Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

विप्लव माओवादीले चीनबाट हतियार ल्याउँन खोज्दा ......

\"biplab\"काठमाडौं । माओवादीको मूल नेतृत्वले क्रान्तिलाई धोका दिएको भन्दै पुनः सशस्त्र संघर्षको तयारीमा रहेको विप्लव माओवादी विभाजन भएको झन्डै २ वर्ष हुन लाग्यो । आजको साँघु साप्ताहिकमा खबर छ–योबीचमा विप्लव माओवादीले सशस्त्र युद्ध गर्दैछ भनेर धेरै हल्लीखल्ली गरियो । तर, योबीचमा विप्लव माओवादीले सशस्त्र युद्ध गर्दैछ भनेर अपुष्ट खबर सुन्नुबाहेक उसका खासै गतिविधि देख्न र सुन्नमा आएको छैन । आखिर विप्लवले गर्ने भनेको सशस्त्र युद्धको तयारी कहाँ पुग्यो ? के उसले साँच्चै सशस्त्र युद्ध गर्दैछ रु आम मानिसले यस्ता अनेक प्रश्न उब्जाइरहेका बेला विप्लव माओवादीले गर्ने भनिएको सशस्त्र युद्ध सुरु हुनु अगावै पार्टीमा किचलो बढेको र सशस्त्र युद्धको कुरा तुहिने स्थितिमै पुगेको खबर प्राप्त भएको छ । विश्वस्त स्रोतले जनाए अनुसार, विप्लव माओवादीले सशस्त्र युद्धका लागि अनुकूल परिस्थिति सिर्जना गर्न त सकेको छैन नै यसका लागि व्यवस्थापन गर्न पनि सकेको छैन । महत्वपूर्ण कुरा के छ भने विप्लवले सशस्त्र युद्धका लागि आवश्यक पर्ने हतियारका लागि एक वर्षदेखि प्रयास गरिरहे पनि अझै गर्न सकेको छैन । उसले हतियार खरीदका लागि पटकपटक गरेका प्रयत्न र प्रयास दुवै विफल हुन पुगेको विश्वस्त स्रोतको दाबी छ । स्रोतका अनुसार, विप्लव माओवादीले चीनबाट हतियार ल्याउनका लागि दोस्रोपटक गरेको प्रयास पनि असफल भएको छ । पहिलोपटक विप्लव माओवादीले चीनका व्यापारीसँग हतियार खरिद गर्न लागेको कुरा चुहिएर चीन सरकार समक्ष पुगेपछि तुहिएको थियो । पछि चीन सरकारले यसबारे एमाओवादीलाई पत्र नै लेखेर ‘के नेपालमा संविधान जारी पछिको अहिलेको अवस्थामा हतियार चाहिएको हो ?’ भनेर जिज्ञासा राख्दै पत्र पठाएको थियो । यसबारे एमाओवादीमा विप्लव माओवादीलाई कसरी हेर्ने भन्ने बहस नै सुरु भएको थियो । यसको खुलासा केही समय भएको थियो । स्रोतका अनुसार, चीनसँग पहिलोपटक हतियार खरिद गर्न असफल भएपछि विप्लवले आफ्नै हेडर्क्वार्टरका सुदीप मल्ललाई हतियार खरिदका लागि चीन पठाए पनि उनी पनि असफल भएर फर्किएको खबर छ । ‘चीनबाट हतियार ल्याउन पटक–पटक विप्लव माओवादीले प्रयास गरे पनि ऊ असफल भएको छ,’ स्रोतले भन्यो, ‘हतियारको गलफत्ती हल गर्न नसकेपछि विप्लव माओवादीमा समस्या खडा भएको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending