Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

आश्वासन उज्यालोको, मुलुक अध्यारोमै

\"Bijuli\"काठमाडौं । २०७० साल फागुन १४ गते ऊर्जामन्त्रीमा नियुक्त हुनेबित्तिकै राधा ज्ञवालीले नेपालीलाई आश्वासन दिइन्, ‘तीन वर्षभित्र मुलुक लोडसेडिङमुक्त हुनेछ ।’ उनको १९ महिने कार्यकालको उत्तराद्र्धतिर आइपुग्दा भनिन्, ‘मलाई काम गर्न दिइएन ।’ सुशील कोइरालापछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले तत्काल घोषणा गरे, ‘एक वर्षमा लोडसेडिङ अन्त्य हुनेछ ।\' ओलीको यो भनाइलाई आंशिक साथ दिँदै उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भने, ‘प्रधानमन्त्रीज्यूले नै एक वर्षभित्र भनिसक्नुभएको छ, मैले पनि भन्नैपर्‌यो । होइन भने पद छाड्नुपर्‌यो ।\' गत कात्तिकमा गठन भएको ओली सरकारले ६ महिना बिताउँदा भन्न थालेको छ, ‘एक वर्षभित्र महसुस हुने गरी, अर्को वर्ष ९२०७३० भित्र पूर्ण रूपमा लोडसेडिङ अन्त्य हुनेछ ।\' प्रधानमन्त्री र ऊर्जामन्त्रीले दिएको भाषणभन्दा मुलुकको ऊर्जा क्षेत्रको अवस्था कहालीलाग्दो छ । ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार देशभित्रका र नेपाल–भारत अन्तर्देशीय प्रसारण लाइनमा गर्नैपर्ने सुदृढीकरण नभए २०७३ सालमा पनि लोडसेडिङ अहिलेको (दैनिक ११ घन्टा) भन्दा बढी हुनेछ । २०७३ सालभित्र मुस्किलले स्वदेशका निजी क्षेत्रबाट एक सय २१ मेगावाट बिजुली उत्पादन हुनेछ भने भारतबाट थप ६ सय मेगावाट बिजुली ल्याउन प्राविधिक हिसाब र सरकारको अहिलेको तालले सम्भव नभएको प्राधिकरणकै अधिकारी बताउँछन् । २०७३ पछि प्राधिकरणले निजी क्षेत्रका थप एक सय २२ मेगावाट र उसको आफ्नै ४४ मेगावाट ९चमेलिया र कुलेखानी तेस्रो० आउने प्रक्षेपण गरेको छ । यही अवधिमा भारतबाट थप ५ सय मेगावाट आउने सरकारी अपेक्षा छ । ‘यी अपेक्षा र प्रक्षेपण हेर्दा केही आशावादी हुन सकिन्छ । माग पनि बढ्दै जानेछु, प्राधिकरणका एक अधिकारीले भने, ‘तर भनेजस्तो गर्न त्यति सजिलो छैन, अनेकौं समस्या छन् ।\' उनका अनुसार ती समस्यामा सबैभन्दा ठूलो समस्या नेपाल–भारत अन्तर्देशीय प्रसारण लाइनबीचको विद्युतीय तालमेल (सिंक्रोनाइजेसन) र नेपालभित्रका आन्तरिक प्रसारण लाइन निर्माण हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending