Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कांग्रेसमा जो पदाधिकारी बन्दैछन्

\"deuba-poudel-1\"काठमाडौं । कांग्रेस सभापति शेरवहादुर देउवा निर्वाचित भएको डेढ महिना पुगेको छ। देउवाले अब विधानको व्यवस्था अनुसार पदाधिकारी चयन, कार्यसमिति सदस्य मनोनयन, विभाग गठनसहितका काम एक महिनाभित्र गर्नु पर्ने हुन्छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ–तर, पदाधिकारी कसलाई बनाउने भन्ने देउवाले मिलाउन सकिरहेका छैनन् । खुमबहादुरको सन्देह खुमबहादुर खड्कालाई उपसभापतिमा मनोनीत गर्ने देउवाको प्रतिबद्धता थियो। त्यसैले उनी उपसभापतिका स्वभाविक दाबेदार हुन्। तर देउवा अर्को महाधिवेशनमा सभापति बन्न पनि इच्छुक छन्। खुमबहादुरलाई उपसभापति बनाए शक्तिशाली हुने र उनले नै पछि सभापतिमा चुनौति दिने डर देउवालाई छ। महाधिवेशनमा हारेका अजर्नुननरसिंह केसी मात्र होइन, देउवा समूहका अरु नेता कार्यकर्ता पनि शंशाक कोइरालालाई जिताउन खड्काले क्रसभोटिङ गरेको र उनी विश्वसनीय नभएको भन्दै खड्काविरुद्ध देउवालाई उचालिरहेका छन्। हिन्दु राष्ट्रका नाममा कुनै पनि बेला खुमबहादुर र शशांक एक ठाउँमा उभिन सक्ने र देउवालाई धोका हुने उनीहरुको दाबी छ। पहिले प्रजातान्त्रिक हुँदा खुमबहादुुर एक्लै मातृपार्टीमा फर्केको उदाहरण उनीहरुले दिने गरेका छन्। खुमबहादुरविरुद्ध तेस्रो पंक्तिका नेताको आफ्नै हिसाब छ। ख्ड्का उपसभापति मनोनीत भए विमलेन्द्र निधि महामन्त्री बन्नेछन् र उनीहरुको भागमा सहमहामन्त्री पद मात्र आउनेछ। बलकृष्ण खाँण, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, रमेश लेख वा एनपी साउदलगायतले महामन्त्री र सहमहामन्त्री दुबैमा दाबी गर्न पाउनेछन्। निर्विरोध विमलेन्द निधि पदाधिकारीमा कोही निर्विरोध छ भने विमलेन्द्र निधिमात्रै छन्। खुमबहादुर उपसभापतिमा मनोनित भए उनी महामन्त्री हुने निश्चित छ नत्र उनी नै उपसभापति बन्नेछन्। देउवा खेममा गोपालमान श्रेष्ठबाहेक उनलाई कसैको कुनै चुनौती छैन्। विमलेन्द्रबाहेकमा रडाको देउवा खेमामा पदाधिकारी आकांक्षी धेरै छन्। आधा दर्जनभन्दा बढी नेता महामन्त्री र सहमहामन्त्री बन्न कस्सिएका छन्। पूर्णवहाखदुर खड्का, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की र प्रकाशशरण महत महामन्त्रीका बलिया दाबेदार हुन्। रमेश लेखक, एनपी साउद, भीष्मराज आङ्दम्बे, चन्द्र भण्डारी र विश्वप्रकाश शर्माले सहमहामन्त्रीमा दाबी गर्न सक्छना्। पौडेल पक्षको पनि दाबी अघिल्लो पटक तत्कालीन सभापति सुशील कोइरालाले देउवा खेमाका पूर्णबहादुर खड्कालाई सहमहामन्त्रीमा मनोनीत गरेका थिए। यही नजिर देखाएर पौडेल पक्षले पनि सहमहामन्त्रीमा दाबी गर्न सक्छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending