Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

मेरो एउटा सपना छ

हामीले बिउँझिएर सपना देख्न थालेको पनि अब शताब्दी पुग्नै लागेको छ । तर बिडम्बना १ हाम्रा सपनाहरू भने झन झन बिघटित र फिका हुँदै गईरहेका छन । ती साकार हुन नपाउदै मरणासन्न मुद्रामा लम्पसार छन । कर्णालीका उत्ताल उछाल जस्तो हुनुपर्ने सपनाका ज्वारभाटाहरु स्थिर समुन्द्र जस्तै मौन र मृतप्रायः छन । सामुहिक बलात्कारमा परेकी किशोरी झै ती मुर्झाएका छन र फेरि सपना भएर राष्ट्रको आँखामा फुल्ने हिम्मत तिनले गर्न सकिरहेका छैनन् । हामीसँगै सपना देख्न सुरु गरेकाहरुले स्वप्नलोकको उचाईबाट हाम्रा सपनाहरू गिज्याईरहेको सत्यलाई हामीले बढो लाचार भएर स्वीकार गर्नुपरेको छ । [caption id=\"attachment_70594\" align=\"alignleft\" width=\"283\"]\"नवीन                    नवीन नृप[/caption] त्यसैले इतिहासको यो मोडमा हामीले हाम्रा सपनाहरू पुनर्निर्माण गर्नु परेको छ । तिनमा आत्माबिश्वास भर्नु परेको छ । तिनको फेरि पनि सामुहिक बलात्कार हुने छैन भनेर, तिनलाई भरोसा दिलाउनु परेको छ । तिनलाई उठाउनु छ । हिडाउनु छ । तिनलाई दगुर्न सक्ने बनाएर , अन्ततः तिनमा पखेटा हाली उडान भर्न सक्ने बनाउनु छ । र ती सबैभन्दा पहिले हामीले हाम्रा सपनाहरुको उचित उचित पहिचान गर्नु परेको छ । भाले बिनाका बतासे अन्डामाथी जतिसुकै ओथारा बसेपनी त्यसबाट चल्ला निस्कदैन भन्ने प्राकृतिक सत्यलाई मनन गर्दै हामीले हाम्रा सपनालाई , केवल सपना , परिकल्पना, अतिरंजना र बतासे हुनबाट जोगाउदै एकपटक पुनः तिनलाई खडा गर्नु परेको छ र तिनलाई साकार गर्नु परेको छ । त्यसो भए आउनुस हाम्रा सपनाहरु के हुन र के हुनसक्छन रु त्यसको छलफल र चर्चा गरौं । सबैभन्दा पहिले हामी खडा भएको धरातलीय जमिनलाई हेरौं । के हामी हाम्रो अस्तित्व विघटन हुने नाजुक घडीमा छैनौं ? सामाजिक दर्पणमा राष्ट्रिय अनुहार हेरौं । के हामी यति बिभाजित र कमजोर इतिहासमा कहिलै थियौं रु चुच्चो र थेप्चोका बिभाजित हिमालरपहाड अनि धोती र टोपीमा खण्डित भएको तराई रमधेस आजको बिडम्बनापुर्ण यथार्थ हो कि होईन रु त्यसैले मुलुकको अस्तित्व रक्षा र समाजलाई गृहयुद्धको भयावह दुस्चक्रबाट जोगाएर एउटा सर्बमान्य निकास दिनु नै आजको सबैभन्दा ठुलो सपना,चुनौती अथवा आवश्यकता भएको छ । अस्तित्व प्रश्न र गृहयुद्धको सन्निकट खतरालाई सम्बोधन नगरी देखिएका र देखाईने सबै सपनाहरू मिथ्या र केवल मिथ्या मात्रै हुन ।
हामीसँगै सपना देख्न सुरु गरेकाहरुले स्वप्नलोकको उचाईबाट हाम्रा सपनाहरू गिज्याईरहेको सत्यलाई हामीले बढो लाचार भएर स्वीकार गर्नुपरेको छ ।
  यो मुद्दाको उचित ब्यावस्थापन पछि हाम्रा सपनाहरुलाई उडान भर्ने स्वतन्त्रता र उर्जा प्राप्त हुन्छ । त्यसपछि हामी हाम्रा संभावना र बिडम्बनाहरुको छिनोफानो गर्न सक्षम हुन्छौं । हो, पुर्खाको रगतले संचित एउटा हराभारा भबिस्य बोकेको संभावनायुक्त देशका नागरिक हौं हामी । तर कठोर बर्तमान उतिनै बिडम्बनापुर्ण गरि बिपरित उभिएको छ । हेरौं हाम्रा दाजुभाइ तथा दिदिबहिनीहरुलाई ,कोहि मलेसियामा दाउरा काट्दै छन । कोहि साउदीमा बालुवा चाल्दै छन । कोहि कतारमा ढुंगा फ़ुटाउदै छन् त कोहि कोरियामा खेत जोत्दै छन । एट्लान्टाको वारिपारी अनिश्चित भबिष्य लिएर भौतारी रहेकाहरु समेत जोड्दा हामी मध्ये तीस लाख जना केवल र केवल हातमुख जोर्नको निम्ति प्रबासमा जिन्दगी बिताई रहेका छौं । यता हाम्रो प्रचुर संभावना पौरखी सपनाद्रष्टको अभाबमा त्यसै त्यसै खेर गईरहेको छ । प्रायः दिनभरको थकानले केहिपल सुस्ताउने मौका पाउँदा म आफैलाई प्रश्न गर्ने गर्छु । के हाम्रो अन्तिम गन्तव्य यही र यति मात्रै हो त रु हाम्रा पुर्खाले आफ्नो ज्यान उत्सर्ग गरेर हामीलाई एउटा देश दिएका छन । के त्यो देश केवल एउटा मृगतृष्णा मात्रै हो त रु के हामी आफ्नो मेहनतले आफ्नो भुमीमा आफ्नो भबिस्य कोर्न नसक्ने गरि नपुंसक भएकै हौं रु के अब मेरो जन्मभुमि मेरा सन्तानका निम्ति एकादेश भएरै जाने हो त ? यीनै संभावना र बिडम्बनाका बिच , अघोरै निरासाका बीच पनि आशावादी हुँदै मैले एउटा सपना देख्ने गरेको छु  मेरो एउटा सपना छ र त्यो सपना भित्र एउटा सिंगो देश छ । जहाँ चद्र सुर्य अंकित झन्डा फरफराएको छ । मेरो एउटा सपना छ जहाँ मेरो देश फेरी आफ्नो खुट्टामा उभिने छ । हाम्रा पुर्खाले जुन वैभवसाली बाटो देखाएका छन्, त्यो बाटोमा तीन करोड नेपाली हातेमालो गरेर संगै हिड्ने छन । त्यो सपना छ जहाँ , हिमाल, पहाड र तराइ एकजुट हुनेछ । जातीय र क्षेत्रीय संकिणता त्यागेर राष्ट्र निर्माणको साझा सपना देख्ने छ । त्यही एकताको बिस्वासले तराईमा शितलहर चल्दा पहाडले न्यानो कपडा र ओढ्ने पठाओस । पहाडमा भोकमरी लाग्दा तराइले खाद्याना पठाओस । तराइमा संकट आई पर्दा हिमाल र पहाड एक साथ तराइको सुरक्षा कवच बनेर उभिदा सहादत भएपनि पछुतो नमानोस । त्यस्तो अखण्ड भुमी जसको नागरिक हुनुको गर्व र अभिमानले सबैको छाती एक समानले फुल्न सकोस । सबैका भागमा अधिकार र सबैका भागमा कर्तव्य बराबरले अंश लाग्न सकोस ।
जहाँ चद्र सुर्य अंकित झन्डा फरफराएको छ । मेरो एउटा सपना छ जहाँ मेरो देश फेरी आफ्नो खुट्टामा उभिने छ । हाम्रा पुर्खाले जुन वैभवसाली बाटो देखाएका छन्, त्यो बाटोमा तीन करोड नेपाली हातेमालो गरेर संगै हिड्ने छन ।
  मेरो एउटा सपना छ र त्यो सपना भित्र सबै जात र सबै बर्णको एउटा साझा फुलबारी छ । जहाँ पुर्ब मेचीको बच्चा देखि पश्चिम महाकालीको बच्चा स्वतन्त्र र निर्भय पुर्बक दौडिरहेका र खेलीरहेका देख्न पाईयोस । तिनको पबित्र बाल चेतना जातीयरक्षेत्रीय र धार्मिक संकिणताको बिषाक्त भाबनाले संक्रमित नहोस ।यो नेपाल नामको फूलबारीमा तराईबासी, पहाडबासी र हिमालबासी नेपालीहरु संगै मिलेर बसेको देख्ने मेरो सानो र साधारण सपना छ । एक अर्कालाई क्षेत्रीय र जातीय आँखाले हैन एउटा मानबिय नेपाली आँखाले हेरेको देख्ने मसिनो सपना छ ।
तराइमा संकट आई पर्दा हिमाल र पहाड एक साथ तराइको सुरक्षा कवच बनेर उभिदा सहादत भएपनि पछुतो नमानोस । त्यस्तो अखण्ड भुमी जसको नागरिक हुनुको गर्व र अभिमानले सबैको छाती एक समानले फुल्न सकोस । सबैका भागमा अधिकार र सबैका भागमा कर्तव्य बराबरले अंश लाग्न सकोस ।
  स्वप्नलोकको त्यो बगैचा भित्र बस्ने एउटा नेपालीले अर्को नेपालीलाइ जात , भूगोल र भाषाको आधारमा फरक देख्ने छैन , बरु धेरै रंगहरु मिलेर बनेको सुन्दर इन्द्रेणीको झझल्को दिनेछ । मेरो एउटा सपना छ, जुन सपना भित्र कर्णाली , काठमाडौँ र सर्लाहीका महिलाहरु मुस्कुराईरहेका हुनेछन । मेरो एउटा सपना छ, त्यो सपना भित्र एउटा देश छ । जहाँ हिमालको तामांगको बच्चा , पहाडको छेत्रीको बच्चा , मदेशको मुसहरको बच्चा हात समातेर संगै बिद्यालय जानेछन र संगै मिलेर सुनौलो भबिस्यको आधार बनाउनेछन । मैले यस्तो देशको सपना देखेको छु, जहाँ दुई छाक खान नपुग्ने गरिको गरिबी हुने छैन । कानुन भन्दा माथी भ्रस्टाचार हुने छैन । महिलाहरु खुलेआम बलात्कृत हुने छैनन र कालोबजारी र गुण्डाराज राजनीतिको अंशियार हुने छैन । अशिक्षाको कालो युग समाप्त हुने छ र बेरोजगारी हुने छैन । अन्याय हुने छैन । अभाब र विभेद हुने छैन । मैले यस्तो देसको सपना देखेको छु, जहाँ सगरमाथाको शिरमा न्यायको ध्वजा फहराउने छ । पहाडका नदिहरुमा सम्मुनत र स्वतन्त्रता बहने छ । तराईका फाँटहरुमा समानताका आवाजहरु गुन्जिने छन । मेरो एउटा सपना छ । त्यो सपना भित्र एउटा देश छ । त्यो देश भित्र हिमाल पहाड र तराइ शान्त , समुन्नत र समृद्ध नेपाल निर्माणको लागि एक जुट भएर काँधमा काँध मिलाएर उभिएका हुनेछन ्र मेरो एउटा सपना छ , अनि त्यो सपना भित्र एउटा सिंगो देश छ । लेखकः राष्ट्र निर्माण शक्ति अभियानका प्रमुख अभियन्ता हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending