Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

फागुन २१ कै चुनावमा सहभागी हुने तीनै दलकाे संकेत

खबरडबली संवाददाता

काठमाडौं । मुलुक लामो समयदेखि राजनीतिक संक्रमण, अन्योल र अविश्वासको घेरामा परिरहेको बेला आउँदो फागुन २१ गते तय गरिएको निर्वाचन अब टर्ने छैन भन्ने स्पष्ट संकेत देखिएको छ । 

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शनिबार बालुवाटारमा बसेको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले चुनावमा जाने विषयमा साझा प्रतिबद्धता व्यक्त गरेपछि निर्वाचनको वातावरण थप उत्साहजनक बनेको हाे । 

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले निर्वाचनलाई अब कुनै पनि बहानामा रोकिन नदिने अठोट व्यक्त गरेका छन् । यसले राजनीतिक स्थायित्व र दिगो लोकतन्त्रको दिशामा मुलुकले एक महत्वपूर्ण मोड लिएको संकेत गरेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख राजनीतिक दलहरू निर्वाचनमा जान तयार रहेको स्पष्ट सन्देश दिए ।
‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ । कांग्रेस रेडी छ, एमाले रेडी छ, अरू दल पनि रेडी छन्,’ देउवाले भने, ‘अब सरकारले निष्पक्ष र सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्छ ।’

देउवाको यो अभिव्यक्तिलाई चुनावप्रति राजनीतिक इच्छाशक्ति प्रकट भएको महत्वपूर्ण संकेतका रूपमा लिइएको छ । विगतमा विभिन्न बहाना र असमझदारीका कारण निर्वाचन टर्दै आएको सन्दर्भमा प्रमुख दलका नेताबाट आएको यो साझा आवाजले आम नागरिकमा पनि भरोसा जगाएको छ ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । यद्यपि उनीहरूले सार्वजनिक रूपमा लामो प्रतिक्रिया नदिए पनि बैठकमा निर्वाचनप्रति सहमति जनाउनु राजनीतिक रूपमा निकै अर्थपूर्ण मानिएको छ ।

प्रमुख राजनीतिक धारका नेताहरू एउटै टेबलमा बसेर निर्वाचनको पक्षमा उभिनु भनेको राजनीतिक सहमति र जिम्मेवारीको परिपक्व संकेत हो । लामो समयदेखि संविधान कार्यान्वयन, जनप्रतिनिधि अभाव र राजनीतिक अस्थिरताले मुलुकलाई थिचिरहेको अवस्थामा निर्वाचन नै राजनीतिक निकासको एकमात्र बाटो भएको सरोकारवालाहरूको निष्कर्ष छ ।

बैठकमा प्रधानमन्त्री शुसिला कार्कीले निर्वाचन सफल पार्न सबै दलको साझा जिम्मेवारी रहेको स्पष्ट पार्दै भावुक तर दृढ अपिल गरेकी छिन् । कार्कीले भनिन, “अब कुनै अलमल होइन, राष्ट्रको भविष्य सम्झेर चुनाव सफल पारौँ ।”

उनले कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल बनाउन आग्रह गरेकी छिन् । उनले आफ्नो प्रशासनिक जिम्मेवारीलाई समेत सीमित गर्दै निर्वाचनलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिइन् ।

प्रमुख दलको साझा प्रतिबद्धता, सरकारको स्पष्ट तयारी र प्रधानमन्त्रीको सक्रिय नेतृत्वले फागुन २१ गतेको निर्वाचनलाई सफल बनाउने आधार तयार हुँदै गएको देखिन्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending