानुपातिक निर्वाचन, या मिश्रित निर्वाचन या प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नैपर्छ । र, मैले भनेकै हुनुपर्छ, उमेर हद लागू गर्नैपर्छ या लागू हुनुहुदैन भन्ने अत्तो थाप्ने काम गर्दैन । क्रान्तिकारी या नेविसंघ जसको एजेण्डा भएपनि अनेरास्ववियु चुनाव लड्न तयार छ । तर, अरु साथीहरु अस्तित्वको लडाईं र संगठनमा पार्टीको प्रभावले निर्वाचन हुन नदिने खेलमा लागेका छन् । यो खेदजनक विषय हो । तर, अनेरास्ववियु अन्य संगठनका साथीहरुलाई मात्र दोष दिएर पन्छिने पक्षमा छैन । चुनावको नाममा आँखामा छारो हाल्ने काम निर्वाचन गराउने आधिकारीक निकाय त्रिवि हो । विद्यार्थी संगठनकाबीच देखिएका सानासाना छिद्रलाई कारण देखाएर विश्वविद्यालय जिम्मेवारीबाट भाग्न खोज्दै छ । उसले किन निर्वाचन रोकिरहेको छ ? विश्वविद्यालयका भीसी, पदाधिकारी, रजिष्टार, सबै निकायले सचेत ढंगले लियो भने चुनाव हुन्छ । हामी चुनाव चाहेका छौं । चुनावमा भाग लिन्छौं । विश्वविद्यालय किन चुनाव गराउँदैन ? त्रिभुवन विश्वविद्यालयले चुनावको नाममा आँखामा छारो हान्ने काम गरेको छ । विश्वविद्यालयले नै चुनाव चाहेको छैन । विद्यार्थी संगठनको कारणले चुनाव भएन भनेर विश्वविद्यालयले प्रोपोगण्डा गरिरहेको छ । चुनाव गर्न नसक्ने पदाधिकारी राजिनामा देऊ त्रिभुवन विश्वविद्यालयले अबिलम्ब चुनावको मिति घोषणा गर्नुपर्छ । होइन भने पदाधिकारीले राजिनामा दिनुपर्छ । अन्यथा अनेरास्ववियु चुप लागेर बस्ने पक्षमा छैन । हाम्रो संगठन त्रिविविरुद्ध कडा संघर्ष गर्न बाध्य हुनेछ । सबै मिलेको खण्डमा भदौ या मंसिरसम्ममा चुनाव सम्भव छ । सबैले आ–आफ्ना हठ त्यागेर सहमतिमा आउन म सबै संगठनका साथीहरुलाई आग्रह गर्दछु । यस्तै, विद्यार्थीहरुको परीक्षा कार्यतालिका प्रभावित नहुने गरी त्रिभुवन विश्वविद्यालयलाई पनि अविलम्ब निर्वाचनको मिति घोषणा गर्न पुनः आग्रह गर्दछु । (एमाले निकट अनेरास्ववियुकी अध्यक्ष लामासँगको कुराकानीमा आधारित) प्रस्तुतिः गणेश पाण्डे
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending