Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

फागुन २१ कै चुनावमा सहभागी हुने तीनै दलकाे संकेत

खबरडबली संवाददाता

काठमाडौं । मुलुक लामो समयदेखि राजनीतिक संक्रमण, अन्योल र अविश्वासको घेरामा परिरहेको बेला आउँदो फागुन २१ गते तय गरिएको निर्वाचन अब टर्ने छैन भन्ने स्पष्ट संकेत देखिएको छ । 

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शनिबार बालुवाटारमा बसेको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले चुनावमा जाने विषयमा साझा प्रतिबद्धता व्यक्त गरेपछि निर्वाचनको वातावरण थप उत्साहजनक बनेको हाे । 

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले निर्वाचनलाई अब कुनै पनि बहानामा रोकिन नदिने अठोट व्यक्त गरेका छन् । यसले राजनीतिक स्थायित्व र दिगो लोकतन्त्रको दिशामा मुलुकले एक महत्वपूर्ण मोड लिएको संकेत गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख राजनीतिक दलहरू निर्वाचनमा जान तयार रहेको स्पष्ट सन्देश दिए ।
‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ । कांग्रेस रेडी छ, एमाले रेडी छ, अरू दल पनि रेडी छन्,’ देउवाले भने, ‘अब सरकारले निष्पक्ष र सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्छ ।’

देउवाको यो अभिव्यक्तिलाई चुनावप्रति राजनीतिक इच्छाशक्ति प्रकट भएको महत्वपूर्ण संकेतका रूपमा लिइएको छ । विगतमा विभिन्न बहाना र असमझदारीका कारण निर्वाचन टर्दै आएको सन्दर्भमा प्रमुख दलका नेताबाट आएको यो साझा आवाजले आम नागरिकमा पनि भरोसा जगाएको छ ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । यद्यपि उनीहरूले सार्वजनिक रूपमा लामो प्रतिक्रिया नदिए पनि बैठकमा निर्वाचनप्रति सहमति जनाउनु राजनीतिक रूपमा निकै अर्थपूर्ण मानिएको छ ।

प्रमुख राजनीतिक धारका नेताहरू एउटै टेबलमा बसेर निर्वाचनको पक्षमा उभिनु भनेको राजनीतिक सहमति र जिम्मेवारीको परिपक्व संकेत हो । लामो समयदेखि संविधान कार्यान्वयन, जनप्रतिनिधि अभाव र राजनीतिक अस्थिरताले मुलुकलाई थिचिरहेको अवस्थामा निर्वाचन नै राजनीतिक निकासको एकमात्र बाटो भएको सरोकारवालाहरूको निष्कर्ष छ ।

बैठकमा प्रधानमन्त्री शुसिला कार्कीले निर्वाचन सफल पार्न सबै दलको साझा जिम्मेवारी रहेको स्पष्ट पार्दै भावुक तर दृढ अपिल गरेकी छिन् । कार्कीले भनिन, “अब कुनै अलमल होइन, राष्ट्रको भविष्य सम्झेर चुनाव सफल पारौँ ।”

उनले कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल बनाउन आग्रह गरेकी छिन् । उनले आफ्नो प्रशासनिक जिम्मेवारीलाई समेत सीमित गर्दै निर्वाचनलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिइन् ।

प्रमुख दलको साझा प्रतिबद्धता, सरकारको स्पष्ट तयारी र प्रधानमन्त्रीको सक्रिय नेतृत्वले फागुन २१ गतेको निर्वाचनलाई सफल बनाउने आधार तयार हुँदै गएको देखिन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

चीनद्वारा इन्टरनेट उपग्रह प्रक्षेपण

हाइनान । चीनले शुक्रबार दक्षिणी टापु प्रान्त हाइनानबाट ‘लङ मार्च–८ए’ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरी इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहहरूको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending