Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

वैद्य माओवादीमा एकताबारे बल्झिएको बहस

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी केही समययता एकताको बहसले तातेको छ । यो बहस फलाम तातिएजस्तै गरी तातिएको छ । फलाम तातिएको बेला जान्नेहरु फलाम पिटेर एउटा महत्वपूर्ण हतियारको आकार दिन्छन् । तर नजान्नेहरु पिटेर टुक्राइदिन पनि सक्छन् । वैद्य माओवादी यति धारमा उभिएको छ, एकताको बहस तातिएर अन्तिम अवस्थामा पुगेको छ । [caption id=\"attachment_51402\" align=\"alignleft\" width=\"148\"]\"नारायण नारायण पंगेनी[/caption] विभिन्न उतारचढावकैबीच माओवादी दश वर्षे युद्ध पार गरी शान्तिप्रक्रियाको चरणसम्म आइपुगेका थिए । शान्ति प्रक्रियाको चरणमा आइपुगेपछि माओवादीप्रति आम नागरिकले झिनो आशा गरेनन्, माओवादीप्रतिको भरोसा गैरराजनीतिक नागरिकलाई मात्र भएर, गैरमाओवादी राजनीतिकर्मीहरुसमेत आशावादी देखिएका थिए । त्यसैले नेपालकै इतिहासमा पहिलो पटक भएको संविधानसभाको निर्वाचनमा अप्रत्याशित मत हासिल गरेर मुलुककै पहिलो ठूलो पार्टीका रुपमा दर्ज हुन पुग्यो । पहिलो पार्टीको हैसियतमा सरकारको नेतृत्व लिने मौका पनि पायो । तर मुलधारको संसदीय राजनीतिमा आएसँगै माओवादी शक्तिहरुमा एकपछि अर्को गर्दै विभाजनका रेखाहरु कोरिन थाले । एक समयको माओवादीप्रतिको आशा र भरोसा छिन्नभिन्न भएका माओवादीहरुबाट पूरा हुने कुरै भएन । क्रमशः कमजोर हुँदै गयो । दोस्रो संविधानसभासम्म आइपुग्दा एउटा चोइटिएका माओवादीहरुमध्येको एउटा समूह मात्र दोस्रो संविधानसभामा भाग लिन पुग्यो । पहिलो संविधानसभा पाएको जनमत विभाजित भएसँगै मुलधारको तेस्रो राजनीतिक शक्तिको रुपमा एउटा माओवादी देखापर्यो । बहसः एकता गरी मुलधारको राजनीतिमा आउने कि बिलिन हुने विभाजित भइसकेपछि पनि तेस्रो दलमा रहनु र तेस्रो दल भएर पनि मुलधारको राजनीतिमा आफ्नो पहिचान कायमै राख्न सक्नुले पनि छिन्नभिन्न रहेका अन्य माओवादी शक्तिहरु अब पुनः एकताबाट मात्रै आफ्नो राजनीतिक सुरक्षित हुने निश्कर्षमा पुगेका छन् । मुलधारकै राजनीतिकबाट क्रमशः अलग हुने अवस्थामा पुगेका माओवादीहरु अब फेरि एकतावद्ध भएर अघि बढ्नुपर्ने निश्कर्षमा पुगिरहेका बेला पछिल्लो समय डा.बाबुराम भट्टराई एकीकृत माओवादीबाट बाहिरिएर नयाँ शक्ति बनाउन कस्सिएका छन् ।
एकताबारेको बहस चल्दै गर्दा वादलले उठाएको विचारको बहसले पार्टीमा फेरि दुई लाइन संघर्षको विजारोपण गरेको छ । बादलले उठाएको राष्ट्रिय जनवाद कतातिर लक्षित छ भन्ने बहस केन्द्रीय समिति बैठकमा चर्कै रुपमा उठेको छ । केहीले राष्ट्रिय जनवाद भनेको दक्षिणपन्थी संशोधनवाद उन्मुख भएको आरोप लगाएका छन् । बादलको राष्ट्रिय जनवाद एमालेको बहुदलीय जनवाद (जबज) कै रुप भएको केहीले आरोप लगाएका छन् ।
भट्टराईको बर्हिगमनकै कारण पनि एमाओवादीलाई आफ्नो शक्ति अझै कमजोर हुने खतरा बढेको छ भने कथंकदाचित भट्टराईको शक्ति अगाडि आयो भने मुलधारबाट लोप हुँदै गएका माओवादीहरु डाइनोसरको अवस्थामा पुग्नेछन् । यहि निश्कर्षका साथ शान्तिप्रक्रियामा आए लगत्तै अलग भएका मात्रिका यादव र मणि थापाहरु एमाओवादीसँगको एकताका लागि तयारी अवस्थामा छन् भने वैद्य माओवादी एकताकै बहसमा तिल्मिलाइरहेको छ । एकताका लागि एमाओवादी अध्यक्ष प्रचण्डले गरेको प्रस्तावलाई सदुपयोग गरी एकतामा हामफालिहाल्ने कि विचारमा पनि एकरुपता ल्याउन पहल गर्ने भन्नेमा बहस चर्कियो । झण्डै दुई वर्षअघिदेखि नै एकताबारे दुई माओवादीबीचको छलफलले परिणाम दिन नसकेपछि पछिल्लो समय समय एकताबारे वैद्य माओवादीका शीर्ष नेताहरुबीच नै मत बाझियो । पार्टी विभाजनले माओवादी शक्ति कमजोर भएको भन्दै एकताको विकल्प नभएको नेताहरुको जोड छ । यहिबीचमा नेताहरुले एकताबारे मनलाग्दो अभिब्यक्ति दिएपछि डाकिएको केन्द्रीय समिति बैठकमा एक हप्ताअघिदेखि छलफल चलिरहेको छ । शुरु भयो वैद्य माओवादीमा दुई लाइन संघर्ष वैद्य माओवादीको वैठकमा एकताबारे विधि तय गर्ने र एकताका अन्तिम निर्णय गर्न भन्दै बसेको केन्द्रीय समितिको बैठकमा सचिवालयले सदस्य रामबहादुर थापा बादलले फरक दस्तावेज नै पेश गरेका छन् । बादलले एकताबारे फरक मत भने पनि उनले अध्यक्ष वैद्यको दस्तावेज अस्वीकार गरेका छन् । उनले आफ्नो दस्तावेजमा नयाँ संश्लेषणसहित अघि बढ्नुपर्ने भन्दै राष्ट्रिय जनवादको कुरा उठाएका छन् । राष्ट्रिय जनवाद हुँदै समाजवादतर्फ जानुपर्ने बादलको निश्कर्ष छ । एकताबारेको बहस चल्दै गर्दा वादलले उठाएको विचारको बहसले पार्टीमा फेरि दुई लाइन संघर्षको विजारोपण गरेको छ । बादलले उठाएको राष्ट्रिय जनवाद कतातिर लक्षित छ भन्ने बहस केन्द्रीय समिति बैठकमा चर्कै रुपमा उठेको छ । केहीले राष्ट्रिय जनवाद भनेको दक्षिणपन्थी संशोधनवाद उन्मुख भएको आरोप लगाएका छन् । बादलको राष्ट्रिय जनवाद एमालेको बहुदलीय जनवाद (जबज) कै रुप भएको केहीले आरोप लगाएका छन् । माओवादी क्रान्तिकारी ध्रुविकरणको कुरा उठिरहँदा र माओवादीहरुको बीचको एकता प्रक्रिया अघि बढाउने सन्दर्भमा छलफल भइरहँदा बादलले पेश गरेको फरक दस्तावेज अर्को वहसको विषय बनेको छ । यो बहस अब केन्द्रीय समिति बैठकमा मात्रै छलफल गरेर पुग्ने छैन । पार्टीमा नयाँ विचारको अवधारणा अघि सारिएपछि नेताहरुबीच मात्र छलफल र बहसले यो पूर्ण हुनै सक्दैन, त्यसैले अब यो बहस तल्लो तहसम्म पार्टी सदस्यहरुसम्म पुग्नुपर्ने प्रष्ट भएको छ । नयाँ संश्लेषणसहितको ‘राष्ट्रिय जनवाद’ को यही बहसका कारण फेरि पनि क्रान्तिकारी माओवादीमा दुई लाइन संघर्ष शुरु भएको आभाष नेता कार्यकर्ताले गरेका छन् । अन्तिम फैसला राष्ट्रिय सम्मेलनबाट अब यसको निरुपण राष्ट्रिय सम्मेलनबाट मात्र हुने कुरामा दुई मत रहन सक्दैन । पार्टी केन्द्रदेखि सेल कमिटी सदस्यसम्म दुई लाइन संघर्ष चलाउँदै अघि बढ्नुपर्नेबारेमा केन्द्रीय समिति बैठकमा पनि केन्द्रीय सदस्यले आवाज उठाएका छन्, जुन जायज पनि छ । विचार बहसमा भाग लिन अब केन्द्रीय सदस्य मात्र होइन, पार्टी सदस्यहरुले पनि पाउनुपर्छ । यसले गर्दा पुनः नजिकिएको पार्टी एकताको बहस फेरि पछाडि धकेलिएको छ । पार्टी एकताको बहस त छँदैछ । पार्टी एकता कसरी गर्ने, यसको विधि के हुने र विचार सिद्धान्तलाई कसरी समायोजन गर्ने भन्ने विषय त छँदैछ, त्यसबाहेक बादलले पेश गरेको नयाँ विचार अब हरेक पार्टी सदस्यले छलफल गर्न पाउनुपर्छ । पार्टीको माथिल्लो निकायदेखि तल्लो तहसम्म छलफल गर्दै र दुई लाइन संघर्ष चलाउँदै आगामी राष्ट्रिय सम्मेलनबाट यसको अन्तिम फैसला हुने कुरामा अब दुई मत रहन सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending