Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

किन चुक्दै छ बार्सिलोना ?

\"Barca\"काठमाडौं । १६ मार्चमा लुइस सुआरेज, नेमार र लियोनल मेसीले गोल गरेपछि स्पेनिस जाइन्ट बार्सिलोनाले इंग्लिस क्लब आर्सनलमाथि च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा ३–१ को जित हात पार्‍यो थियो । बार्सिलोना समग्रमा ५–१ को जित निकाल्दै अन्तिमा चार पुग्यो । आर्सनलसँग जित हात पारेपछि बार्सिलोना लगातार ३८ खेलमा अपराजित रह्यो । ला लिगामा उपाधि होडमा रहेका एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडसँग ९ अंकको अग्रता लिएको बार्सिलोना कोपा डेल रेको पनि फाइनलमा पुगिसकेको थियो । अप्रिलदेखि खराब नतिजा अप्रिलको सुरुवातदेखि बार्सिलोनाको खराब दिन सुरु भयो । युरोपियन च्याम्पियन्स लिगमा सेमिफाइनलबाटै बाहिरिएको बार्सिलोनाको लगातार दुई उपाधि जित्ने सपना चकनाचुर भयो । लगत्तै बार्सिलोना ला लिगामा लगातार तीन खेलमा पराजित भयो । पछिल्लो खेलमा भ्यालेन्सियासँग २–१ ले पराजित भएको बार्सिलोना र दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको समान अंक छ । बार्सिलोनाले ३३ खेलबाट ७६ अंक जोड्दा एट्लेटिकोले पनि समान खेलबाट ७६ अंक नै जोडेको छ । तेस्रो स्थानको रियलको ७५ अंक छ । १३ वर्षपछि तीन खेलमा पराजित बार्सिलोना पछिल्लो १३ वर्षमा पहिलोपटक लगातार तीन खेलमा पराजित भयो । यस्तै, ला लिगाको पछिल्ला चार खेलमा जित हात पार्न सकेको छैन । पछिल्ला ६ खेलमा बार्सिलोनाले एक खेलमा मात्र जित पारेको छ । भ्यालेन्सियासँग पराजित हुनुअघि बार्सिलोना रियल सोसिडाडसँग १–० ले पराजित भएको थियो । त्यसअघि रियल म्याड्रिडसँग २–१ ले हारेको बार्सिलोनाले भिल्लारियलसँग २–२ को बराबरी खेलेको थियो । भाग्यलाई दोष ? बार्सिलानोका प्रशिक्षक लुइस इनरिकका अनुसार बार्सिलोना हार्नुको कारण भाग्यले साथ नदिनु हो । उनले आइतबार भ्यालेन्सियासँग पराजित हुनुलाई पनि दुर्भाग्य बताएका थिए । खेलाडीको प्रदर्शनमा सन्तुष्ट रहेको बताउँदै इनरिकले भने, ‘हामीसँग खेल जित्नलाई कमी थियो त केवल भाग्यको ।’ भ्यालेन्सियाविरुद्ध बार्सिलोनाले गोल गर्ने आधा दर्जन मौका गुमाएको थियो । सुआरेज र जेरार्ड पिके पाएका सुन्दर अवसरमा चुकेका थिए । यस्तै, भ्यालेन्सियाका गोलरक्षक डिएगो एल्भेसले मेसीका दुई प्रहारलाई विफल पारेका थिए । यस्तै, इभान राकिटिक र नेमारको प्रहारमा पनि डिएगो बाधक बने । त्यसअघि राकिटिकले आत्मघाती गोल गरेका थिए । रियल र एट्लेटिकोविरुद्ध पनि बार्सिलोनाका प्रहार पटक–पटक विफल भएका थिए । तर, विश्लेषकले बार्सिलोनाको हारको कारण भाग्यले साथ नदिएको भन्न नमिल्ने बताएका छन्। एमएसएनको निसाना चुक्यो पछिल्लो १८ महिना बार्सिलोनाको उत्कृष्ट लयमा मेसी, सुआरेज र नेमार (एमएसएन) को महत्त्वपूर्ण भूमिका थियो । अघिल्लो सिजनमा तीनजना मिलेर एक सय २२ गोल गरेका थिए । तीनै खेलाडीको लयमा बार्सिलोनाले अपराजित खेल संख्या लगातार लम्ब्याएको थियो । मार्च महिनाका पाँच खेलमा मात्र तीन खेलाडीले १३ गोल गरेका थिए । त्यसमध्ये मेसीले सात गोल गर्दा नेमारले चार र सुआरेजले दुई गोल गरे । तर, पछिल्ला पाँच खेलमा भने तीन खेलाडीले कुल तीन गोल मात्र गरेका छन् । जसमा सुआरेजले दुई गोल गरेका छन् भने मेसी एक गोल गर्न सफल भएका छन् । नेमार पछिल्ला पाँच खेलमा गोल गर्न चुक्दै आएका छन् । नयाँ पत्रिका दैनिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending