Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सुत्केरीका पीडामा भक्कानिइन् राष्ट्रपति

\"bidhyaकाठमाडौं । स्वास्थ्य अनुसन्धान परिषद्को २५औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दागर्दै सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी भक्कानिएकी छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–दुर्गम क्षेत्रका महिलाहरूले सुत्केरी हुँदा अकालमै ज्यान गुमाउनुपरेको प्रसंगसँगै राष्ट्रपति भण्डारी भक्कानिएकी हुन् । लिखित मन्तव्य राखेकी राष्ट्रपतिले मातृशिशु मृत्युदर क्रमशस् घट्दै गए पनि दुर्गमका महिलाहरू प्रसववेदनमा नै मृत्यु हुँदा बचाउन नसिकिएको भन्दाभन्दै भक्काइन् । केहीबेर सम्हालिएर उनले आफ्नो लिखित मन्तव्य पूरा गरिन् । ‘सहस्राब्दी विकास लक्ष्यमा नेपालले राम्रो सफलता पाएको छ, यो सुखद कुरा हो,’ भक्कानिनुअघि उनी भन्दै थिइन्, ‘तर दुर्गम क्षेत्रका महिलाले न्युनतम चिकित्सकीय सेवा, उपकरण र औषधि अभावका कारण प्रसव अवस्थामा साल ननिस्किएर ज्यान गुमाउनु परिरहेको छ ।’ कार्यक्रमा देश–विदेशका सात सयभन्दा बढी स्वास्थ्य तथा जनसंख्याविज्ञ उपस्थित थिए । मन्तव्यको क्रममा उनले निजी क्षेत्रको प्रवेशपछि नेपालको स्वास्थ्य क्षेत्र व्यापारमुखी हुन थालेको भन्दै चिन्ता व्यक्त गरिन् । त्यसलाई व्यवस्थित गर्न सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो । त्यसैगरी, सरकारी अस्पतालमा जनमानसको विश्वास कम हँुदै गएकोतर्फ पनि राष्ट्रपतिको चिन्ता थियो । ‘सरकारले अस्पतालहरूमा करोडौँ लगानी गरेको छ, तर सरकारी स्वास्थ्य संस्थाप्रति जनताको विश्वसनीयता घट्दै गएको छ,’ राष्ट्रपतिले भनिन्, ‘यसतर्फ सरकारले विशेष कदम चाल्नुपर्छ ।’ राष्ट्रपतिले परिषद्को वार्षिकोत्सवसँगै दोस्रो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन पनि उद्घाटन गरिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending