Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

माओवादीहरु एकठाउँमा नआए प्राप्त उपब्धी गुम्ने खतराः प्रचण्ड

\"Prachanda_shirsha\"काठमाडौं । अध्यक्ष प्रचण्डले माओवादीहरु एक ठाउँमा नआए प्राप्त भएका उपलब्धीहरु पनि गुम्ने बताएका छन् । आइतबार बिहान श्क्षिकहरुको कार्यक्रमलाई सम्बोधन गर्दे उनले भने माओवादी छिटोभन्दा छिटो एकजुट नभए प्राप्त उपलब्धी गुम्ने छन् र नयाँ उपलब्धी पनि हासिल हुँदैन । एकीकृत अखिल नेपाल शिक्षक संगठन र अखिल नेपाल प्रगतिशील शिक्षक संगठनद्वारा आज राजधानीमा आयोजित संघीय संरचनामा विद्यालयीय शिक्षा व्यवस्थापन विषयक एक दिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले उक्त   कुरा बताएका हुन । उनले भने, ‘माओवादीहरु छिटोभन्दा छिटो एक ठाउँमा आउँदैनन् भने पाएका उपलब्धी पनि गुम्ने खतरा छ । नयाँ उपलब्धी पाउन पनि धेरै नै ठूलो चुनौतिको सामना गर्नुपर्ने हुन्छ । उनले राष्ट्रको र जनताको हितमा गम्भीर रुपमा आत्म समिक्षा गर्ने, आफ्ना विगतमा कमिकमजोरी समिक्षा गर्ने, सबै माओवादी एकठाउँमा आउने र देशलाई नयाँ ढंगले अगाडि बढाउने बेला भएको बताए । उनले क्रान्ति अधुरो छ, अपुरो छ आफूहरु संझौतामा भएको पनि प्रष्ट्याए । प्रचण्डले राज्य सत्ता अहिलेपनि जनताको हातमा आई नसकेको बताए । राज्यसत्तामाथि जनताको हस्तक्षेप निरन्तर बढ्दै भने गएको उनको भनाइ थियो । उनले भने, ‘अहिले राज्य सत्तामाथि जनताको प्रभुत्व छ भन्ठानियो भने त्यो निकै ठूलो भ्रम हुन्छ । अहिले पनि राज्य सत्तामा दलाल पूँजीपतिहरुको या नोकरशाहहरुको या कमजोर सामन्तहरुकै बर्चश्व छ । राज्य सत्ता प्रतिक्रियावादीकै हातमा केन्द्रित छ । जसमा जनताको हस्तक्षेप पनि हुँदै गएको छ ।’ राज्य सत्ता पुरानै रुपमा जस्ताको त्यस्तै छ  भनियो भने पनि त्यो यथार्थ नहुने उनकोे भनाई थियो । जनयुद्ध र जनआन्दोलनको परिणाम र अन्य आन्दोलनहरुको परिणाम राज्य सत्तामाथि निरन्तर हस्तक्षेप भईरहेको छ, उनले भने  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending