Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

आरक्षणमा देउवाको पल्लाभारी, खुल्लामा पनि देउवापक्ष अगाडि

\"deuba-poudel-1\"काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित आरक्षण कोटामा नवनिर्वाचित सभापति शेरबहादुर देउवाको पल्लाभारी भएको छ । कांग्रेस निर्वाचनको आरक्षणतर्फको २२ केन्द्रीय सदस्यको परिणाम शनिवार आएको हो । आदिवासी जनजाति, मुश्लिम, महिला, दलित तथा मधेसीतर्फको २२ आरक्षण पदमा भएको निर्वाचनमा देउवा पक्षको १४ सदस्य निर्वाचित भएका छन् भने सभापतिका पराजित रामचन्द्र पौडेल समूहका ८ सदस्य मात्र निर्वाचित भएका छन् । आरक्षणतर्फ विजयी भएका मध्ये मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, लक्ष्मी परियार, सुजाता परियार, बहादुरसिंह लामा, सीता गुरुङ, अजयकुमार चौरसिया, महेन्द्र यादव, पार्वती डीसी चौधरी, फर्मुल्लाह मन्सुर, डा. डिला संग्रौला, पुष्पा भुसाल, ईश्वरी न्यौपाने र अम्बिका बस्नेत देउवा पक्षका छन् । मुश्लिमतर्फका मन्सुर यसअघि नै निर्वाचित भएका हुन् । यसैगरी आरक्षणतर्फ विजयी हुने केन्द्रीय सदस्यहरु जीवन परियार, चीनकाजी श्रेष्ठ, कल्याण गुरुङ, रत्ना शेरचन, रामकृष्ण यादव, किरण यादव, कमला पन्त र सरिता प्रसाईं पौडेल पक्षका छन् । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा भएको निर्वाचन अन्तर्गत शनिवार आदिवासी जनजाति, दलित र मधेसी आरक्षणतर्फको नतिजा सार्वजनिक भएको थियो । आदिवासी जनजातीतर्फ चीनकाजी श्रेष्ठ, बहादुरसिंह लामा र कल्याण गुरुङ केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् भने आदिवासी जनजाती महिलातर्फ सीता गुरुङ र रत्न शेरचन केन्द्रीय सदस्य पदमा विजयी भए । नेपाली कांग्रेसमा दलित पुरुषतर्फ तीन र दलित महिला आरक्षणतर्फ दुईजना बिजयी भएका हुन् । दलित पुरुषतर्फ जीवन परियार, मानबहादुर बिश्वकर्मा र मीन बिश्वकर्मा विजयी भए । जीवन परियारले सर्वाधिक १४ सय ८१ मत प्राप्त गरे भने मानबहादुर बिश्वकर्माले १४ सय २ र मीन विश्वकर्माले १३ सय १३ मत प्राप्त गरी विजयी भए । त्यसैगरी दलित महिलातर्फ लक्ष्मी परियार र सुजता परियार बिजयी भए । लक्ष्मीले १ हजार ५ सय १९ मत प्राप्त गरिन् भने सुजताले १ हजार ५ सय २ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै मधेसी आरक्षण अन्तर्गत मधेसी पुरूष तर्फको तीन सिटमा अजय चौरसिया, महेन्द्र यादब, रामकृष्ण यादव विजयी भए भने मधेसी महिलातर्फ किरण यादब र पार्बता डीसी चौधरी विजयी भए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending