Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

हामीले नाकाबन्दी व्यहोर्नुपर्ने के गल्ती गर्रयौं ? (भिडियोसहित)

नेपाली काँग्रेस देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी हो । यो नेपाली राजनीतिक इतिहासको सबभन्दा लामो इतिहास भएको पुरानो पार्टी हो । नेपाली काँग्रेस अहिलेको यो राजनीतिक प्रक्रियामा पनि नेतृत्वदायी भूमिका खेलेको पार्टी हुनुको नाताले मैले नेपाली काँग्रेसका नेताहरुलाई तपाईहरुले विषय कसरी प्रस्तुत गर्नुहुन्छ, मलाई यो असाध्यै चासो छ । र तपाईहरु नेपाली काँग्रेसका कार्यकर्ताहरुले त्यसलाई कसरी ‘रेस्पोन्स’ गर्नुहुन्छ भन्नेमा पनि मेरो विशेष चासो छ । किनकी म आज मञ्चमा बसेर तपाईहरु तिर हेर्दै गर्दा नेताहरु र विदेशी पाहुनाहरुका कुरा सुन्दै जाँदा त्यता तिर फर्किएको छु, जतिखेर शेरबहादुर देउवाजी निरंकुशताको हिरासतमा हुनुहुन्थ्यो । थुप्रै साथीहरु भूमिगत हुनुहुन्थ्यो । त्यतिबेला तात्कालित सभापति गिरिजाप्रसाद कोइराला जसले संसदमा भएका सात वटा पार्टीको पनि नेतृत्व गर्नुृहुन्थ्यो । उहाँ र मेरो बीचमा भएका छलफलका दिनहरु स्मरणमा ताजा भएर आएको छ । त्यतिबेला गिरिजाप्रसाद कोइरालासँग महामन्त्री कृष्णप्रसाद सिटौला पनि हुनुहुन्थ्यो । र हाम्रो ऐतिहासिक समझदारीको वातावरण बन्दै थियो, म त्यता फर्किएको छु । \"CM_prachanda-Congress_pro-750\"गिरिजाप्रसाद कोइराला र मेरो बीचमा भएका छलफलहरु र ति छलफल पछिका निश्कर्षहरु जुन निश्कर्ष १२ बुँदे समझदारी हुँदै अनि विस्तृत शान्ति सम्झौता हुँदै, गणतन्त्रको घोषणा हुँदै संविधान सभासम्म पुग्यौं । ति दिनहरु प्रत्यक्ष र ताजारुपमा अहिले स्मरण गरेको छु । अहिले यो वर्ष हाम्रो निम्ति एउटा असाधारण वर्ष भएको हुनाले एकातिर विनासकारी भूकम्पको सामना गर्नुप¥यो । त्यसबाट हामीलाई निकै ठूलो क्षति भयो । यसै वर्ष हामीले संविधानसभाबाट संविधान बनाउने जस्तो ऐतिहासिक कार्य पनि राजनीतिक समझदारी कै आधारमा बनायौं । त्यसपछि हामीले नाकाबन्दीबाट पनि ठूलो आर्थिक क्षतिको सामना गर्नुप¥यो । र पनि हामीले राष्ट्रिय एकताको एउटा मजबुत आधार बनाउँदै लग्यौं । संविधान बनाउने बेलामा सुशील कोइरालाजीसँग भएका छलफलहरु राष्ट्रिय एकताको निम्ति हामीले गरेका प्रतिवद्धताहरु र यो कार्यान्वयनको सन्दर्भमा पनि अब नेपाली काँग्रेसले कस्तो बाटो लिन्छ ? तपाईहरुले कस्तो बाटो लिनुहुन्छ भन्ने तिर मेरो ध्यान बढी केन्द्रीत भएको हुनाले उद्घाटन समारोहको अन्तसम्म बसेर सबै नेताहरुको र तपाई कार्यकर्ताहरुको पनि प्रतिक्रियालाई पनि मैले हेर्नुपर्छ भन्ने ठानेको छु । जब नेपाली काँग्रेसका कुनै नेता मेरो अगाडि नेपाली काँग्रेसले मात्रै सबै ग¥यो अरुको केही भूमिका छैन भन्नुभयो भने मेरो मन चसक्क घोच्छ । निरंकुशतासँग लड्ने बेलामा तपाईहरु जसरी लड्नुभएको थियो विभिन्न ढंगले त्यससँग लड्ने बेलामा गिरिजाप्रसाद लगायत नेपाली काँग्रेसलाई दिलोज्यानले साथ दिने समुह वा शक्तिलाई तपाईहरुले बिर्सिनुभयो भने नेपाल बनाउन सकिँदैन । यो कुरा पनि म तपाईहरुको अगाडि भन्न चाहन्छु । https://www.youtube.com/watch?v=7iXXB0PZ7M8 राजनीतिक कार्यनीतिको दृष्टिकोणले तात्कालिन राजासँग विपी कोइरालाले कार्यगत वा कुनै खालको एकता गरेर राणाका विरुद्ध लड्न जरुरी थियो । विपीले त्यो आँट नगरेको भए संभवत नेपालको इतिहास अर्कै ढंगले कोरिन सक्थ्यो । अनि ३० वर्ष पञ्चायत विरुद्धको लडाई र ०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा सबै वामपन्थी र प्रजातान्त्रिक शक्तिहरुको सहकार्य र एकताद्वारा पञ्चायतको अन्त्य भएको अर्को इतिहास छ । यदी परम्परागतरुपमा नै हाम्रा सोचहरु रही रहेको भए, हामी सबै जड जस्तो ‘आफ्नो गोरुको बाह्रै टक्का’ गरेको भए सायद पञ्चायतलाई ०४६ सालमै ढाल्न गाह्रो हुन्थ्यो । म त्यो दिन सम्झन्छु, विशाल यही खुल्ला मञ्चमा जनसभा थियो । गणेशमान सिं वीर अस्पतालको माथि हुनुहुन्थ्यो । हामी सबै साथमा थियौं । एउटा ऐतिहासिक राजनीतिक प्रयोग त्यो थियो, जसले पञ्चायतको अन्त्य ग¥यो । हामीले नेपालमा जे राजनीतिक प्रयोग गर्दैछौं । त्यसमा हाम्रा छिमेकीहरुको सहयोग र सद्भाव जरुरी छ । बेलाबेलामा हामीलाई वा नेपाली जनतालाई जे महसुश हुने गरेको छ । कहिले काही हाम्रा भावनाहरुमा ठेस लाग्ने गरेको छ । भारतीय नेतृत्वले नेपाली जनताको भावनालाई गहिरो गरी सम्मान गर्नेछ भन्ने विश्वास म व्यक्त गर्न चाहान्छु, भाजपाका भगतसिं कोसियारीजी मार्फत । फेरि यस्तो इतिहास फेरी नदोहोरियोस् । हामीले नाकाबन्दी व्यहोर्नुपर्ने के गल्ती ग¥यौं ? यो इतिहास फेरी नदोहोरियोस् । म उहाँ मार्फत भारतीय सबै नेताहरुलाई यो अनुरोध गर्न चाहान्छु । हामी मित्रता चाहान्छौं । हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो अर्थनीति, हाम्रो संस्कृति, हाम्रा सबै मौलिक प्रकृतिका छन् । हामीलाई छुट्याउन सकिँदैन । तर कहिले काहीँ व्यवहारमा जे जस्ता पीडाहरु हामीले भोग्नु परेको छ । त्यो इतिहास नदोहोरियोस् । म यही अनुरोध गर्न चाहान्छु ।
भारतीय नेतृत्वले नेपाली जनताको भावनालाई गहिरो गरी सम्मान गर्नेछ भन्ने विश्वास म व्यक्त गर्न चाहान्छु, भाजपाका भगतसिं कोसियारीजी मार्फत । फेरि यस्तो इतिहास फेरी नदोहोरियोस् । हामीले नाकाबन्दी व्यहोर्नुपर्ने के गल्ती ग¥यौं ? यो इतिहास फेरी नदोहोरियोस् ।
यो राजनीतिक प्रयोग जो गरिएको छ, खासगरी गिरिजाप्रसाद कोइराला जस्तो ‘टावरिङ पर्सनालिटी’ नभएको भए, र मैले विद्रोह गर्दागर्दै पनि नेपाल राष्ट्र र नेपाली जनताको हितको निम्ति ठूल्ठूलो जोखिम उठाउन तयार नभएको भए अहिले हामी जहाँ छौं संविधान सभाबाट संविधान जारी गर्ने हामीलाई जो शुसील जी प्रधानमन्त्री भएको बेलामा उहाँको नेतृत्वमा संविधान घोषणा गर्ने ऐतिहासिक गौरव प्राप्त भएको छ, त्यो प्राप्त हुने थिएन । अहिले पनि देश सहज भईसकेको छैन । राष्ट्रिय एकता झन् बढी आवश्यक भईसकेको छ । संविधान कार्यान्वयनको चुनौति हाम्रो अगाडि छ । पुनर्निर्माणको चुनौति हाम्रो अगाडि छ । यो सबै कामको निम्ति राष्ट्रिय एकताको आवश्यकता छ । हामी विभिन्न विचारधार र दर्शन भए पनि राष्ट्रको एकताको निम्ति जनताको हक अधिकारको निम्ति जनताको समृद्धि र चाहानाको निम्ति हामी एकै ठाउँमा छौं । गिरिजाबाबुसँग हुँदा मेरो भनाई हुन्थ्यो, उहाँले नै पनि मलाई भन्नुहुन्थ्यो , १५/२० वर्ष हामी सँगै जानुपर्दछ । सुशील जीले पनि मलाई त्यहि भन्नुहुन्थ्यो । म के आशा गर्छु भने अब आउने नेतृत्व तपाईहरु जुन प्रक्रियाबाट आए पनि यो संविधान कार्यान्वयन गरी छाड्ने राष्ट्रलाई एकतावद्ध गरी छाड्ने र नेपाली जनताको विकासको चाहानालाई सम्बोधन गरी छाड्ने प्रतिवद्धता र आँट सहित आउनेछ भन्ने विश्वास र शुभकामना पनि व्यक्त गर्न चाहान्छु । तपाईहरुको यो तेह्रौ महाधिवेशन विशिष्ट क्षणमा हुँदैछ । शुसीलजी जसले संविधान बनाउने प्रक्रियामा नेतृत्वदायी भूमिका खेल्नुभयो उहाँ हामीसँग हुनुहुन्न । गिरिजा बाबु जसले यति ठूलो जोखिम उठाएर हामीसँग एकता गरेर राष्ट्रलाई शान्ति र संविधानको नयाँ प्रक्रिया तिर लैजाने कुरा गर्नुभयो उहाँ पनि हामीसँग हुनुहुन्न । अब जो नेताहरु हामीसँग हुनुहुन्छ, म के चाहान्छु भने यो इतिहास र परम्परालाई त्यो ऐतिहासिक विरासतलाई हामी कसैले नबिर्सिउँ । हामी एउटा सहकार्य, सहमति र एउटा नयाँ ऐतिहासिक प्रयोगबाट शान्ति र संविधानको एउटा नयाँ परिणति ल्याएका छौं । जसलाई विश्वभरी हामीले स्थापित गर्नुछ । विश्वमा हामीले यो सन्देश दिनुछ । नेपाल इतिहासमा पनि वर्तमानमा पनि यो भूमि विचारको दृष्टिकोणले र संस्कृतिको दृष्टिकोणले विविधतामा एकताको दृष्टिकोणले ऐतिहासिक छ । एउटा नयाँ विचार एउटा नयाँ प्रयोगबाट जसरी हामी आयौं गिरिजाप्रसाद र मैले हस्ताक्षर गरेर जुन राजनीतिक प्रक्रियाको सुरुवात गरिएको छ त्यसलाई त्यसको तार्किक निश्किर्षमा पु¥याईयोस् यही म अब आउने नेतृत्वले नेपाली काँग्रेसलाई एकतावद्ध गर्नेछ । राष्ट्रलाई एकतावद्ध गर्नेछ र यो ऐतिहासिक राजनीतिक विरासललाई निरन्तर अगाडि बढाउने छ भन्ने विश्वास गर्दै तपाईहरुको यो उल्लासमय र यो भब्य उद्घाटन समारोह र यो तेह्रौं महाधिवेशनको पूर्ण सफलताको कामना गर्दै बिदा हुन्छु । धन्यवाद !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending